मुल माग थाति राखेर गरिएको सहमति रुचाएन नेपाल विद्यालय कर्मचारी परिषदले, समापन स्थगित

मुल माग थाति राखेर गरिएको सहमति रुचाएन नेपाल विद्यालय कर्मचारी परिषदले, समापन स्थगित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १८ गते बिहिबार ०५:४४

कर्मचारी परिषद्ले आजै साँझ आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात सार्वजनिक गरिने पनि परिषदले जानकारी गराएको छ ।

‘शिक्षक महासंघका पदाधिकारी दलका नेता हुन्, हाम्रो मागमा गम्भीर भएनन्’ भन्दै असन्तुष्ट पक्षले कार्यक्रममा गएका पत्रकारहरूमाथि समेत हातपात गरेका थिए ।

काठमाडौं– शिक्षा ऐन जारी गर्नु पर्ने मुल माग थाति राखेर गरिएको सहमति रुचाएन नेपाल विद्यालय कर्मचारी परिषदले रुचाएन । सरकारसँग महासंघले हिजो सहमति गरेपछि आज मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम बैशाख १८ गते राखिएको थियो । तर, विद्यालय कर्मचारी परिषद्का कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाउदै दुई पदाधिकारीबीच चर्काचर्की भएपछि समापन कार्यक्रमसमेत स्थगित भएको छ ।
९ बुँदे सहमतिमा विद्यालय कर्मचारीहरूले आफूहरूका माग समावेश नगरेको भन्दै प्रश्न उठाएका हुन् । विद्यालय कर्मचारीहरूले आफूहरूका मागको सम्बोधन नभएको भन्दै सरकारसँगको सहमतिप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूले शिक्षक महासंघ नेतृत्वविरुद्ध नाराबाजी गरे । विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुविधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ । कर्मचारी नेताहरूले भनेका छन्, ‘शिक्षक महासंघका पदाधिकारी दलका नेता हुन्, हाम्रो मागमा गम्भीर भएनन् ।’
महासंघले कमर्चारीको वियषमा जानकारी नै नगरी सहमति गरेको परिषद् अध्यक्ष गंगाराम तिवारीले बताउनु भयो । उहाँका अनुसार शिक्षकहरूले आफूहरूलाई झन् पीडित बनाए । उहाँले भन्नुभयो, ‘यो भयो, यो भएन केही पनि भनेन महासंघले, आठ हजार तलब खाने कर्मचारीबारे ध्यान कहाँ गयो ?’
महासंघका पदाधिकारी राजनीतिक दलका नेता भएकाले आफ्नो माग पूरा नभएको उहाँको आंकलन छ । अध्यक्ष तिवारीले कर्मचारीलाई सञ्चित बिरामी बिदाको सुविधा नदिएकोमा आपत्ति व्यक्त गर्नु भएको छ । उहाँले थप भन्नुभयो, ‘यसका विरुद्ध हामी आन्दोलनको घोषणा गर्दै छौँ, शुद्ध शिक्षकहरूका लागि मात्रै सेवासुविधा सुनिश्चित गरेको छ । यी बुँदामा आपत्ति छ ।’
परिषद्का अध्यक्ष गंगाराम तिवारीले भन्नुभयो, ‘लेखापालको खरदार सहर ३२ हजार ९ सय २ रुपैयाँ र कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग हाम्रो सहमति भएको थियो । तर, सरकारसँग सम्झौता हुँदा तोकिए बमोजिम भनेर आयो । तोकिए बमोजिम भनेको कति हो ?’ ऐन बनेर नियमावली बनेर आउने रे । त्यो पनि कहिले बन्ने हो ? भ २०८३ मा ऐन आउला नियमावली आउला । त्यतिबेलासम्म के खाने ? कर्मचारी चाहिँ भोकै मर्ने ? उहाँले प्रतिप्रश्न गर्नु भएको छ ।
शिक्षकले मात्र सेवा सुविधा लिएको र अन्तिममा कर्मचारीलाई महासंघले धोका दिएको कर्मचारीहरूको बुझाई रहेको छ ।
कर्मचारी परिषद्ले आजै साँझ आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात सार्वजनिक गरिने पनि परिषदले जानकारी गराएको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले जुन उद्धेश्यका साथ आन्दोलन गरिएको थियो त्यो पूरा नभई आन्दोलन स्थगित गरिएका हुँदा आफूहरूको असहमति रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ऐन लिएर मात्रै जान्छौं भनिएको थियो। अहिले असार १५ को समय दिएर छाडियो। त्यो मितिसम्म ऐन जारी हुन्छ भन्ने आधार नभई आन्दोलन स्थगित गरियो । यसमा हाम्रो असहमति छ ।’
उहाँका अनुसार ०८२÷०८३ को बजेटबाट २८ हजार ८२ रूपैयाँ विद्यालय सहायक कर्मचारीले पाउने र विद्यालय सहायक लेखापाललले ३४ हजार ९०२ पाउने भन्ने लिखित दस्ताबेज बनाएर पठाएका थियौं । सरकारसँगको सहमतिमा त्यो बुँदा नै छैन तोकिए बमोजिम गर्ने भनिएको छ ।
यसैबीच, आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले बताउनु भयो । उहाँका अनुसार आन्दोलनको उपलब्धिबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो । उहाँले भन्नुभयो, ‘९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको उर्जाको हो, त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने हो ।’ उहाँले आन्दोलन अझै पनि जारी रहेको र शिक्षक कर्मचारीको मागमा कुनै पनि हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरूले सरकारसँग हिजो साँझ ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।
कार्यक्रममा सहभागी एक शिक्षकले भने, ‘अध्यक्षले बोल्दै गर्दा कर्मचारीहरूले होहल्ला गर्नुभएको हो ।’ असन्तुष्ट पक्षले कार्यक्रममा गएका पत्रकारहरूमाथि समेत हातपात गरेका थिए ।

प्रकाशित मिति २०८२ बैशाख १८, बिहीबार १७:४४ गते
हजुरको प्रतिक्रिया