साहित्यमा युवासँग नगरपालिका : शुक्लागण्डकी नगरपालिकाको समन्वयमा

साहित्यमा युवासँग नगरपालिका : शुक्लागण्डकी नगरपालिकाको समन्वयमा

रामकुमार श्रेष्ठ फुच्चे

@antaranganews

२०८२ बैशाख २८ गते आईतबार ०७:००

उत्कृष्ठ हुनु हुने सबैका लागि यातायात खर्च, खाने बस्ने प्रवन्ध तथा खाजाको प्रवन्ध आयोजकबाट गरिएको थियो ।

गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिता– २०८२ सम्पन्न

दुलेगौंडा(तनहुँं)– साहित्यमा स्थानीय तहले पनि चासो राख्न थालेका छन् । यहाँको शु्क्ला गण्डकी नगरपालिकाले आफ्नै सभाहलमा आफ्नै समन्वयमा साहित्यमा युवासँग नगरपालिका कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रम बैशाख २७ गते सम्पन्न भएसँग त्यस्तो पुष्टि भएको हो ।
सो कार्यक्रम अन्तरगत शुक्ला साहित्य सङ्गम तनहुँको आयोजना तथा शुक्लागण्डकी नगरपालिका नगरकार्यपालिकाको कार्यालयको सहयोगमा गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिता– २०८२ गरिएको हो । सोही नगरपालिकाका उपमेयर खुमबहादुर बिक ‘राजु’को प्रमुख आतिथ्यतमा सो प्रतियोगिता सम्पन्न भएको हो । सो अवसरमा उत्कृष्ठ १० को समेत छनौट गरिएको थियो ।
प्रतियोगितामा अनलाइन बाट गजल आह्वान गरिएको थियो । प्रदेशभित्रका ३२ जना गजलकारहरूको प्राप्त भएका गजलमध्य उत्कृष्ट दश छनौट भएको मुल्यांकन संयोजक रुपिन्द्र प्रभावि कटुले बताउनु भयो । उहाँका अनुसार कार्यक्रममा उत्कृष्ठ छनौट भएका १० जनालाई वाचन गर्न दिइएको थियो ।
प्रतियोतिगामा निकेश गिरि कास्की पहिलो, कृष्णबहादुर महत गोर्खा दोस्रो, कास्कीकै मदन घिमिरेले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँहरूलाई क्रमशः ११ हजार, सात हजार र पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
अन्य उत्कृष्ठहरूमा शर्मिला सापकोटा नवलपुर, रामकुमार श्रेष्ठ फुच्चे लमजुङ, सम्झना थापा स्याङ्जा, रमेश लामिछाने लमजुङ, तारानाथ पराजुली पर्वत, कृष्ण सुवेदी तनहुँ र लक्ष्मण पौडेल तनहुँ(अनुपस्थित) हुनु भएको मुल्यांकन संयोजक रुपिन्द्र प्रभावि कटुले जानकारी दिनु भयो ।
उत्कृष्ठ हुनु हुने सबैका लागि यातायात खर्च, खाने बस्ने प्रवन्ध र खाजाको प्रवन्ध आयोजकबाट गरिएको थियो । सो प्रतियोगिताको मूल्यांकन समितिको सदस्यमा सरस्वती श्रेष्ठ सरु र अनुराग अधिकारी हुनुहुन्थ्यो । आयोजक संस्था शुक्ला साहित्य सङ्गमका अध्यक्ष टुकादेवी आचार्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सो संस्थाका अग्रज एवम् सल्लाहकारहरू शेषमणि आचार्य, आनन्दकुमार श्रेष्ठ, नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमको आयोजक संस्थाका सचिव जुनु खड्काले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २८, आईतवार ०७:०० गते
हजुरको प्रतिक्रिया