काठमाडौं– नेपाली लोक गीतको समुन्द्रमा अर्को एक लोक गीतको आगमन भएको छ । झण्डै दुई दशक नेपाली लोकगित क्षेत्रमा समर्पित भएकी लोकदोहोरी गायिका कुमारी चेपाङको स्वर तथा म्युजिक रहेको ‘पाल्पा लुम्बिनी’ बजारमा आएसँगै चर्चा बटुली रहेको छ ।
‘पाल्पा लुम्बिनी’मा कुमारीसँगै बिमल परियारको स्वर रहेको छ । मोहन घतानीको शब्द रहेको यो गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन । प्रेमी र प्रेमीकाको प्रेमिल पल कल्पना गरिएको यो गीतमा शुद्घ नेपालीपन पाउन सकिन्छ । पछिल्लो समयमा नेपाली लोकसंगीतमा देखा परेको विकृतिजन्य प्रस्तुति भन्दा केही पर सभ्य रुपमा ‘पाल्पा लुम्बिनी’ आएको छ ।
‘पाल्पा लुम्बिनी’ गीति एल्बममा लोमश शर्मा र अस्मिता रनपाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ भने गीत कुमारी चेपाङको अफिसियल युटुबबाट बजारमा आएको हो ।
‘यौटै रै’छ दुबैको बेथा …. , पाल्पा लुम्बिनी, भेटियो मायालु दिलमै झुण्डिनी’ बोलको गीतबाट सुरु भएको गीति एल्बमले धेरैभन्दा धेरै स्रोता तथा दर्शको मन जित्ने आंकलन गरिएको छ ।
बाँकी जानकारी र मनोरञ्जन भिडियोबाट ।
प्रकाशित मिति २०८२ जेष्ठ १३, मंगलवार १६:३५ गते