कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सचिवलाय बैठक आज

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सचिवलाय बैठक आज

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ३ गते शनिवार ०५:१०

विधान बमोजिम मनोनित गर्नु पर्ने केन्द्रीय सदस्यहरूको मनोनयन गर्ने, सल्लाहकार समिति तथा परिषद समिति समेतलाई अन्तिम रुप दिने तथा प्रतिष्ठानले गर्ने भावि कार्यक्रमका बारेमा निर्णय गरिने भएको छ ।

प्रतिष्ठानको विधान अनुसार सचिवलय समिति २१ सदस्यीय रहेको छ ।

नारायणगढ– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय सचिवालय समिति बैठक आज बस्ने भएको छ । सो बैठक चितवनको यहाँ स्थित प्रतिष्ठानको कार्यालयमा जेठ ३ गते यहाँ बस्ने भएको हो ।
प्रतिष्ठानको नयाँ समिति निर्वाचित भएपछिको यो पहिलो बैठक हो । बैठकले केन्द्रीय समितिमा विधान बमोजिम मनोनित गर्नु पर्ने सदस्यहरूको मनोनयन गर्ने, सल्लाहकार समिति तथा परिषद समिति समेतलाई अन्तिम रुप दिने कार्य गर्ने भएको छ ।
यसैगरी, प्रतिष्ठानले गर्ने भावि कार्यक्रमका बारेमा पनि सचिवालय बैठकमा एजेण्डा पेस भई छलफल गरी निर्णय गरिने भएको छ ।
प्रतिष्ठानको विधान अनुसार सचिवलय समिति २१ सदस्यीय रहेको छ ।
प्रतिष्ठानको सचिवालय समितिको यो पहिलो बैठक भएको हुँदा सबैको अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको प्रतिष्ठानका अध्यक्ष नरेन्द्रकुमार अधिकारीले बताउनु भएको छ ।
उक्त बैठकका लागि उहाँ सहितको झापाबाट आउने टोली हिजै यहाँ आइसकेको छ । निजकका जिल्लाकाहरू भने अहिले बिहान त्यसतर्फ प्रस्थान गर्दै छन् । सो बैठकमा भाग लिन लमजुङबाट सचिवलयका सदस्य रहनु भएका नवराज पहाडी ऐले विहान त्यसतर्फ जानु भएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ ३, शनिबार ०५:१० गते
हजुरको प्रतिक्रिया