अनुशासनका कठोर बन्दै रास्वपा : एक नेता तीन दिनका लागि निलम्बित

अनुशासनका कठोर बन्दै रास्वपा : एक नेता तीन दिनका लागि निलम्बित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ८ गते बिहिबार ०९:२९

व्यक्तिको प्रतिष्ठामा आँच आउने भएको हुँदा कारवाहीमा परेका व्यक्तिको परिचय नखुलाइएको कार्यवाहक प्रवक्ता कविन्द्र बुर्लाकोटीले बताउनु भयो ।

केन्द्रीय पदाधिकारी भेट्दा गोप्य भिडिओ खिचेको भन्दै रास्वपाले गर्यो कारबाही

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अनुशासनका कठोर बन्दै गएको छ । उसले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण एक नेतालाई जिम्मेवारीबाट तीन दिनका लागि निलम्बन गरेको हो ।
सो कारवाही गरिएको अवधिको आज अन्तिम दिन हो । रास्वपाले ती नेतालाई जेठ ५ गते निलम्बन गरेको हो ।
व्यक्तिको प्रतिष्ठामा आँच आउने भएको हुँदा कारवाहीमा परेका व्यक्तिको परिचय नखुलाइएको कार्यवाहक प्रवक्ता कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रूपमा भिडिओ रेकर्ड गरेको पाइयो, त्यसैले निजलाई अनुशासनात्मक कारबाही स्वरूप निलम्बन गरिएको हो । उहाँले भन्नुभयो, ‘व्यक्तिगत प्रतिष्ठामा आँच आउन नदिनका लागि पार्टीले निलम्बनमा परेका व्यक्तिको परिचय नखुलाएको हो ।’

प्रकाशित मिति २०८२ जेष्ठ ८, बिहीबार ०९:२९ गते
हजुरको प्रतिक्रिया