देउराली(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– १ को यहाँ स्थित देउराली गाउँमा पुनःनिर्माण गरिएको ईन्द्रपुरी देउराली देवी मन्दिरको निर्माणकार्य अन्तिम चरणमा पुुगेको छ । गाउँलेको विशुद्ध सहयोगमा निर्माण थालिएको सो मन्दिर निर्माणका लागि तीन लाख भन्दा बढी रकम संकलन भएको छ भने सहयोग आउने क्रम जारी रहेको छ ।
उक्त ईन्द्रपुरी देउराली देवी मन्दिर देउरालीबासीको आस्थाको धरोहर एवम् पहिचानका रुपमा रहेको निर्माण समितिका अध्यक्ष ईन्द्रविलास अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार निकट भविष्य सकेसम्म बैशाख महिना भित्रै उक्त मन्दिरको प्राणप्रतिष्ठाको कार्य गरिने तयारी रहेको छ ।
उहाँले दिनु भएको जानकारी अनुसार सो ईन्द्रपुरी देउराली ईन्द्रपुरी देउराली निर्माणका लागि हालसम्म ७२ जना महानुभावले नगद सहयोग गर्नु भएको छ भने अन्य केही दाताबाट मन्दिरका लागि उपयुक्त वस्तुगत सहयोग प्राप्त हुने प्रतिवद्धता व्यक्त भएको छ । सो मन्दिरको हाता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको छ । जहाँ भोलिका दिनमा वनभोज(पिक्निक स्पोट) स्थल तथा एक पोखरीकोसमेत निर्माण गरिने योजना रहेको निर्माण समितिले जानकारी दिएको छ ।
कुल संकलित रकम तीन लाख १० हजार ६४८ रुपैयाँ पुगेको छ । उक्त मन्दिर निर्माणका लागि स्वःफूर्त रुवपा विभिन्न महानुभावबाट पाँच सय पाँच रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म सहयोग प्राप्त भएको छ । ३० हजार रुपैयाँ प्रदान गर्नु हुने दाता एकजनामात्र सन्तोष अधिकारी हुनुहुन्छ । यसैगरी सम्मान अधिकारीले २२ हजार २२२ रुपैयाँ सहयोग गर्नु भएको निर्माण समितिका अध्यक्ष ईन्द्रविलासले जानकारी दिनु भयो । उहाँका अनुसार हिरा अधिकारीले २० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । त्यस्तै, रामप्रसाद अधिकारीले १५ हजार पाँच रुपैयाँ सहयोग गर्नु भएको छ । चन्द्रमणि अधिकारीले १३ हजार २५८, तिलकबहादुर अधिकारी ११ हजार ५५५ रुपैयाँ, नारान अधिकारीबाट ११ हजार १११ रुपैयाँ, सुरराज अधिकारी १० हजार १०१ रुपैयाँ र तिर्थ अधिकारी १० हजार एक सय रुपैयाँ सहयोग प्राप्त भएको छ । यसैगरी, हरिकृष्ण अधिकारीबाट छ हजार ६६६ रुपैयाँ सहयोग प्राप्त भएको निर्माण समितिका अध्यक्ष ईन्द्रविलास अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी, वस्तुगत अर्थात जिन्सी सहयोग गर्नेहरूमा डा. ईश्वरमणि अधिकारीबाट मन्दिरमा देवीको मुर्ती दान दिने प्रतिबद्धता प्राप्त भएको छ । मन्दिरको गजुरका लागि छोरी सुमिना अधिकारीबाट चार हजार पाँच सय रुपैयाँ, ईन्द्रपुरी देउराली मन्दिरको लागि सुजन अधिकारीबाट मन्दिरका लागि तीन हजार एक सय रुपैयाको घण्टी दान गर्ने बचन प्राप्त भएको निर्माण समितिका अध्यक्ष ईन्द्रविलास अधिकारीले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सो मन्दिर निर्माणका लागि पुराना सालको काठ दिनुहुने दाताहरूमा खिला अधिकारी चार वटा थाम र एक सय मिटर पाइप, डोलबहादुर अधिकारी र नारायणप्रसाद अधिकारीबाट २÷२ वटा थाम, मित्रप्रसाद अधिकारी, मनबहादुर अधिकारी र सीता अधिकारीबाट १÷१ वटा थाम प्रदान गर्नु भएको छ ।
निर्माण समितिका अध्यक्ष ईन्द्रविलास अधिकारीले सबै सहयोग दाता महानुभावलाई तपाईको सञ्चारमाध्यममार्फत कोटीकोटी नमन एवम् कृतज्ञता ज्ञापन गर्दछु भन्नु भएको छ ।
प्रकाशित मिति २०८२ बैशाख १८, बिहीबार २०:२४ गते