कश्यप अधिकारी वंश प्रतिष्ठानको सचिवालय बैठकद्वारा सिञ्जा जाने सहित विविध निर्णय

कश्यप अधिकारी वंश प्रतिष्ठानको सचिवालय बैठकद्वारा सिञ्जा जाने सहित विविध निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ३ गते शनिवार १०:०१

आफ्नो गोत्र भित्र विहेवारीको काम सख्त मनाही गरिएको छ, विज्ञानले पनि त्यसको पुष्टि गरेको छ भन्दै आफू हुर्कदै गर्दा कुलपुजाको समयमा २५ सय बोकाको पुजा हुने गर्दथ्यो तर पनि बुझ्दै जाँदा बोका पनि कश्यप कुलकै सन्तान हो भन्ने थाहा पाइयो, त्यसैले बली चढाउन त परको कुरा मासु खान पनि हुँदैन भन्ने लाग्यो, यही कुरा समाजमा पनि भनियो, मेरो राम्रो हुँदै गएको थाहा पाएपछि सबैले मेरो कुरा मानेर बली बिनाको कुलपुजा हुने गरेको अध्यक्ष बताउनु भएको थियो ।

बैठकमा ९० प्रतिशतभन्दा माथिको संख्यामा पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको उपाध्यक्ष जानुका अधिकारीले जानकारी दिनुभयो ।

नारायणगढ(चितवन)– कश्यप अधिकारी वंश प्रतिष्ठानको सचिवालय समितिको पहिलो बैठकले नेपालमा अधिकारीहरूको पहिलो वंश उत्थान भएको थलो सिञ्जा जाने लगायतका विविध निर्णय गरेको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा यहाँ स्थित पोखरा बसपार्कमा रहेको सतनचुली होटलको सभाकक्षमा सो बैठक जेठ ३ गते सम्पन्न भएको हो ।
सो बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष अधिकारीले आफूले नेतृत्व हस्तान्तरण गर्न चाहदाचाहदै पनि पद लिन कोही तयार नभएकोप्रति दुःखेसो व्यक्त गर्नुहुँदै आउँदो अधिवेशनका लागि नेतृत्व लिन आजैदेखि आफ्नो भूमिका दरिलो बनाउनका लागि आग्रह गर्नु भयो । उहाँले आफू हुर्कदैगर्दा कुलपुजाको समयमा २५ सय बोकाको पुजा हुने गर्दथ्यो । तर पनि बुझ्दै जाँदा बोका पनि कश्यप कुलकै सन्तान हो भन्ने थाहा पाइयो, त्यसैले बली चढाउन त परको कुरा मासु खान पनि हुँदैन भन्ने लाग्यो, यही कुरा समाजमा पनि भनियो, मेरो राम्रो हुँदै गएको थाहा पाएपछि सबैले मेरो कुरा मानेर बली बिनाको कुलपुजा हुने गरेको उल्लेख गर्नुभयो ।
आफ्नो गोत्र भित्र विहेवारीको काम सख्त मनाही गरिएको छ, विज्ञानले पनि त्यसको पुष्टि गरेको छ । यो कुराको ख्याल राख्न सबै बन्धुहरूलाई जानकारी दिन निवेदन छ उहाँले भन्नुभयो । उहाँले कश्यप गोत्रकै वन्धुहरूले सञ्चालन गरिआएका प्रतिष्ठान र विभिन्न समाजका बीचको एकताका लागि आफूहरू आतुर रहेको जानकारी दिनु भयो ।

उहाँले अरुको कुरा काट्न तिर लाग्न भन्दा हामीले आफ्नो काम, कर्तव्य र अधिकारको ख्याल राखेर अघि बढौं उहाँले आह्वान गर्नुभयो । उहाँले भोलि काठमाडौमा हुने एकता वार्ताका लागि आफ्नो टोली यतैबाट काठमाडौंं जाने जानकारी दिनुहुँदै भन्नभयो, ‘तर एकताका नाउँमा कानुन विपरितका काम वा सम्झौता भने आफूले नगर्ने, यसमा ढुक्क हुन मातहतका सबै सदस्यहरू तथा शाखाहरूलाई जानकारी दिन आग्रह गर्दछु ।’
सो अवसरमा विधान अनुसार मनोनित गर्नु पर्ने छ जना केन्द्रीय सदस्यको समेत बैठकले मनोनित गरेको छ । जसमा ध्र्रवप्रसाद अधिकारी चितवन, गोपालप्रसाद अधिकारी रुपन्देही, रविकिरण अधिकारी चितवन, पार्वती अधिकारी रुपन्देही, मणिराज अधिकारी झापा र शिवकुमार अधिकारी बर्दिया हुनुहुन्छ ।
यसैगरी, बैठकले ४५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा शेषनारायण अधिकारी पाँचथर, कल्पना अधिकारी सुनसरी, गायत्री अधिकारी धादिङ, टुकराज अधिकारी तनहुँ, दामोदर अधिकारी लमजुङ, नेत्रप्रसाद अधिकारी नवलपुरलगायत हुनुहुुन्छ ।
सो अवसरमा सबै पदाधिकारी तथा सदस्यहरूले परिचय सहित आआफ्ना धारणासहितका विभिन्न सुझावहरू राख्ने काम भएको थियो ।
सातौं महाधिवेशनको समीक्षा सहितको उक्त सहयोगी तथा सहभागीलाई धन्यवाद ज्ञापन गरिएको बैठकमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र अधिकारीले स्वागत गर्नु भएको थियो भने को सञ्चालन सचिव सीताराम अधिकारीले गर्नु भएको थियो ।
बैठकमा ९० प्रतिशतभन्दा माथिको उपस्थिति रहेको उपाध्यक्ष जानुका अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आजकोे बैठक आउँदो बैठक कश्यप अधिकारी वंशको उत्थान भएको थलो सिञ्जामा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । आफ्नो परिचयका क्रममा कविताबाट चिनारी दिएर फरक शैलीमा सचिवालय सदस्य कल्पना अधिकारी प्रस्तुत हुनु भएको थियो ।

प्रकाशित मिति २०८२ जेष्ठ ३, शनिबार २२:०१ गते
हजुरको प्रतिक्रिया