पोखरा– स्थानीय बिरौटा चोकमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन आकर्षित गरेको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरसँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ । यो दृश्य जेठको १२ गते हो ।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल मानिनु हुन्छ । उहाँका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाउने गरेको छ ।
यस्तो प्रतीभाकी धनी देवी प्रतिभासँग भक्तजनहरू भेट गर्ने समय विहानका लागि तय गरिएको छ । उहाँलाई घण्टौँ कुरेर भक्तजनहरूले प्रत्यक्ष भेट्ने गरिरहेका छन् । कोटिहोममा देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्धतर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ लाग्दो हुन थालेको महायज्ञका सह निर्देशक युवक लामिछानेले बताउनु भयो । लामिछानेका अनुसार उहाँको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको छ ।
भक्तजनहरूको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठबाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम समेत नगरी सिधा पुनः कथा वाचन गर्न आएको उहाँले बताउँदै गर्दा भक्तजनलाई भावुक बनाउँदै कर्तलध्वनीका साथ उहाँको जय गान गाएका थिए ।
‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उहाँले भन्नुभयो, ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’
उहाँसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।
बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य, शिव दत्त रेग्मी, प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।
राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता जारी :
यसैबीच, जेठ ११ गतेदेखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले जारी रहेको छ । कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति प्रतिदिन बढ्दै गएको छ ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा पहिलो दिन २५ जना र दोस्रो दिनमा ३१ जना प्रतियोगीले आफ्ना भनाइ राखेका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए ।
विद्यार्थीलाई विशेष प्रशिक्षण आज :
प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सहभागिता रहेको छ । प्रतियोगितामा आज १४ गते डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने कार्यक्रम छ । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको आयोजकको भनाइ छ ।
कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै :
कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ ।
कोटिहोममा १२ गते बढिगाऊ गाउँपालिका बागलुङकी अध्यक्ष गण्डकी थापाले दुई लाख एक हजार एक सय १२ रुपैयाँ सहयोग गरी दुई जना अनाथ वाल वालवालिकाको लागि अभिभावक बन्नु भएको छ । उहाँले कोटिहोम सिकाईको थलो भएको बताउँदै यस्तो पुण्य अवसर नछुटाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले कोटिहोमले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनसँग जोड्न टेवा पुर्याएको बताउनु भयो ।
कोटिहोममा दानको ओइरो :
कोटिहोममा दान आउने क्रम पनि बढिरहेको छ । सो दिन विशेष सहयोग गर्नेहरूमा नेपाल सुन चादी रत्न तथा आभूषण व्यवसायी सङ्घ पोखराबाट ५० हजार ५ सय, पोखरा– १४ का मीनबहादुर खत्री, राधिका खत्री बाट ५१ हजार ५ सय ५५ नेपाल पूर्वप्रहरी सङ्गठन पोखरा ७ कास्की बाट ५५ हजार ५ सय ५५, गीता थापाबाट ३० हजार, डा. कृष्ण गोपाल पराजुली र विष्णुमाया पराजुलीबाट २५ हजार २ सय ५२, सिता लक्ष्मी नगद र जिन्सी सहित ५२ हजार ५ सय ५०, पर्यटन व्यावसायिक महिला सघं नेपाल पोखरा– ६ बाट २५ हजार १ सय २५, समुदायिक सेवा समिति पोखरा २ बाट २५ हजार १ सय २१, चालिसेमार्ग दिदीबहिनी समूह पोखरा– ८ बाट २५ हजार ३ सय ६५, निर्मला रानाभाट बाट २५ हजार १ सय ५५ तथा लमजुङका सुकदेव बास्तोलाबाट १५ हजार १ सय १५, सहयोग प्राप्त भएको छ ।
