राष्ट्रिय स्वतन्त्र पार्टी चलयमान हुँदै, संगठन र र्याट विभाग गठन, फोटो फिचर सहित

राष्ट्रिय स्वतन्त्र पार्टी चलयमान हुँदै, संगठन र र्याट विभाग गठन, फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १६ गते शुक्रबार ०६:५७

संगठन विभाग प्रमुखमा जिल्ला सह–सचिव बाबुराम अधिकारी, RAT(Rapid Action Team) विभागको प्रमुखमा रास्वपा सुन्दरबजारका नगर सभापति श्याम केसीलाई सर्बसम्मत चयन गरिएको छ भने सु्न्दरबजार नगरको रिक्त अध्यक्ष पदमा विमल अधिरकारी चयन हुनुभएको छ ।

सत्तासिन पार्टीहरूका मान्छेहरूको काम भनेको पार्टी सभापति रविलाई दबाउने र धन कमाउने भन्दा दोस्रो देखिदैन : धर्म केसी

लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङमा चलायमान हुन थालेको छ । जिल्लामा पार्टीको पहिलो पटक संगठन विभाग तथा RAT(Rapid Action Team) विभाग गठन गरिएसँगै गणतन्त्र दिवसका दिनजेठ १५ गते त्यस्तो संकेत देखिएको हो ।
बेसीशहर स्थित जिल्लाको पार्टी कार्यालयको सभाहलमा आयोजना भएको पार्टीका कार्यकर्ताहरूको भेलाले सो कार्य गरेको हो । भेलाको रास्ववाको संगठन विभागका केन्द्रीय सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसीले घण्टी बजाएर उदघाटन गर्नु भएको थियो । आफ्नो संक्षिप्त उदघाटन मन्तव्यमा उहाँले संगठन बिना पार्टी नबन्ने भएको हुँदा संगठन निर्माणमा जुट्नका लागि उहाँले सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले विपक्षीदलहरूतर्फ संकेत गर्दै भन्नुभयो, ‘रास्वपा उदाएपछि यिनीहरू सुध्रलान्, जनता र राष्ट्रको हितमा काम गर्लान्, सुशासन होला, न्याय मौलाउला भनेको त उल्टो भइरहेको छ, त्यसैले यी सुध्रने लक्षण छैन ।’ उहाँले भिजिट भिसामा लाग्ने खर्च मात्र ५९ हजार रुपैयाँ हो तर हाम्रै साथी रामजी कुमाल एक लाख ६५ हजार रुपैयाँ तिरेर जानु भएको रहेछ, केही दिन अघिमात्र उहाँले त्यो जानकारी दिनु भएको हो भन्नुभयो । उहाँले सत्तासिन पार्टीहरूका मान्छेहरूको काम भनेको पार्टी सभापति रविलाई दबाउनेर धन कमाउने भन्दा दोस्रो देखिदैन भन्ने ठोकुवा गर्नुभयो ।
उहाँले पार्टीलाई दरिलो बनाउनका लागि छिटै जिल्लामा प्रशिक्षण विभाग समेत गठन गरेर काम अघि बढाउने जानकारी दिनुभयो । उहाँले जिल्ला संगठन विभाग र र्याट विभागको काम, कर्तव्य र अधिकारका बारेमा समेत प्रकाश पार्नु भएको थियो ।
नेता केसीले आउँदो असोज मसान्त भित्र वडा अधिवेशन, कार्तिक भित्र पालिका अधिवेश र मंसिर भित्र जिल्ला अधिवेशन सक्नु पर्ने र फागुनमा केन्द्रीय महाधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय समितिले क्यालेण्डर तयारी गरेको जानकारी दिनुभएको थियो ।
संगठन विभाग :
रास्वपाले जिल्ला सह–सचिवलाई पदेन संगठन विभाग प्रमुख तोकेको हुँदा त्यसको जिम्मेवारीमा बाबुराम अधिकारीले स्वतः पाउनु भएको छ । त्यस्तै जिल्ला संगठन विभागको उपप्रमुख निर्वाचित राइनास नगरपालिकाका एकनारायण श्रेष्ठ चयन हुनुभएको छ भने पदेन उपाध्यक्षमा र्याट विभागका प्रमुख श्याम केसी चयन हुनुभएको छ । त्यस्तै, सचिवमा सूर्यबहादुर खत्री चयन हुनुभएको छ ।
यसैगरी सो विभागको सदस्यहरूमा डिल्लीराज पौडेल, शेरबहादुर गुरुङ, काजीबाबु बोहरा, आनन्दराज श्रेष्ठ, ओमबहादुृर गुरुङ र सूर्यबहादुर बुढापृथ्वी चयन हुनुभएको छ । एक पद पछि मनोनित गरिने नवनिर्वाचित विभाग प्रमुख अधिकारीले जानकारी दिनुभएको छ ।
र्याट विभाग :
यसैगरी, जिल्ला RAT(Rapid Action Team) विभागको प्रमुखमा रास्वपा सुन्दरबजारका नगर सभापति श्याम केसीलाई सर्बसम्मत चयन गरिएको छ । सो विभागमा उपप्रमुख बेलबहादुर घिमिरे चयन हुनुभएको छ भने सचिवमा वेदराज थापा, कोष व्यवस्थापनमा हरि बोहरा चयन हुनु भएको छ । त्यस्तै, सो विभागको सदस्यहरूमा खिमबहादुर सुयल, सरोज अधिकारी, किरण सुयल, ललितबहादुर परियार, किरण थापा, बाबुराम सुयल, गणेशबहादुर थापा, कृष्णबहादुर राउत, ज्योतिकुमार पण्डित क्षेत्री, विश्वराज थापा, आनन्द अधिकारी, काजीराम राउत र रामकृष्ण राउत चयन हुनुभएको छ । अन्य सदस्य पछि मनोनित गरिने भएको जिल्ला सदस्य सविता अधिकारीले बताउनु भएको छ ।
जिल्ला समिति बैठक :
