बजेट बनाउँदा ध्यान दिनुपर्ने विषयमा रास्वपा द्वारा सरकारको ध्यानाकर्षण

बजेट बनाउँदा ध्यान दिनुपर्ने विषयमा रास्वपा द्वारा सरकारको ध्यानाकर्षण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १२ गते शुक्रबार ०४:५७

निजी क्षेत्रमा पनि सरकारप्रति विश्वास नभएको देखिएन भन्दै उहाँले गर्भनर नियुक्ति, शिक्षकको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारले लाज ढाक्न सक्ने स्थितीमा नरहेको उल्लेख गर्नुभयो ।

संवैधानिक बटो अबलम्बन गर्न पूर्वमन्त्री अर्यालको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजेट बनाउँदा ध्यान दिनु पर्ने विषयमा सरकारकोे ध्यानाकर्षण गरेको छ । आजबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा रास्वपाले बैशाख १२ गते ध्यनाकर्षण गराएको हो ।
रास्वपाका कार्यबाहक सभापति तथा प्रतिनिधिसभा सदस्य डीपी अर्यालले पार्टीको तर्फबाट सुझाव राख्दै भन्न्ुभयो, ‘शिक्षा, स्वास्थ्यमा अधिक बजेट खर्च हुन्छ, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनले सबैभन्दा बढी सार्वजनिक आकर्षण तय गर्छ । यी पाँच कुरालाई आधार बनाएर बजेट बनाउन सरकारलाई सुझाव दिन्छु ।’ उहाँले थप भन्नुभयो, ‘नीति तथा बजेटले उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरण, उद्योग र लगानी प्रवद्र्धन, सामाजिक न्याय र समावेशीताजस्ता क्षेत्रलाई पनि समेट्नुपर्छ ।’
यसैगरी, कुशासनका कारण बजेटको आकार बढाउन सकिने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ’बजेट विनियोजनमा देखिँदै आएको विकृति रोकिनु पर्छ ।’
‘नेताको पहुँचको आधारमा बजेट छ्ट्याउने काम नगरी आवश्यकताका आधारमा गरिनु पर्नेमा उहाँको जोड थियो । बजेट निर्माण गर्दा संघिय सरकारले कार्यकर्ता पोस्न अनुत्पादक क्षेत्रमा बजेट छुट्याउने परम्पराको अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो । शक्तिशाली नेताको जिल्ला र क्षेत्रमा बजेट खन्याउने, स्थानीय र प्रदेश सरकारले गर्न सक्ने काममा पनि संघीय सरकारले बजेट छुट्याउने तथा कार्यकर्ता पोस्ने उद्देश्यमा अनुत्पादक क्षेत्रमा कनिका छर्ने गलत अभ्यासको पूर्ण नियन्त्रण आवश्यक छ ।
पूर्वमन्त्री समेत रहनु भएका अर्यालले भन्नुभयो, ‘राजश्व वृद्धि र खर्च नियन्त्रण गर्न कर प्रणालीमा सुधार र अनुत्पादनक खर्च कटौती गर्नु, सार्वजनिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’
संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर जबर्जस्ती गरे मुलुकमा द्वन्द्व हुन सक्नेतर्फ ध्यानकर्षण गराउनु हुदैँ संविधानले कसैको आगमन र बहिर्गमनका लागि वैधानिक बाटो निर्दिष्ट गरेको छ, जनमतमार्फत जो पनि शासनमा आऊजाऊ गर्न सक्छन्, अन्यथा जबरजस्तीको प्रयास भयो भने फेरि मुलुक द्वन्द्वतर्फ उन्मुख हुनेमा हामी सबैले ख्याल गर्नुपर्छ उहाँले भन्नुभयो ।
निजी क्षेत्रमा पनि सरकारप्रति विश्वास नभएको देखिएन भन्दै उहाँले गर्भनर नियुक्ति, शिक्षकको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारले लाज ढाक्न सक्ने स्थितीमा नरहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८२ बैशाख १२, शुक्रबार १६:५७ गते
हजुरको प्रतिक्रिया