देउराली(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका– १ को यहाँ स्थित ईन्द्रपुरी देउराली मन्दिरको पुनः निर्माण कार्य पुरा भएको छ । मन्दिरको पुनःनिर्माण पुरा भएसँगै रुद्रीसहितको प्राणप्रतिष्ठा समेतका कार्य बैशाख २८ गते सम्पन्न भएका छन् ।
सो मन्दिरको निर्माण कार्य गाउँलेहरूको विशुद्ध सहयोगमा निर्माण थालिएको सो मन्दिर निर्माणका लागि तीन लाख ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । उक्त ईन्द्रपुरी देउराली देवी मन्दिर देउरालीबासीको आस्थाको धरोहर एवम् पहिचानका रुपमा रहेको निर्माण समितिका अध्यक्ष ईन्द्रविलास अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार दाताहरूको उदारमनबाट उपलब्ध सहयोगका कारण निर्माण कार्य समयमा सम्पन्न हुन सकेकोमा सबै दाताप्रति निर्माण समिति कृतज्ञ रहेको छ । उहाँले भन्नुभयो, ‘सबै चन्दादाताहरूलाई सम्मान पत्रको व्यवस्था गरिएको थियो ।’
मन्दिर निर्माणका लागि संकलन भएको रकम करिब १२ हजार बचत भएको छ भने निर्माणका लागि संकलित सामग्रीमा करिब ५० हजार बराबरको सामग्री सँगै रहेको थानीमाई मन्दिर निर्माणका लागि हस्तान्तरण गरिएको छ निर्माण समितिका ईन्द्रविलास अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार मन्दिरमा लगाइएको रुद्रीमा पण्डित दुईजना अच्युत रेग्मी र जगदिश सापकोटा तथा कर्ताहरू पुजारी खिला अधिकारी, नारायणप्रसाद अधिकारी र जीवनाथ अधिकारी साथै बेलपत्र चढाउनेहरू ४० जना हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘निकै उत्साहवद्र्धक रुपमा धार्मिक कार्य सम्पन्न भयो, सबैको निकै चासो रहेको थियो ।’ सोही मन्दिरमा आज बैशाख पूर्णिमाको दिन निमको पूजा रहेको उहाँको भनाइ छ । सो मन्दिरमा मंसिर पुर्णिमा र बैशाख पुर्णिमामा जुन बिगत देखिनै नियमति निम पूजा चल्दै आएको छ ।
ईन्द्रपुरी देउराली मन्दिरका पुजारी क्रमशः रामनाथ अधिकारी त्यसपछि रामनाथको छोरा नारायणप्रसाद अधिकारी त्यसपछिको पुजारी खिला अधिकारी हुनुहुन्छ ।
यतिबेला मन्दिरको पुनःनिर्माण समितिको अध्यक्ष ईन्द्रबिलास अधिकारी पूर्वपुजारी रामनाथ अधिकारीका नाति तथा नारायणप्रसाद अधिकारीका सुपुत्र हुनुहुन्छ । उहाँकै अध्यक्षतामा मन्दिर निर्माणकार्य सम्पन्न भएको हो ।
सो मन्दिर व्यवस्थापन समितिको सचिव सन्तोष भुजेल, कोषाध्यक्ष रम्बा अधिकारी, सदस्यहरूमा खिला अधिकारी र जीवनाथ अधिकारी रहनु भएको थियो ।
प्रकाशित मिति २०८२ बैशाख २९, सोमबार १७:०५ गते