साथै आजै ती विभागको गठन पश्चता जिल्ला समितिको बैठक समेत बसेको थियो । सो बैठकमा केन्द्रको निर्देशानका बारेमा संगठन विभागका सदस्य धर्म केसीले जानकारी दिनु भएको थियो । बैठकबाट पार्टीको बाँकी वडा अधिवेशन तथा पालिका अधिवेशनका लागि कार्ययोजना बनाउने निर्णय भएको जिल्ला सदस्य होमबहादुर राउतले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश तथा जिल्ला अन्तर्गत रिक्त पदहरूमा सिफारिस एवम् मनोनित गर्ने काम गरेको छ । जस अन्तर्गत तैमाया गुरुङ प्रदेश समिति सदस्य तथा काजी दुरालाई प्रदेश संगठन विभाग सदस्य सिफारिस गरिएको रास्वपाका अर्का सदीय सविता अधिकारीले बताउनु भयो । यसैगरी, पार्टी विधानमा पदेन बाहेकको पदमा एक व्यक्ति एक पदको अवधारणा रहेको छ । सो अनुसार रास्वपा सुन्दरबजार नगरपालिकाको नगर सभापति विमलप्रसाद अधिकारीलाई मनोनित गरिएको जिल्ला सदस्य मीना खड्काले बताउनु भयो ।
यसैगरी, बैठकले पार्टीको कोष व्यवस्थापनका लागि अबका दिनमा चेकबाट कारोबार गर्ने, कोषका लागि स्रोत पहिचान गरी परिचालन गर्ने, पदाधिकारीहरूको लेवी तोक्ने लगायतका निर्णय गरिएको जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले बताउनु भएको छ । उहाँका अनुसार आजको कार्यक्रम तथा निर्णयले पार्टीलाई थप उर्जा दिने काम गरेको छ ।
सो भेलामा सो पार्टीको प्रदेश समिति सचिवालय सदस्य हरि धिताल, प्रदेश शिक्षा विभाग प्रमुख भरत भण्डारी, नव प्रबर्तन तथा स्टार्टअप विभाग प्रमुख गोबिन्द गुरुङ, जन सम्पर्क विभाग उपप्रमुख लक्ष्मण चिलुवाल, उद्योग तथा बाणिज्य विभाग सदस्य ध्रुब ढकाल, उत्पादन प्रवर्द्धन विभाग सदस्य तीर्थराज बस्नेत, युवा तथा खेलकूद विभाग सदस्य राजु रिमालको सहभागिता थियो । साथै जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, बेसीशहर नगर सभापति कृष्ण राउत, सुन्दरबजार नगरका सभापति श्याम केसी, राइनास नगरका सभापति धनराज गुरुङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष भद्रमोहन थापा, बेसीशहर नगर उपसभापति हरिकृष्ण बुढाथोकी, मर्स्याङदी गाउँपालिकाका सचिव चन्द्रप्रसाद घिमिरेका साथै विभिन्न वडाका अध्यक्ष एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
संगठन विभागका प्रमुख अधिकारी :
संगठन विभागका प्रमुख अधिकारीले पद ग्रहण गर्दै झण्डै दुई तिहाई बहुमतको सरकारको दम्भलाई चिर्नका लागि देश नै घण्टीमय बन्दै गएको छ । अन्यत्रको तुलनमा हामी केही कमजोर हौं कि ? भन्ने भान पनि बेलाबखत हुने गरेको थियो । आजको भेलाले पनि हामी कमजोर छैनौं भन्ने पुष्टि भएको छ । यो क्रमलाई भोलिका दिनमा थप सशक्त बनाउनका लागि आफ्नोतर्फबाट गर्नु पर्ने कुनै पनि योगदानमा कमी हुने छैन भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले एमालेले सम्मान लगायतका प्रलोभन देखाउँदै आफूलाई आफै पनि फकाउन नछाडेको स्मरण गर्दै तपाईहरू वा अन्य यहाँ आउन नसक्नु भएका साथीहरूलाई पनि त्यस्तो गरिएको हुन सक्छ तर आफ्नो आत्माको भावनालाई दबिन नदिई एक पटक देश, नेपाली समाज र सुशासन, न्यायका लागि दृढ संकल्प गर्नु पर्ने बेला आएको छ । पार्टी सँगठन विस्तारमा सबै जुटौं, म आफूले पाएको पदीय जिम्मेवारी र कर्तव्य पुरागर्न सदैव तयार छु उहाँले उल्लेख गर्नुभयो ।
वामपन्थी पृष्ठभूमिका उहाँ लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहनु भएको थियो ।
संक्षेपमा र्याट विभाग प्रमुख केसी :
सुन्दरबजार नगरपालिका– ६ को खत्रीठाँटीमा स्थायी बसोबास गर्नु हुने श्याम केसी सुरुका दिनमा नेपाल प्रहरीमा सेवारत रहनु भई १२ वर्ष असई र सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनु भई २० वर्ष प्रहरी नायव उपरीक्षक(डिएसपी)का रुपमा कार्यरत रहनु भएको थियो । र्याट विभागको प्रमुखमा निर्वाचित भएपछि उहाँले पदीय प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु हुँदै र्याटले गर्ने काम, जिम्मेवारी एवम् दायित्वका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँ रास्वपाको सुन्दरबजार नगर समितिको संस्थापक सभापति समेत रहेर अनुभव हासिल गर्नु भएको छ ।
संक्षेपमा सुन्दरबजार नगरका अध्यक्ष विमल अधिकारी :
नवनियुक्त सुन्दरबजा नगर अध्यक्ष विमल अधिकारी २०३५/३६ सालको विद्यार्थी आन्दोलनदेखिनै वामपन्थी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नु भएको हो । उहाँ चौथो महाधिवेशनको अनेरास्ववियुको विभिन्न पदमा रहनु भएको थियो । पछि माओवादीले सशस्त्र द्वन्द्वका गतिविधि अघि बढाएपछि उहाँ एमालेमा प्रवेश गर्नु भयो ।

