पोखरामा सिआइसी एजुकेसन हबको शाखा

पोखरामा सिआइसी एजुकेसन हबको शाखा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ५ गते सोमबार ०८:२६

पोखरा । शैक्षिक परापर्शदाताका रुपमा राष्ट्रिय स्तरमा काम गरिरहेको सिआइसी एजुकेसन हबले पोखरा शाखा सञ्चालन गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा स्थापना गरिएको हो । वैदेशिक...

पोखरा । शैक्षिक परापर्शदाताका रुपमा राष्ट्रिय स्तरमा काम गरिरहेको सिआइसी एजुकेसन हबले पोखरा शाखा सञ्चालन गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी शाखा स्थापना गरिएको हो ।

वैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीलाई लक्षित गरी क्यारियर काउन्सिलिङ, भिसा आवेदन, भाषा शिक्षण तथा भिसा आवेदनसम्बन्धी गरिने दस्तावेजीकरण सेवा दिइने सिआइसीका निर्देशक राजेश अधिकारीले जानकारी दिए ।

क्यानडा, अमेरिका, अष्ट्रेलिया, युके, न्युजल्यान्ड लगायतका देशमा उच्च शिक्षा अध्यायनका लागि जान चाहने विद्यार्थीलाई उत्कृष्ट परामर्शसँगै अरु सेवा दिन शाखा स्थापना गरिएको निर्देशक अधिकारीले बताए । अवश्यक पूर्व तयारी कक्षा, भाषा शिक्षणका लागि पूर्वाधारसहितका कक्षा सञ्चालन हुने जनाइएको छ ।

अध्ययनका लागि छात्रवृत्ति र आर्थिक सहयोग, अध्ययनपछि उत्तम रोजगारीको अवसर, स्थायी बसोबासको सम्भावना, व्यक्तित्व विकास र राम्रो जीवनस्तरका कारण वैदेशिक अध्ययन नेपाली विद्यार्थीको रोजाइमा छ । दक्ष परामर्शदाताबाट परामर्श, विदेश स्थित विश्वद्यालय तथा कलेजहसँग उत्कृष्ट शैक्षिक जस्ता कारणले सिआइसीले विद्यार्थीलाई भाषा कक्षा, परामर्श, प्रोसेसिङदेखि विदेश पुगेपछि आइपर्ने समस्यामा पनि उचित समन्वय गर्ने गरेकाले विद्यार्थीको रोजाइमा यो पर्ने गरेको अधिकारीले बताए ।

प्रकाशित मिति २०८२ जेष्ठ ५, सोमबार ०८:२६ गते
हजुरको प्रतिक्रिया