‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को तयारी तिब्र

‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को तयारी तिब्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ९ गते शुक्रबार ०७:३३

नइले उक्त सम्मेलनमा प्रस्तुत गर्ने कार्यपत्र समाविष्ट ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक ग्रन्थ प्रकाशित गर्ने भएको छ । प्रसाईले भन्नुभयो, ‘उक्त ग्रन्थ नौ सय सय पृष्ठ हुने आंकलन छ ।’

भारतका १३ विश्वविद्यालयहरूमा नेपाली भाषा पढाइन्छ, तिनको सूची सहित

काठमाडौं– यहाँ स्थित नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । त्यसको तयारी तिब्र गतिमा भइरहेको समेत आयोजक संस्थाले जेठ ८ गते बताएको हो ।
‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का लागि नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भइसकेको आयोजक नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार नइले उक्त सम्मेलनमा प्रस्तुत गर्ने कार्यपत्र समाविष्ट ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक ग्रन्थ प्रकाशित गर्ने भएको छ । उहाँले भन्नुभयो, ‘उक्त ग्रन्थ नौ सय सय पृष्ठ हुने आंकलन छ ।’
उक्त कार्यक्रमका लागि भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा पठनपाठन हुने १३ वटा विश्वविद्यालय केन्द्रित कार्यपत्रहरू प्राप्त भएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ । उहाँका अनुसार ती विश्वविद्यालयमा कलकत्ता विश्वविद्यालय, पटना विश्वविद्यालय, काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्ग विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, कञ्चनजङ्घा विश्वविद्यालय रहेका छन् ।
यसैगरी, अन्यमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, डिब्गड विश्वविद्यालय, पूर्वोत्तर पर्वतीय विश्वविद्यालय, मणिपुर विश्वविद्यालय र असम विश्वविद्यालयहरूमा समेत नेपाली भाषा साहित्यको पठनपाठन हुँदै आएको सामग्रीको विश्लेषण समेत ती कार्यपत्रहरूमा समाविष्ट गरिएको छ ।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले भन्नुभयो, ‘उक्त सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने अनुमान छ ।’ साथै विद्यावारिधि शोध गरिरहेका र दर्शनाचार्य पूरा गरेका शोधार्थीहरूलाई समेत उक्त समारोहमा सहभागी गराउन तयारी चलिरहेको छ ।
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि त्रिमूर्ति निकेतनका पदाधिकारीहरू प्रा. डा. महादेव अवस्थी संयोजक र प्रा. केशव सुवेदी सल्लाहकार रहनुभएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८२ जेष्ठ ९, शुक्रबार १९:३३ गते
हजुरको प्रतिक्रिया