राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा जनयात्रा मूल समिति विस्तार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा जनयात्रा मूल समिति विस्तार

एजेन्सी

@antaranganews

२०८२ बैशाख १९ गते शुक्रबार १०:४६

‘यो अर्थात जनयात्राको कार्यक्रम नागरिकसँगको संवादको यात्रा पनि हो ।’ जनयात्रालाई पार्टी निर्माणको रूपमा पनि उपयोग गर्ने तयारी रास्वपाको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्न लागेको जनयात्रा मूल स िरास्वपाभित्रै पार्टी बन्न नसकेको टिप्पणी हुन थालेको छ । सांगठनिक नीति फेरबदल गरिरहँदा मातहतका कमिटीहरू अस्थिरजस्तो देखिएका छन् । मति विस्तार गरेको छ । समितिको बैठकले वैशाख १७ गते त्यस्तो निर्णय गरेको हो ।
उक्त विस्तारिता समितिमा सांसद डा.तोसिमा कार्कीलाई उप–संयोजक तोकेको छ । कमल सुवेदीलाई सचिव र सचेतक निशा डाँगीलाई प्रवक्ताको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भएको छ । उहाँका अनुसार अवरूद्ध जनयात्रा देशको पश्चिमी भू–भागबाट सुरू गर्ने कि पूर्वबाट थाल्ने भन्ने बहस समेत रास्वपाभित्र थियो । त्यसो त त्यसको सम्भाव्यता अध्ययनका लागि दुई जना सांसद पनि परिचालन गरिएको झाले बताए। अध्ययनका लागि प्रतिनिधि सभा सदस्य निशा डाँगी पूर्व तथा प्रतिनिधि सभा सदस्य अशोक चौधरी पश्चिम जानु भएको थियो ।
त्यो सबै बहसलाई चिर्दै पूर्व, झापाबाट जनयात्रा सुरू गर्ने निष्कर्षमा पुगिएको झाको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाबाट जनयात्राको थालनी गर्ने भएको छ । झाले भन्नुभयो, ‘कार्यक्रम हुन्छ कि हुँदैन भन्ने द्विविधा थियो । त्यसैले पनि चितवनमा उपस्थिति अलि कमजस्तो देखियो ।’
रास्वपाले गत चैत २३ गते चितवनको नारायणी किनारबाट जनयात्राको उद्घाटन गरेको थियो । त्यसपछि पार्टी सभापति रवि लामिछानेको जेल यात्रा क्रम चलेको हुँदा यो यात्रा अघि बढ्न सकेको थिएन ।
जनयात्रा तत्काल भने सुरू हुने छैन । गत चैत १८ गते बसेको केन्द्रीय सदस्य बैठकले जनयात्राको कार्यविधि तय गर्न संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई जिम्मा दिएको थियो ।
उपनेता श्रेष्ठले प्रदेश इन्चार्जहरूसँग बसेर कार्यक्रमको रूपरेखाबारे छलफल गर्नु भएको र प्रतिवेदन तयार हुन बाँकी रहेको बुझिएको छ ।
कोशीमा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, मधेसमा कार्यवाहक प्रवक्ता मनिष झा, बागमतीमा कोषाध्यक्ष लिमा अधिकारी, गण्डकीमा सांसद शिशिर खनाल, लुम्बिनीमा सहमहामन्त्री विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली, सुदूरपश्चिममा सांसद हरि ढकाल इन्चार्ज तोकिनु भएको छ ।
सबैसँगको छलफलको निष्कर्षको आधारमा संसद्को प्रि–बजेट छलफलपछि जनयात्रा सुरू गर्ने गरी नयाँ प्रारूप तयार पारिएको कार्यवाहक प्रवक्ता झाले बताउनु भयो ।
‘वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । लगत्तै प्रि–बजेट छलफल सुरू हुनेछ । त्यसमा प्रभावकारी भूमिका खेल्नुपर्ने हुनाले त्यसअघि जनयात्र सम्भव छैन, प्रिबजेट छलफलपछि जनयात्रा सुरू गर्ने तयारी गरेका छौं । छिट्टै बैठक बसेर यसलाई अन्तिम रूप दिनेछौं ।’
जनयात्रामा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), उपसभापति स्वर्णिम वाग्ले, जनयात्रा संयोजक तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सम्बन्धित प्रदेश इन्चार्ज, सम्बन्धित जिल्लाका सांसदहरू प्रदेश, जिल्ला सभापति, पालिका र वडा तहका समितिका प्रमुखहरू हुने सहभागी हुनुहुने छ ।
‘कार्यक्रममा हामी सबैजना एकैतिर केन्द्रित भएर अन्तरक्रिया गर्नेछैनौं । पाँच जना नेता पाँचतिर छरिएर नागरिकसँग संवाद, अन्तरक्रिया गर्ने, उनीहरूका गुनासा सुन्ने र टिपोट गर्ने काम गर्नेछौं, यो नागरिकसँगको संवादको यात्रा पनि हो ।’ झाको भनाइ छ ।
जनयात्रा नागरिकसँगको सम्बन्ध र महाधिवेशनमा नै केन्द्रित रहेको कार्यवाहक प्रवक्ता मनिषा झाले बताउनु भयो । उहाँका अनुसार त्यसरी टिपोट गरेर ल्याइएका नागरिकका गुनासा, विकास–निर्माणका अपेक्षा, चाहनालाईहरूलाई सुत्रबद्ध गर्दै सरकारलाई ध्यानाकर्षण गराउने र संसदमासमेत ल्याउने तयारी रहेको छ । उहाँले भन्नुभयो, ‘यद्यपि यसको विस्तृत खाका भने बन्न बाँकी नै छ ।
रास्वपाभित्रै पार्टी बन्न नसकेको टिप्पणी हुन थालेको छ । सांगठनिक नीति फेरबदल गरिरहँदा मातहतका कमिटीहरू अस्थिरजस्तो देखिएका छन् । यसैले जनयात्रालाई पार्टी निर्माणको रूपमा पनि उपयोग गर्ने तयारी रास्वपाको छ ।
महाधिवेशनलाई लक्ष्य गरेर अभियानकै रूपमा वडा र पालिका तहका समितिहरूको अधिवेशन तयारी गर्दा पनि अहिलेसम्म १८ वटा मात्रै पालिका अधिवेशन सकिएका छन् ।
पार्टीले चुनाव जितेका निर्वाचन क्षेत्रका पालिकामै अधिवेशन हुन सकेको छैन। ७५३ वटा पालिकामध्ये ४५० हाराहारीमा मात्रै तदर्थ समिति बन्न सकेका छन्। ६ हजार ७४३ मध्ये आधामा पनि रास्वपाको संगठन पुगेको छैन ।
गत चैत १८ गते बसेको केन्द्रीय समितिको बैठकले जनयात्राको संयोजकको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख १९, शुक्रबार २२:४६ गते
हजुरको प्रतिक्रिया