बुद्ध पूर्णिमाका लागि साई संगठनको बालविकास टोली पुट्टपर्ती प्रस्थान

बुद्ध पूर्णिमाका लागि साई संगठनको बालविकास टोली पुट्टपर्ती प्रस्थान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख १९ गते शुक्रबार ०२:२४

सो कार्यक्रममा भाग लिन लमजुङबाट छ जना, पोखराबाट १० जना र काठमाडौंबाट १६ जना गएको जानकारीमा आएको छ ।

बुद्धजयन्तिमा हुने कार्यक्रम बैशाखको २९, ३० र ३१ गते सञ्चालन हुने आयोजकको भनाइ छ ।

बेसीशहर– बुद्ध पूर्णिमाका अवसरमा श्रीसत्य साई बाबा धाम पुट्टपर्ती, बंलोर, भारतमा आयोजना हुने कार्यक्रममा भागका लागि सत्य साई संगठन बेसीशहर, लमजुङको बालविकास शाखाको टोली त्यसतर्फ प्रस्थान गरेको छ । बुद्ध पूर्णिमामा पुट्टपर्तीमा सञ्चालन हुने तीन दिवसीय कार्यक्रममा भाग लिनका लागि सो टोली त्यसतर्फ बैशाख १९ गते प्रस्थान गरेको हो ।
बुद्ध पूर्णिमाका अवसरमा पुट्टपर्तीमा बाल प्रतीभा प्रस्फुटनप, बाबाको स्पेशल भजन तथा बालविकासका सांस्कृति कार्यक्रमसहितका विभिन्न कार्यक्रमहरू तीन दिनसम्म सञ्चालन हुने आयोजकको भनाइ छ । आयोजकका अनुसार सो अवसरमा मूलतः बालविकास केन्द्रीत कार्यक्रमहरूका साथमा भजन, आध्यात्मिक प्रवचन आदि सञ्चालन हुने तयारी छ ।
सत्य साई संगठन बेसीशहरका सदस्य सुधा ढकाल पहाडीको नेतृत्वमा बालविकासको छ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । बालविकासको सो टोलीमा अपूर्वराज अधिकारी, दिप्सिना श्रेष्ठ, अर्जुन विक, संगीता श्रेष्ठ र किर्तन तामाङ रहेको जानकारीमा आएको छ । बुद्धजयन्तिमा हुने कार्यक्रम बैशाखको २९, ३० र ३१ गते सञ्चालन हुने आयोजकको भनाइ छ ।
पुट्टपर्तीसम्म जानका लागि रेलको यात्रा गर्नु पर्ने र सो स्थानमा रेल हप्तामा एकपटकमात्र जाने भएको हुँदा केही दिन छिटो जानु परेको बताइएको छ । लमजुङको छ सदस्यी टोलीका साथमा पोखराबाट १० जना र काठमाडौंबाट १६ जनाको टोली समेत सँगै जाने भएको सत्य साई केन्द्र बेसीशहरले जनाएको छ ।

प्रकाशित मिति २०८२ बैशाख १९, शुक्रबार १४:२४ गते
हजुरको प्रतिक्रिया