वरिष्ठ पत्रकार पहाडी सहित दर्जन पत्रकार धर्मनाथ धामको प्राण प्रतिष्ठाको समापनमा सम्मानित

वरिष्ठ पत्रकार पहाडी सहित दर्जन पत्रकार धर्मनाथ धामको प्राण प्रतिष्ठाको समापनमा सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २३ गते मङ्गलबार ०८:३३

धर्मनाथ धाममा स्थापित मूर्तिहरूमा प्राण प्रतिष्ठाका साथमा सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको आयोजना गरेर आध्यात्मिक जागरणका लागि विशेष अनुष्ठान त गरिएको थियो नै त्यस कार्यक्रमको समापनका अवसरमा दर्जन पत्रकारहरूलाई सम्मान गरेर आयोजकहरूले अर्को गौरवपूर्ण काम गरेको प्रतीत भएका छ ।

लमजुङमा एकसाथ एउटै मञ्चमा यति धेरै पत्रकार सम्मानित भएको यो पहिलो अवसर हो ।

हर्राबोट(लमजुङ)– लमजुङको नयाँ धार्मिक गन्तव्य धर्मनाथ धामको प्राण प्रतिष्ठा एवम् ज्ञान महायज्ञको समापनमा वरिष्ठ पत्रकार नवराज पहाडी सहित दर्जन पत्रकार सम्मान गरिएको छ । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा त्यतिका पत्रकारहरूलाई बैशाख २३ गते सम्मान गरिएको हो ।
पहाडीलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो भने वाल्मिकी विद्यापिठका प्राचार्य टिपि धमलाले रुद्राक्षको माला पहिराउनु भएको थियो ।
सम्मानित हुनुहुने वरिष्ठ पत्रकार नवराज पहाडी आजका दिनमा पनि अन्तरङ्ग राष्ट्रिय साप्ताहिक, अन्तरङ्ग न्यूजडटकम, राजधानी तथा आदर्श समाज दैनिकसँग आवद्ध हुनुहुन्छ । उहाँ जिल्लाको जेठो पत्रकार हुनुका साथै पत्रकार महासंघको संस्थापक जिल्ला समेत अध्यक्ष हुनुहुन्छ । २०३७ सालमा पत्रकारितामा प्रवेश गर्नु भएका उहाँले सम्पादन प्रकाशन गर्दै आएको अन्तरङ्ग यतिबेला ३३ औं वर्षमा चलिरहेको छ । अन्तरङ्ग न्यूजडटकमको अध्यक्ष रहनु भएका उहाँ राजधानी दैनिक(काठमाडौं) र आदर्श समाज(पोखरा)को जिल्ला संवाददाता पनि हुनुहुन्छ । जिल्लामा निर्भिक एवम् कर्मठ पत्रकारको पहिचान बनाउन सफल पहाडी कुनै दिन रेडियो नेपालको समेत जिल्ला संवाददाता हुनु हुुन्थ्यो भने उहाँसँग रासस, कान्तिपुर, समाचारपत्र जस्ता पत्रिकाहरूमा डेढ दशक बढी काम गरेको अनुभव छ ।
यसैगरी, सो अवसरमा सम्मानित हुनुहुनेमा नयाँदीप डटकमकी सम्पादक सिर्जना घिमिरे, प्रमोद अधिकारी जिल्ला संवाददाता फेवा टेलिभिजन, पत्रकार महिला स्वस्तिका पन्थी, रासस प्रतिनिधि विराट न्यौपाने, रेडियो मर्स्याङ्दी, रेडियो चौतारी, रेडियो भोटेओडार, रेडियो बन्दिपुर, रेडियो भोटेओडारका संवाददाता प्रमिला रेग्मी, लक्ष्मीनारायण मिडिया हाउसका लक्ष्मी खनाल र सञ्जय गुरुङ लगायत रहेको प्रचार प्रसार उपसमितिका उपसंयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनु भएको छ । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो ।
