गणतन्त्र दिवसमा विविध कार्यक्रम

गणतन्त्र दिवसमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १५ गते बिहिबार १०:३७

दिवसको सो अवसरमा योगशिविर, रक्तदान, फुटबल प्रतियोगिता, अस्पतालका विरामीलाई फलफूल वितरण, बृक्षारोपण, सञ्चारमाध्यममा परिसंवाद एवम् लेख रचना प्रकाशन, दिपावली लगायतका कार्यक्रम गरिएको छ ।

फुटसल खेलमैदानमा गरिएको सो प्रतियोगितामा पत्रकारहरूको टिमले कर्मटारी टिमलाई ७– ५ अन्तरले जीत हासिल गरेको हो ।

बेसीशहर– गणतन्त्र दिवस २०८२ को अवसरमा सञ्चालन हुने तीन दिवसीय रुपमा विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । उक्त कार्यक्रम जिल्ला मुल समारोह समितिको आयोजनामा १४ गतेदेखि सुरु भएको हो ।
दिवसको सो अवसरमा योगशिविर, रक्तदान, फुटबल प्रतियोगिता, अस्पतालका विरामीलाई फलफूल वितरण, बृक्षारोपण, सञ्चारमाध्यममा परिसंवाद एवम् लेख रचना प्रकाशन, दिपावली लगायतका कार्यक्रम गरिएको छ ।
प्रदेश आर्युवेद चिकित्सालयको समन्व्यमा फूलबारी मञ्चमा योग शिविर प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलको प्रमुख अतिथ्यतामा भएको हो । प्रजिअ पोखरेलले यो शिविरले स्वास्थ्य मानसिक सन्तुलन र समृद्धि समाज निर्माण तर्फ जनचेतना अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी बल नेपाल अश्रित गणमा लमजुङका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक पुरी, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी नायव उपरिक्षक रेशम बोहोरा, राष्ट्रिय अनुसन्धान कार्यालयका जिल्ला प्रमुख विष्णुहरि पण्डित, पत्रकार महासघंका जिल्ला अध्यक्ष सन्देश पौडेल लगायतको सहभागिता थियो ।
सो शिविरमा स्थानीय सर्वसाधारण र सुरक्षा निकायका प्रतिनिधिहरू समेत गरी ५५ जनाले भाग लिएका थिए । शिविरमा योग र ध्यानको विविध अभ्यासहरू गराएको थियो । गणतन्त्र दिवसको सन्देशलाई आत्मसाथ गर्दै आयोजना गरिएको यस शिविरलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन् । कार्यक्रम सफल बनाउनमा सबै सरोकारवाला तथा सहभागीहरूको सक्रियता रहेको आयोजकको भनाइ छ ।
सो शिविर जेठ १४ गते शिविर प्रदेश आयुर्वेद चिकित्सालयका सूचना अधिकृत सवित्रा न्यौपानेको अध्यक्षता भएको हो ।
यसैगरी, गणतन्त्र दिवस २०८२ उपलक्ष्यमा प्रदेश अस्पताल बेसीशहरमा रक्तदान कार्यक्रम भएको छ । अस्पतालमा रगत आवश्यकतालाई सम्बोधन गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको हो । अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न रक्त समुहका १२ जनाले रक्तदान गरेका छन् ।
पछिल्लो समय अस्पतालमा रगत अभावको समस्या हुँदै गए पनि तत्कालको आवश्यकता र समस्यालाई सम्बोधन गर्न १२ जनाको मात्रै रगत राखिएको अस्पतालले जनाएको छ । बेसीशहरमा अधिकांश रक्तदाता रगत आवश्यक परेको बेला सम्पर्कमा रहेने गरी तत्काललाई थोरै मात्र रगत निकालिएको अस्पतालले जनाएको छ ।
तीन दिवसीय कार्यक्रम अनुसार जिल्ला स्थित सबै कार्यालयहरूमा साझा दिपावली गरिनुका साथै सबै घरहरूमा दिपावलीका लागि अनुरोध गर्ने पत्रकार महासघं जिल्ला शाखाको समन्वयमा रेडियो संवाद एवम् पत्रिकाहरूमा लेख, रचना प्रकाशन गर्ने, लमजुङ उद्योग वाणिज्य सघंको अगुवाइमा जिल्ला अस्पताल र कारागारमा कैदीबन्दीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम भएको छ ।
यसैगरी डिभिजन वन कार्यालयको समन्व्यमा वृक्षारोपण, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको समन्व्यमा कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतको कार्यक्रम गरिएको छ । फुटसल खेलमैदानमा गरिएको सो प्रतियोगितामा पत्रकारहरूको टिमले कर्मटारी टिमलाई ७– ५ अन्तरले जीत हासिल गरेको हो ।
नेपाल सरकार गृह मन्त्रालयले गरेको परिपत्र बमोजिम गणतन्त्र दिवस मनाउनका लागि जिल्ला समन्वय समिति प्रमुखको संयजकत्वमा जिल्लास्तरीय समिति गठन भएको र सोही समितिले सरोकारवालाहरूसँग छलफल गरि जेठ १४ गतेदेखि १६ गतेसम्मका लागि विभिन्न कार्यक्रम तय गरेको हो ।

प्रकाशित मिति २०८२ जेष्ठ १५, बिहीबार १०:३७ गते
हजुरको प्रतिक्रिया