काठमाडौं । शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुग्नु भएको थियो, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की । शिक्षकहरूले उहाँलाई यसअघि नै जानकारी दिएका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’
बैशाख १४ गते शिक्षक आन्दोलनको १६ दिन । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए । ‘शिक्षकहरू नारा जुलुस थाले । शिक्षकदेखि आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भन्नुहुन्छ्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’ उहाँले थप भन्नुभयो, ‘सुरुमै प्रहरीले हानेको पानीको फोहरा मलाई लागेको थियो ।’
आन्दोलनरत महिला शिक्षकले प्रहरीलाई खबर गरेपछि प्रहरीले बोकेरै उहाँलाई अस्पताल लैजान सहयोग गरेको थियो । उहाँले भन्नुभयो, ‘मलाई सुरुमा बानेश्वरस्थित सिभिल लगिएको थियो ।’ बीचमा पुगेपछि अफिसमा खबर गर्न भनेँ,’ कार्कीले सुनाउनुभयो । सिभिलमा उपचार सम्भव नभएपछि अहिले तिलगंगा आँखा अस्पतालमा उहाँको उपचार भइरहेको छ ।’
उपचारमा संलग्न डाक्टरले भिजनमा समस्या छ भएको उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार पत्रकार कार्कीको आँखाको भित्री भागसम्म चोट लागेको छ । उहाँले भन्नुभयो, ‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ ।’
रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्मा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
पत्रकार कार्की घाइते भए लगत्तै प्रदर्शनस्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैं बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रशारण निर्देशक राजु भण्डारीले बताउनु भयो । उहाँका अनुसार पत्रकार कार्कीको दुवै आँखाको भित्री भागसम्म चोट, भिजनमा समस्या छ ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो । तर शिक्षक महासंघका नेताहरुले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको दावी गरेको छ ।
डा. श्रेष्ठ भन्नुहुन्छ, ‘अब औषधिले कस्तो असर गर्दै जान्छ त्यसपछि मात्र भन्न सकिन्छ । बाहिरी छाला त्यातिएको असर कम भएपछि र झिल्लीमा लागेको चोट कम भएपछि मात्रै सर्जरी गर्नुपर्छ । त्यो गरिसकेपछि एन्टिबायोटिक, स्टेरोइडलगायत गरिन्छ ।’
आन्दोलनका क्रममा प्रहरीको गोदाईबाट आफ्ना ६३ जना साथीहरु घाइते भएको शिक्षक महासंघले जनाएको छ ।
प्रकाशित मिति २०८२ बैशाख १४, आईतवार १८:३३ गते