लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ९ को डिहीथोक स्थित दलित बस्तीमा पुगेको छ । सो टोल निवासी स्व. क्षेत्रबहादुर सुनारको नवौं पुण्य तिथिमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्न रास्वपाको टोली उहाँको निवासमा बैशाख १९ गते पुगेको हो ।
रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले पार्टीकोतर्फबाट तयार गरिएको समवेदना पत्र स्वर्गीय सुनारकी कान्छी छोरी विमला सुनारलाई हस्तान्तरण गर्नु भएको हो । रास्वपा बेसीशहर नगरपालिका– ९ का वडा सभापति भागवत अर्यालको नेतृत्वमा एक टोली उहाँको निवासमा पुगेर शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
क्षेत्रबहादुर सुनारको ८० वर्षको उमेरमा आफ्नै निवासमा बैशाख ११ गते निधन भएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
समवेदना पत्र हस्तान्तरण गर्नु अघि रास्वपा बेसीशहर नगरपालिका– ९ का वडा सभापति भागवत अर्यालले वाचन गरी सुनाउनु भएको थियो । सो अवसरमा रास्वपा बेसीशहर नगरपालिका– ८ का वडा सचिव विष्णु पौडेलले स्व. सुनारप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गराउनु भएको थियो ।
प्रकाशित मिति २०८२ बैशाख १९, शुक्रबार २१:४५ गते