नेपाली कांग्रेसको जनसम्पर्क समिति नर्वेको सभापतिमा मिश्र विजयी

नेपाली कांग्रेसको जनसम्पर्क समिति नर्वेको सभापतिमा मिश्र विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १४ गते आईतबार ११:२०

नयाँ कार्यसमिति २१ सदस्यीय रहेको छ । उपाध्यक्षका चार पदका लागि सात जनाले उम्मेदवारी प्रतिस्पर्धामा उत्रनु भएको थियो । जसमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही विजयी हुनु भएको छ ।

उपसभापति पदमा लमजुङको सुन्दरबजारका रमेश घिमिरे निर्वाचित हुनु भएको छ ।

नर्वे– नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित हुनु भएको छ । पाँचौं अधिवेशनअन्तर्गत भएको मतदानको निर्वाचन परिणाम अनुसार उहाँ बैशाख १४ गते विजयी हुनु भएको घोषणा गरिएको हो ।
सो निर्वाचनमा सभापति पदका प्रतिस्पर्धी शालिकग्राम अर्याललाई ९७ मतले पछि पार्दै २८३ मत सहित मिश्र सभापतिमा विजयी हुन भएको हो । अर्का प्रतिस्पर्धी अर्यालले १८६ मत मात्र प्राप्त गर्नु भयो । सो समितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण नयाँ कार्यसमिति २१ सदस्यीय रहेको छ । उपाध्यक्षका चार पदका लागि सात जनाले उम्मेदवारी प्रतिस्पर्धामा उत्रनु भएको थियो । जसमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही विजयी हुनु भएको छ । अन्य प्रत्यासीमा सुनिल ढुंगाना, इन्द्रकुमार थापा र रोशन अधिकारी हुनुहुन्थ्यो । उहाँहरूले पनि सो पदको प्रतिस्पर्धा उतीर्ण हुन सक्नु भएन ।
लमजुङको सुन्दरबजार नगरपालिका– ५ का रमेश घिमिरे उपसभापति निर्वाचित हुनु भएको छ ।
यसैगरी, महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित हुनु भएको छ भने सहमहामन्त्री त्रयमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री र नरेश बास्कोटा विजयी हुनु भएको छ । त्यस्तै, प्रवक्तामा समेत निर्वाचन भएको थियो । सो पदमा जगन्नाथ पाण्डेले जित निकाल्न सफल हुनु भएको छ ।
कार्यसमितिका सदस्यहरूमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, शुनिल बास्तोला लगायत निर्वाचित हुनु भएको छ ।
सभापतिमा विजयी भएपश्चात नवनिर्वाचित सभापति मिश्रले सबै पक्षलाई समेटेर संगठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सम्पन्न अधिवेशन सभापति जीवन शाही(निवर्तमान सभापति)को अध्यक्षतामा भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा सो अधिवेशन भएको हो ।
सो अधिवेशनका लागि १२ सयजना मतदाता रहेका थिए । त्यसमध्ये करिब ४० प्रतिशत अर्थात ३९.९१ प्रतिशत मत खसेको थियो ।

रमेशचन्द्र घिमिरेको सहयोगमा ।

प्रकाशित मिति २०८२ बैशाख १४, आईतवार ११:२० गते
हजुरको प्रतिक्रिया