सभापति रविले होइन, राज्यले संगठित अपराध गरिरहेको रास्वपाको ठहर

सभापति रविले होइन, राज्यले संगठित अपराध गरिरहेको रास्वपाको ठहर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १२ गते सोमबार ०९:१७

दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवम् ‘प्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियान’ सञ्चालन गर्ने र त्यस अभियानको संयोजकमा दीपक बोहरा चयन गरेको छ ।

पार्टीले तेस्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने साथै यस अवसरमा पार्टीका वडा तहसम्मका समितिलाई निर्देशन दिएको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेका विषयमा सभापति रविले होइन, राज्यले संगठित अपराध गरिरहेको रास्वपाको ठहर गरेको छ । एक विज्ञप्ति जारी गर्दै सर्वाेच्च अदालतको आदेशप्रति गम्भीर प्रश्न उठाएको छ । पार्टीले आदेशको कानुनी पालना गर्न बाध्य भए पनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको धारणा सार्वजनिक जेठ १२ गते गरेको हो ।
सभापति रविेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ । दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्त्रीकरण लगायतका बेथिति एवम् ‘प्रतिशोधविरुद्ध न्यायका लागि वृहत अभियान’को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश/विदेशमा रहेका आम नेपालीहरूमाझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ ।’ साथै सो अभियानका संयोजक सहकोषाध्यक्ष दीपक बोहरालाई रास्वपाले तोकेको जनाएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘मौलिक अधिकारसँग जोडिएको बन्दीप्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘बेल सुनुवाइ’मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन, २०३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्नपर्ने आशय व्यक्त हुनु एवम् सर्वोच्च अदालतबाटै स्थापित नजिरहरूको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरूका लागि चिन्ताको विषय बनेको छ ।’
सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी ‘मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धताको आधारमा विभेद’ भइरहेको भन्दै यसलाई रास्वपाले ‘राजनीतिक प्रतिशोध’ भनेको छ ।
रविमाथि राज्यले संगठित अपराध गरिरहेको आरोप पनि रास्वपाले लगाउँदै रास्वपाले भनेको छ, ‘दलतन्त्रको दोहन, राज्यसंयन्त्रको अस्त्रीकरणलगायतका बेथिति एवं ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’को अवधारणापत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीहरूमाझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ ।’
पार्टीले ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भन्ने दृष्टान्तअनुरूप यथाशीघ्र गृहमन्त्रीको पदबाट हटेर निष्पक्ष अनुसन्धानलाई सघाउन माग दोहोर्याउँदै कार्यान्वयनका निम्ति आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ सो विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले तेस्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवं प्रवासमा समेत स्वतः स्फूर्त रूपमा कार्यक्रम गर्ने रास्वपाको निर्णय छ ।
विज्ञप्तिको पूर्ण पाठ :
राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ । मौलिक अधिकारसँग जोडिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सार्थक सम्बोधन नहुनु, ‘बेल सुनुवाई’मा सीमित हुनपर्ने विषय मुद्दाको गुणदोषमै केन्द्रित हुनगई प्रमाण ऐन २)३१ को दफा २५ को प्रतिकुल हुने गरी प्रमाणको भार प्रतिवादीले नै बोक्न पर्ने आशय व्यक्त हुनु एवं सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको छ ।
सरकारद्वारा सहकारीको राष्ट्रव्यापी समस्याको समाधान नखोजी सम्बन्धित मुद्दाहरूमा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धत्ताको आधारमा विभेद भइरहेको यथार्थलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ‘राजनीतिक प्रतिशोध’को रुपमा चित्रित गर्दै आएको छ । रवि लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको अभिमत आम जनतामा गड्दै गएको निष्कर्ष पार्टीको छ । दलतन्त्रको दोहन, राज्य संयन्त्रको अस्वीकरण लगायतका बेथिति एवम् ‘प्रतिशोध विरुद्ध न्यायका लागि वृहत अभियान’को अवधारणा पत्र अनुमोदन गर्दै अबका राजनीतिक मुद्दा देश/विदेशमा रहेका आम नेपालीहरू माझ नै स्थापित गर्ने गरी अघि बढ्न रास्वपा केन्द्रीय समिति दृढ संकल्पित छ । यस अभियानका संयोजक सहकोषाध्यक्ष दीपक बोहरालाई तोकिएको छ ।
गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भन्ने दृष्टान्त अनुरुप ‘यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको’ सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।
पार्टी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ केन्द्रीय सदस्य एवम् विधायिकी भूमिकामा केन्द्रीत रहने मनसाय राखी सहमहामन्त्री पदबाट दिनुभएको राजीनामा तथा केन्द्रीय सदस्य अनिल केशरी शाहले उपयुक्त जिम्मेवारीका लागि केन्द्रीय प्रशिक्षण विभाग प्रमुखबाट दिनुभएको राजीनामा केन्द्रीय समितिबाट अनुमोदन गरिएको छ ।
पार्टीले तेश्रो स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गर्ने साथै यस अवसरमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म एवं प्रवासमा समेत स्वतः स्फूर्त रुपमा विभिन्न कार्यक्रमहरू गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ १२, सोमबार २१:१७ गते
हजुरको प्रतिक्रिया