तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी र तरबार प्रहार, चार घाइते, दुई काठमाडौं रिफर

तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी र तरबार प्रहार, चार घाइते, दुई काठमाडौं रिफर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ३ गते शनिवार ०७:१४

उक्त कार्यक्रमको प्रमुख अतिथि तरुणदलका पूर्वअध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य जितजङ बस्नेत हुनुहुन्थ्यो भने तरुण दलका केन्द्रीय अध्यक्ष विधान गुरुङ विशेष अतिथि हुनुहुन्थ्यो । उहाँहरू दुबैका सामुन्नेमा सो घट्ना भएको हो, अध्यक्ष बन्न चहने भूपेस गुरुङ आफै त्यस्तो काममा अग्रसर, उदघाटनका लागि राखिएको पानस मसेत उठाएर हान्न तम्सेको घाइतेमध्येकै बस्नेतले जानकारी दिनुभयो ।

यस घट्नाबारेमा काँग्रेसका आधिकारिक व्यक्तिहरू कसैले पनि बोल्न चाहेका छैनन् । अधिकांशको फोन उठेको छैन ।

बेसीशहर– लमजुङमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी र तरबार प्रहार भएको छ । सो क्रममा चार जना घाइते भएका छन् । तीमध्ये दुईजनाको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने दुई जना उपचारपछि जेठ ३ गते घर फर्केका छन् ।
जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा एक पक्षबाट अर्को पक्षलाई खुकुरी प्रहार भएको हो । तरुण दलको संस्थापन पक्षका र इतर पक्षका तरुणहरू माथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी सहभागीहरूले बताएका छन् ।
घाइते हुनेमा बेसीशहर नगरपालिका– ९ का वडाध्यक्ष समेत रहनु भएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेसका जिल्ला सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य शंंकर सापकोटा रहनु भएको घाइतेमध्येका किशोरजङ्ग बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ, जिल्ला सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले हतियार प्रयोग गर्न उक्साएका हुन् ।
‘राजनीति आफ्नो ठाउँमा छ प्रहरीले खुकुरी र तरबार खोजेको छ, तिनलाई कारवाही भएन भने राम्रो हुँदैन, प्रशासनप्रति पनि हाम्रो आपत्ति रहनेछ’ बस्नेतले कडा शब्दमा भन्नुभएको छ, ‘हामी त बेसीशहरकै बासिन्दा हौ, भोलिका दिनमा अन्य कोही काँग्रेस कुटियो भने त्यतिबेला हामीलाई पनि गिरफ्तार गर्न पाइन्न ।’
घाइतेमध्ये नेविसंघका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँलाई यहाँ स्थित प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काडमाडौं रिफर गरिएको प्रदेश अस्पताल लमजुङका एचए गौतम पण्डितले बताउनु भयो । उहाँका अनुसार वडाध्यक्ष खुशीजङ गुरुङलाई पनि रिफर गरिएको छ, दुवै जनाको टाउकोमा समस्या देखिएको हुँदा सिटि स्क्यानका लागि रिफर गरिएको हो ।
अन्य दुई जना घाइते बस्नेत र सापकोटा उपचार पछि र फर्किनु भएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेसका पूर्व जिल्लासभापति समेत रहेका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलका बीचमा पहिलेदेखिनै गुटबन्दी चलिरहेको छ । काँग्रेसको १३ औं महाधिवशेनको क्रममा भएको जिल्ला अधिवेशनमा गुरुङ र पौडेल काँग्रेसको जिल्ला सभापतिमा निर्वाचन लडेकोमा पौडेलले जित्नु भएको थियो । १४औं महाधिवेशनमा पौडेलले निर्वाचन नलडी गमप्रसाद गुरुङलाई समर्थन गर्नु भएको थियो । निर्वाचनमा डा. टकराज गुरुङ सभापति निर्वाचित भएपछि पनि दुई पक्षका बीचमा गुटबन्दी जारी छ । यसअघि महिला संघ, किसान संघ लगायतमा भएको अधिवेशनमा पनि गुरुङ पक्षले पौडेलपक्षलाई पेल्दै आफू खुशी गरिरहेको गुनासो आइरहेको थियो । त्यसको नतिजा आजको घट्ना हो, काँग्रेसका एक पुराना कार्यकर्ताले भने । उनका अनुसार गुरुङ र पौडेल दुई पक्ष बिचको गुटबन्दीले आजको घटना निम्तिएको हो ।
उक्त अधिवेशनमा कार्यसमितिको निर्वाचन निर्विरोध गर्नेका नाउँमा प्रतिनिधि छनौटदेखि कार्यसमितिमा एक लौटी गर्ने, कतिपय पुराना सदस्यलाई हटाएर चिन्दै नचिनेका व्यक्तिलाई पदाधिकारी बनाउन ल्याउन खोजियो, त्यो काम गर्नु भएन नयाँ पुरानालाई मिलाएर समिति गठन गरौं भन्ने हाम्रो आग्रहलाई लत्याइयो किशोरजङ्ग बस्नेतले बताउनु भयो । उहाँका अनुसार तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासी समेत रहेका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, अध्यक्षका अर्का आकांक्षी भीम गुरुङ, बेसीशहर नगर सभापति विशाल अधिकारी लगायतलाई सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकिएको हुँदा हाम्रो आपत्ती छ । उहाँले भन्नुभयो, ‘हामीलाई वार्ताका नाउँमा बोलाएर हतियार प्रहार गर्ने काम भयो, हाम्रो पनि नियत खराब हुन्थ्यो भने त्यस्तो हतियार हामीले पनि ल्याउन सक्थ्यौं ।’
यस घट्नाबारेमा बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलसँग सम्पर्क गर्दा तपाईले जे जे सुन्नभएको छ, थाहा पाउनु भयो, त्यही नै हो भन्नुभयो । उहाँलाई घट्नास्थलबाट हतियारहरू बरामत भएको हो ? भन्ने जिज्ञासामा ‘यसबारेमा पनि कुरा गर्छु नि है !’ भन्दै थप कुरा गर्न चाहनु भएन ।
यस घट्नाबारेमा काँग्रेसका आधिकारिक व्यक्तिहरू कसैले पनि बोल्न चाहेका छैनन् । अधिकांशको फोन उठेको छैन ।
उक्त कार्यक्रमको प्रमुख अतिथि तरुणदलका पूर्वअध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य जितजङ बस्नेत हुनुहुन्थ्यो भने तरुण दलका केन्द्रीय अध्यक्ष विधान गुरुङ विशेष अतिथि हुनुहुन्थ्यो । उहाँहरू दुबैका सामुन्नेमा सो घट्ना भएको हो, अध्यक्ष बन्न चहने भूपेस गुरुङ आफै त्यस्तो काममा अग्रसर, उदघाटनका लागि राखिएको पानस मसेत उठाएर हान्न तम्सेको घाइतेमध्येकै बस्नेतले जानकारी दिनुभयो ।
सो अधिवेशनको निर्वाचन प्रक्रिया चलिरहेको निर्वाचन अधिकृत विजयप्रकाश अधिकारीले बताउनु भएको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ ३, शनिबार १९:१४ गते
हजुरको प्रतिक्रिया