अन्ततः तरुण दल लमजुङको सात दिनका लागि स्थगित निर्वाचन अनिश्चितकालका लागि रोकियो

अन्ततः तरुण दल लमजुङको सात दिनका लागि स्थगित निर्वाचन अनिश्चितकालका लागि रोकियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ ९ गते शुक्रबार ०९:३६

‘जेठ १० गते निर्वाचनका बाँकी कार्य सम्पन्न गर्ने गरी सूचना जारी गरेकोमा विविध कारणबाट निर्वाचनको अर्काे सूचना जारी नगरेसम्मका लागि निर्वाचनको बाँकी कार्यक्रम स्थगित भएको’ सूचनामा उल्लेख छ ।

यसअघि अर्थात जेठ ३ गते स्थगित निर्वाचन कार्यक्रम जेठ १० गते निर्वाचन हुने भनिएको थियो ।

बेसीशहर– एकपक्षले अर्को पक्षलाई गरेको खुकुरी प्रहारपछि स्थगित भएको नेपाल तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम अन्ततः अनिश्चितकालका लागि रोकिएको छ । तरुण दलका निर्वाचन अधिकृतले एक विज्ञप्ति जारी गर्दै जेठ ९ गते त्यस्तो जानकारी दिनु भएको हो ।
निर्वाचन अधिकृत एवम् अधिवक्ता विजय प्रकाश अधिकारीले सो सूचना जारी गर्नु भएको हो । सो सूचनामा यसअघि स्थगित जेठ १० गते निर्वाचन हुने भनिएको थियो । विविध कारणबाट निर्वाचनको अर्काे सूचना जारी नगरेसम्मका लागि निर्वाचनको बाँकी कार्यक्रम स्थगित भएको’ भनिएको छ ।
सो सूचनामा अनुसार, ‘जेठ ३ गते प्रकाशीत भएको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताको तोकिएको समय भित्र सम्पन्न भएको अवस्थामा विशेष कारण बस बाँकी प्रकिया मिति जेठ १० गते निर्वाचनका बाँकी कार्य सम्पन्न गर्ने गरी सूचना जारी गरेकोमा विविध कारणबाट निर्वाचनको अर्काे सूचना जारी नगरेसम्मका लागि निर्वाचनको बाँकी कार्यक्रम स्थगित भएको’ उल्लेख छ ।
यो सूचना नेपाली काँग्रेस पार्टी कार्यालय लमजुङ, बेसीशहरको सूचना पाटीमा टाँस भएको व्योहरा अवगत गरिन्छ सो सूचनामा भएको छ ।
सो खुकुरी प्रहारबाट चारजना घाइते भएका थिए । तीमध्ये दलको उपाध्यक्षका प्रत्यासी सुदिप अधिकारी अझै पनि अस्पतालमै उपचाररत रहेको परिवार स्रोतले बताएको छ । अन्य घाइते हुनेमा तरुण दलका क्षेत्रीय सभापति एवम् बेसीशहर नगरपालिका– ९ का वडाध्यक्ष खुशीजग गुरुङ, नेपाली काँग्रेसका जिल्ला सदस्य कांग्रेसका जिल्ला सदस्य सन्तोष बस्नेत र तरुण दलका जिल्ला सदस्य शंकर सापकोटा हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८२ जेष्ठ ९, शुक्रबार २१:३६ गते
हजुरको प्रतिक्रिया