यसैगरी कोटिहोममा अघिल्लो दिन दान सहयोग गर्नुहुनेहरूमा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा– १७ बाट १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट ५१ हजार ५१, महा विष्णु प्रधान पोखरा १४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा २५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा ५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा ६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा ६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई स परिवार पोखरा १७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूहबाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा ५ बाट २५ हजार ५ सय ५५, देवीस्थान आमा समूह पोखरा २५ हेमजाबाट २५ हजार ५ सय ५५, रकम सहयोग भएको छ ।
जनप्रतिनिधिको सहभागिता :
कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार कोटिहोममा सहयोग गर्ने भक्तजन दिनहुँ बढ्दै गएका छन् । उहाँले भन्नुभयो, ‘कोटिहोममा आउने जनप्रतिनिधिले यस्ता खालका कोटिहोम नेपालका विभिन्न ठाउँमा गएर सञ्चालन गर्न समेत सुझाव दिएका छन् ।’
कोटिहोममा स्याङ्जा जिल्लाका पालिकाबाट मेयर तथा उपमेयरहरूको ११ गते सहभागिता रहेको थियो । कोटिहोममा गल्याङ्ग नगरपालिका स्याङ्जाका मेयर गुरुप्रसाद भट्टराई, वालिङ नगरपालिका स्याङ्जाकी उपमेयर कविता तिवारी, आँधीखोल गाउँपालिका स्याङ्जाकी उपाध्यक्ष सीता थापाको उपस्थित थियो । कोटिहोम दर्शन मात्रै होइन पालिकाबाट अनाथ बालबालिकाका लागि अभिभावक वन्ने घोषण समेत गर्नु भएको छ । गल्याङ्ग नगरपालिका स्याङ्जाका मेयर गुरुप्रसाद भट्टराई र वालिङ नगरपालिका स्याङ्जाकी उपमेयर कविता तिवारीले पालिकाको तर्फबाट अनाथ वालवालिकाको अभिभावक बन्न १÷१ लाख सहयोग गर्ने घोषण गर्नुभयो । त्यति मात्रै होइन मानव सेवाका लागि आवश्यक परेमा अन्य शीर्षकमा पनि सहयोग गर्ने प्रतिवद्धता उहाँहरूले व्यक्त गर्नु भएको छ ।
कोटिहोममा गल्याङ्ग नगरपालिका स्याङ्जाका मेयर गुरुप्रसाद भट्टराईले मानव जीवनलाई सार्थक बनाउनका लागि मानव सेवामा जोडिन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मानव सेवा फाउन्डेसनले अनाथ वाल वालिका र ज्येष्ठ नागरिकको लालन पोषणको अभियानमा सञ्चालन गरेको यो कोटिहोम आफैमा उत्कृष्ट छ, धर्तीमा आफ्नो उपस्थितिलाई सार्थकता बनाउन पनि यस कोटिहोममा आएर सबैले सहयोग गरौँ ।’
वालिङ नगरपालिका स्याङ्जाकी उपमेयर कविता तिवारीले यस्ता खलाका महायज्ञले नैतिक शिक्षा तथा आफ्नो धर्म संस्कार सिकाउने काम गरेको हुनाले देशका हरेक ठाउँमा यस्ता महायज्ञ गर्नु पर्ने उल्लेख गर्नु भयो । उहाँले देशलाई धर्म सापेक्ष बनाउनका लागि सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।
कोटिहोम सञ्चालनको उद्देश्य :
मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।
कोटिहोममा तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्पयोग पूजा, मंगल चतुर्थी व्रतउद्यापन, सप्तवार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, मांगलिक शान्ति, ऋणमोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्तिपाठ, श्रीसूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोगनिवारण पाठ, ग्रहसूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्रीसूक्त पाठपारायण, भूमिदोष निवारण, दशमहादान, अष्टमहादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।
त्यसैगरी, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेको प्रचार संयोजक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् ।
कोटिहोममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा– १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।
प्रकाशित मिति २०८२ जेष्ठ १४, बुधबार ०८:५७ गते