प्रदेश अस्पताल लमजुङको सार्वजनिक सुनुवाईमा सेवा प्रवाहलाई थप स्तरीय बनाउन सुझाव

प्रदेश अस्पताल लमजुङको सार्वजनिक सुनुवाईमा सेवा प्रवाहलाई थप स्तरीय बनाउन सुझाव

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १६ गते मङ्गलबार ११:२७

प्रदेश अस्पतालको आयोजना तथा माया मिडिया हाउस (नयाँ दीप अनलाइन) को सहजीकरणमा गरिएको सो सार्वजनिक सुनुवाईका क्रममा नयाँ दीप अनलाइनका सम्पादक सिर्जना बरालले अस्पतालमा गरिएको सामाजिक परीक्षणको रिर्पोट प्रस्तुत गर्नुभएको थियो ।

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको व्यवहार सेवाग्राही मैत्री हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

बेसीशहर– प्रदेश अस्पताल लमजुङद्वारा नियमित रुपमा गर्नु पर्ने सार्वजनिक सुनुवाई भएको छ । आर्थिक वर्षमा २०८०/८१ को आयव्यय तथा अस्पतालबाट प्रदान गरिएका सेवा प्रवाहको विषयमा बैशाख १५ गते सार्वजनिक सुनुवाई भएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरीजङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अस्पतालमा उपलव्ध सेवा सुविधा तथा ०८०/८१ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले विगतमा भन्दा अस्पतालको व्यवस्थापन सेवा प्रवाह सुधारोन्मुख भएपनि स्वास्थ्य सेवालाई नागरिक मैत्री बनाउने सम्वन्धमा सुझाव दिएका थिए । सहभागीहरूले ल्याव, फार्मेसीमा भिडभाड नियन्त्रण गर्नुपर्ने, निःशुल्क र सशुल्क औषधीहरू अस्पतालकै फर्मेसीमा उपलव्ध हुनुपर्ने, जटिल समस्या भएका विरामी, जेष्ठ नागरिकले सहज रुपमा छिटो छरितो सेवा पाउनुपर्ने, टाउकोसँग सम्वन्धी समस्या पहिचान उपचारको लागि सिटी स्क्यानको व्यवस्था गरिनुपर्ने, अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको व्यवहार सेवाग्राही मैत्री हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले अस्पताललाई थप व्यवस्थित र स्तरीय बनाउन सकिन्छ भन्ने सुझाब, सल्लाह सहितको मन्तव्य राख्नुभएको थियो ।
सहभागीहरूबाट आएका र सामाजिक परीक्षणमा आएका गुनासाहरूलाई सम्वोधन गर्दै अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अस्पतालको सेवा सुविधा विस्तारमा निरन्तर लागि परेको भन्दै प्रदेश अस्पतालमा आएका विरामीले सहज स्वास्थ्य सेवा उपलव्ध गराउने विषयमा आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले अस्पतालमा उपचारमा आएका कुनै पनि विरामी उपचार खर्च नभएकै कारण बिना उपचार फर्कन नपर्ने बताउनुभयो । सेवाग्राहीको सहजताको लागि सहायता तथा सोधपुछ कक्षको लागि पहल भैरहेको समेत बताउनुभयो ।
अस्पतालका अध्यक्ष हरीजङ तामाङले कार्यक्रममा प्राप्त भएका सुझाबहरूलाई आगामी दिनहरूमा पुरा गर्ने र सम्बोधन गर्न सक्ने विषयलाई व्यवस्थापन समितिको तर्फबाट पहल गर्ने भन्दै प्रदेश र स्थानीय तहहरूसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो ।
प्रदेश अस्पतालको आयोजना तथा माया मिडिया हाउस (नयाँ दीप अनलाइन) को सहजीकरणमा गरिएको सो सार्वजनिक सुनुवाईका क्रममा नयाँ दीप अनलाइनका सम्पादक सिर्जना बरालले अस्पतालमा गरिएको सामाजिक परीक्षणको रिर्पोट प्रस्तुत गर्नुभएको थियो । अस्पताल व्यवस्थापन समिति सदस्य मोहनबहादर थापाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन नयाँ दीप अनलाइनका प्रवन्ध निर्देशक भरत घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रदेश स्वास्थ्य कार्यालयका प्रमख तथा कर्मचारीहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकाय, विभिन्न संघ सस्थाका प्रमख तथा प्रनिनिधि, सञ्चारकर्मी, सेवाग्राही तथा नागरिकहरूको व्यापक सहभागिता थियोे ।

प्रकाशित मिति २०८२ बैशाख १६, मंगलवार ११:२७ गते
हजुरको प्रतिक्रिया