सुन्दरबजार(लमजुङ)– नेवा खलः सुन्दरबजारको चौथो अधिवेशन सम्पन्न भएको छ । नेवा खलः सुन्दरबजारका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता भएको अधिवेशनमा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यतामा बैशाख २० गते भएको होे ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष जयराम रेग्मीले नेवा खल सुन्दरबजारसँग सामाजिक कार्यहरूमा वडासमितिले सहकार्य गरी अघि बढ्न सक्ने बताउनु भयो । नेवा खलःका सल्लाहकार समितिका संयोजक रामबाबु श्रेष्ठले नेवाः समुदाय एक हुनु पर्नेमा जोड दिनु भएको थियोे । कार्यक्रममा नेवा मिस पुचका केन्द्रीय प्रतिनिधि विद्यादेवी श्रेष्ठ, नेवा खलः सुन्दरबजारका उपाध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै संस्थालाई सशक्त एवम् पारदर्शी रुपमा अघि बढाउनु पर्ने उल्लेख गर्नुभएको थियोे ।
नेवा खलः सुन्दरबजारको कोषाध्यक्ष शान्ति श्रेष्ठले आयव्यय प्रस्तुत गर्नु भएको कार्यक्रमको बार्षिक प्रतिजेदन अध्यक्ष नवराज श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । अधिवेशनको सञ्चालन सचीव कृष्णकुमार श्रेष्ठले गर्नु भएको थियोे ।
अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षततामा ११ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा गठन गरेको निर्वाचन समितिका संयोजक बिष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार समितिको उपाध्यक्षमा शान्ति श्रेष्ठ सचिवमा सुरेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा आनन्दराज श्रेष्ठ, सहसचिवमा नवीनकुमार श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी, सदस्यहरूमा मीनराज श्रेष्ठ, शीवकुमार श्रेष्ठ, इन्द्रा श्रेष्ठ, सुमित्रादेवी श्रेष्ठ, ज्ञानेन्द्रकुमार श्रेष्ठ र लालकाजी श्रेष्ठ निर्बिरोध चयन भएको निर्वाचन समितिका सदस्य रामबाबु श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँका अनुसार अधिवेशनमा निर्वाचन सम्पन्न गर्नका लागि बिष्णुकुमार श्रेष्ठको सयोजकत्व शंकरमान श्रेष्ठ, बद्रीमान श्रेष्ठ, रामबाबु श्रेष्ठ, शशिकृष्ण श्रेष्ठ रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियोे । उहाँले भन्नुभयो, ‘नेवा खलः सुन्दरबजारको विधान अनुसार समितिको कार्यकाल दुई वर्षको हुन्छ ।’
उक्त नेवा खलः सुन्दरबजारमा एक घर एक सदस्यको प्रावधान रहेको छ, जसमा ७२ जना सदस्य आवद्ध रहेको नव निर्वाचित अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्षमा निर्वाचित भएपछि उहाँले आफ्नो अध्यक्षीय प्रतिवद्धता मन्तव्यमा अग्रजहरूको मार्ग निर्देशन अनुसार नेवा खलः सुन्दरबजारका गतिविधिलाई अघि बढाउने बताउनु भएको छ ।
प्रकाशित मिति २०८२ बैशाख २०, शनिबार १९:४० गते