उहाँ रास्वपामा आउनु अघि एमालेको नगर सचिवालय सदस्य, बुद्धिजीवी परिषदको प्रदेश सदस्य हुनुहुन्थो । स्थानीय आदर्श बाल माविका सात वर्षको शिक्षण अनुभव सगाल्नु भएका अधिकारी २०४५ सालदेखि कृषि विकास बैंकमा सेवारत हुनुहुन्थ्यो । सुरुका दिनमा ऋण सहायकका रुपमा सो बैंंकमा प्रवेश गर्नु भएका उहाँ पछि ऋण अधिकृत अर्थात प्रमुखको भूमिकामा रहनु भई निवृत्त हुनु भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य उहाँ मातृभूमि क्याम्पसको संस्थापक सदस्य, सयपत्री आमाविको लेखा समितिको संयोजकको भूमिकामा हुनुहुन्छ ।
सो दलको जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति प्रकाश थापाले स्वागत गर्दै कार्यक्रमको उदेश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले नवगठित दुवै विभागको गठन प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । सो कार्यक्रम जिल्ला सचिव रमा खड्काले गर्नु भएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी २४ जनाले पार्टीको सदस्यता लिएको जिल्ला सभापति सापकोटाले जानकारी दिनु भएको छ । नवनिर्वाचित संगठन र र्याट विभागका पदाधिकारी तथा सदस्यहरूलाई उहाँले शपथ खुवाउनु भएको थियो ।

प्रकाशित मिति २०८२ जेष्ठ १६, शुक्रबार ०६:५७ गते
हजुरको प्रतिक्रिया