रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आदेश आजै आउने तर लामो भयो आदेशको पखाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आदेश आजै आउने तर लामो भयो आदेशको पखाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ९ गते शुक्रबार ०८:१५

लामिछानेलाई कारागार बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिनुपर्ने मागसहित उनकी श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनु भएको हो ।

यसैबिच, सर्वोच्च अगाडि रास्वपाका कार्यकर्ता, समर्थक तथा रविका सुभेच्छुकहरू सर्वोच्च परिसरमा भेला भएक छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको भीड लागेको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकिएसँगै आदेश आजै आउने भएको छ तर लामो भयो आदेशको पखाई हुन गएको छ । जेठ ९ गते साँझ ८ बजेसम्म पनि आदेश आएको छैन ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइको हो । बहस सकिएका कारण आदेश आजै आउन सक्ने सम्भावना रहन्छ सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताउनु भयो । उहाँका अनुसार बहस सकिएपछि न्यायाधीशहरूले दुवै तर्फबाट भएको बहसबारे छलफल गरेर आदेश लेख्छन्, लेख्ने काम जारी छ ।
उहाँले भन्नुभयो, ‘आदेश टाइप गर्न र त्यसको रूजु गर्न केही समय लाग्छ । तर शुक्रबार पनि अदालत ५ बजेसम्म खुल्ने भएका कारण आदेश आजै आउन सक्छ ।’
जाहेरवाला छविलाल जोशीका तर्फका वकिलहरूले आजै बहस गरेका थिए ।
अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्नु भएको हो तर उनको बहस त्यसदिन हिजो पुन बहस गरेका थिए ।
सरकारी वकिलको तर्फबाट नायब महान्यायाधिवक्ता लोकराज पराजुली, गोबिन्द खनाल, दिनेश घिमिरेसहित पाँच जनाले बहस गरेका थिए ।
लामिछानेलाई कारागार बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिनुपर्ने मागसहित उनकी श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनु भएको हो ।
यसैबिच, सर्वोच्च अगाडि रास्वपाका कार्यकर्ता, समर्थक तथा रविका सुभेच्छुकहरू सर्वोच्च परिसरमा भेला भएक छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको भीड लागेको हो ।

प्रकाशित मिति २०८२ जेष्ठ ९, शुक्रबार २०:१५ गते
हजुरको प्रतिक्रिया