रास्वपा मध्यनेपाल नगरपालिका– ६ द्वारा श्रद्धाञ्जलीसहित समवेदना व्यक्त

रास्वपा मध्यनेपाल नगरपालिका– ६ द्वारा श्रद्धाञ्जलीसहित समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १ गते बिहिबार ०७:४९

उक्त कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको विशेष उपस्थिति थियो । उहाँसहितको टोलीले श्रद्धाञ्जली पत्र स्व. सुनारका नाति हिरा सुनारलाई हस्तान्तरण गरेको हो ।

स्व. सुनार ६८ वर्षका हुनुहुन्थ्यो । स्व. सुनारका श्रीमती, दुई छोरा, एक छोरी हुनुहुन्छ भने नाति दुई जना तथा नातिनीहरू चार जना छन् ।

भोर्लेटार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मध्यनेपाल नगरपालिका– ६ को वडा समितिद्वारा सोही वडाका पार्टी सदस्य धनबहादुर सुनारको निधन भएको पाँचौं पुण्य तिथिका दिन उहाँको निवासमा पुगेर श्रद्धाञ्जलीसहित समवेदना व्यक्त गरिएको छ । सो कार्य जेठ १ गते गरिएको हो ।
सोही वडाका पार्टी समितिका संस्थापक सदस्य धनबहादुर सुनारको असामयिक निधन भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समितिले निवासमा पुगेर उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो । स्व. सुनार ६८ वर्षका हुनुहुन्थ्यो ।
पार्टीको मध्यनेपाल नगरपालिकाका– ६ का वडा सभापति विष्णुनारायण शाहको नेतृत्वमा गएको टोलीले सो कार्य गरेको हो । उक्त कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलको विशेष उपस्थिति थियो । उहाँसहितको टोलीले श्रद्धाञ्जली पत्र स्व. सुनारका नाति हिरा सुनारलाई हस्तान्तरण गरेको हो ।
कोषाध्यक्ष पौडेलले स्व. सुनारको व्यक्तित्व एवम् कीर्तित्वमा प्रकाश पार्नुका साथै पार्टीद्वारा बनाइएको श्रद्धाञ्जली पत्र पढेर सुनाउनु भएको थियो । सो अवसरमा स्व. आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारण समेत गरिएको थियो ।
उक्त कार्यका लागि रास्वपाका वडा सभापति शाहका अतिरिक्त सल्लाहकार सिंहबहादुर गुरुङ, वडा सचिव लोकबहादुर गुरुङ, निवर्तमान वडा सभापति प्रेमबहादुर गुरुङ, वडा सदस्य भोजबहादुर दुरा, सदस्य मदन गिरीलगायतको सभागिता रहेको थियो ।
स्व. सुनारका श्रीमती अतिसरा सुनार, छोराद्वय शम्शेरबहादुर सुनार, यमबहादुर सुनार बुहारीहरू तथा छोरी सिर्जना सुनार हुनुहुन्छ भने नाति दुई जना तथा चार नातिनीहरू समेत छन् ।

प्रकाशित मिति २०८२ जेष्ठ १, बिहीबार १९:४९ गते
हजुरको प्रतिक्रिया