लमजुङमा एकसाथ एउटै मञ्चमा यति धेरै पत्रकार सम्मानित भएको यो सम्मवतः पहिलो अवसर हो । जिल्लामा यस्ता अनुष्ठानका साताव्यापी कार्यक्रम कति हुँदै आएका छन् । तर आयोजकले पत्रकारलाई सम्झने भनेको समाचार लेखाउनु पर्ने बेलामा मात्र हो । आफू पनि कुनै दिन त्यो पनि सशस्त्र द्वन्द्वकालमा आठ वर्षसम्म पत्रकारिताको अनुभव गरेको र यसमा के कति दुःख छ, दुःख गर्नु पर्छ भन्ने बुझेको हुँदा आफूले पत्रकारहरूलाई सधैं अग्रपंक्तिमा सम्झने गरिआएको आयोजक सर्वोदय सेवाश्रम, धर्मनाथ धामका संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता कृष्णराज ओलियाले बताउनु भयो । उहाँका अनुसार यति ठूलो अनुष्ठान भइरहदा जिल्लामा पत्रकारितामा दुःख गर्ने, हाम्रो संस्थाको कर्मलाई सञ्चारमाध्यममार्फत जिल्ला, प्रदेशमा मात्र नभई देश, विदेशमा समेत फैलाउन योगदान गर्नेहरूलाई सम्मान गर्नु कर्तव्य भित्रै पर्ने ठानेर सम्मान गरिएको हो ।
जिल्लामा बसेर विभिन्न सञ्चारमाध्यममार्फत हाम्रो आज समापन हुँदै गरेको यो अनुष्ठान तथा संस्थाका गतिविधिका समाचार संप्रेषण गर्नु हुने सबै पत्रकारसाथीहरूलाई हामीले सम्झी, सम्झी सम्मानको कार्य गरेका हौं प्रचार प्रसार उपसमितिका उपसंयोजक एवम् कवि लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार हाम्रा समाचार लेखेर प्रचारप्रसारका साथ जिल्लामा आध्यात्मिक जागरण ल्याउन सहयोग गर्नु हुने सबै पत्रकारहरूलाई सम्झेर सम्मान गरेका छौं ।
लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट स्थित शितप्रवाह नदी र तिलानदी संगमस्थल जहाँ तीन नगरपालिका र दुई जिल्लाको समेत संगम स्थलका रुपमा रहेको स्थलोमा २०६८ सालदेखि सञ्चालनमा सर्वोदय सेवाश्रम आएको हो । जुन आश्रममा बृद्धबृद्धाहरू आश्रित हुनु भएको छ– मा धर्मनाथ धामको स्थापना गरी जिल्लामा नयाँ धार्मिक गन्तव्य प्रतिस्थिापन गरिएको छ ।
सोही थलोमा शिवजीको ध्यानात्मक मूर्तिका साथमा १०८ शिवलिङ्ग, १०८ गोमुखी धारा, १००८ शालिग्राम, एउटै ढुंगाबाट बनेको हनुमानको मूर्ति, गणेश भगवानको मूर्तिका साथमा ९ वटा चौतारासमेत निर्माण भइसकेका छन् । सो स्थानमा स्थापित मूर्तिहरूमा प्रण भर्नका लागि गरिने प्राण प्रतिष्ठाका साथमा सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको आयोजना गरिएको हो ।
धर्मनाथ धाममा स्थापित मूर्तिहरूमा प्राण प्रतिष्ठाका साथमा सप्ताहव्यापी भागवत ज्ञान महायज्ञको आयोजना गरेर आध्यात्मिक जागरणका लागि विशेष अनुष्ठान त गरिएको थियो नै त्यस कार्यक्रमको समापनका अवसरमा दर्जन पत्रकारहरूलाई सम्मान गरेर आयोजकहरूले अर्को गौरवपूर्ण काम गरेको प्रतीत भएको छ ।
वाल्मिकी विद्यापिठका सहप्राध्यापक टिपि धमला, जिसस लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, उपमेयर पुष्पराज खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम सर्वोदय सेवाश्रम, धर्मनाथ धामका अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा भएको थियो । उहाँले स्वागत मन्तव्यसहित धर्मनाथ धामको स्थापनाको उद्देश्यमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा उपवाचक गोविन्दाचार्यले कविताबाट स्वागत तथा आचार्य रेग्मी गोविन्दले संस्कृत भजनबाट स्वागत गर्नु भएको थियो । उक्त कार्र्यक्रमको सञ्चालन रुद्र माविका प्रधानाध्यापक शिव नरालले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २३, मंगलवार २०:३३ गते
हजुरको प्रतिक्रिया