भू.पू. सैनिक आ.मा.वि. बेसीशहरको पाँच सदस्यीय टोली बेलायत भ्रमणबाट फर्क्यो

भू.पू. सैनिक आ.मा.वि. बेसीशहरको पाँच सदस्यीय टोली बेलायत भ्रमणबाट फर्क्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १६ गते शुक्रबार ०९:०२

कार्यक्रमको उद्देश्य विपरित ध्रुवमा रहेर पनि शिक्षामा उन्नति र विकासको लागि सहकार्य गर्ने, नेपाली विद्यार्थीहरूलाई बेलायतको उत्कृष्ट शिक्षा प्रणालीको अनुभुति गराउने रहेको प्रिन्सिपल गुरुङको भनाइ छ ।

सन् २००३ बाट सुचारू भएको शिक्षक भ्रमण सन् २०१९ देखि विद्यार्थी समेत सहभागी हुन थालेको प्रिन्सिपल विनोद गुरुङले बताउनु भयो ।

लमजुङ– भू.पू. सैनिक आ.मा.वि. बेसीशहरको पाँच सदस्यीय टोली बेलायत भ्रमणबाट फर्केको छ । सो माविका प्रिन्सिपल विनोद गुरुङको नेतृत्वमा चार विद्यार्थी सहितको टोलीले १७ दिने भ्रमण गरेर फर्केको हो ।
भू.पू. सैनिक आ.मा.वि. बेसीशहरले रोयल ग्राम, विद्यालय र टोरमिड स्कूल (गिल्डफोर्ड, बेलायत) सँग सन् २००३ सालदेखि साझेदारी सम्बन्ध कायम गरिरहेको छ । सो सम्बन्ध अनुसार एकापसमा वर्षेनी शैक्षिक भ्रमण आदान प्रदान हुने गर्दछ । सो भ्रमण दलमा प्रिन्सिपल विनोद गुरुङका अतिरिक्त कक्षा– १० का छात्र छात्राहरू जेम्स गुरुङ, जेनिश घले, खुशी श्रेष्ठ, कक्षा– ९ की सप्रिया तामाङ सहभागी थिए ।
सन् २००३ बाट सुचारू भएको शिक्षक भ्रमण सन् २०१९ देखि विद्यार्थी समेत सहभागी हुन थालेको प्रिन्सिपल विनोद गुरुङले बताउनु भयो । उहाँका अनुसार विचमा कोभिडका कारण आपसी भ्रमण रोकिएको थियो । सन् २०२५ मा भएको यो विद्यार्थी सम्मिलित तेस्रो भ्रमण हो । उहाँले भन्नुभयो, ‘निकट भविष्यमा फेरी कार्यक्रमले निरन्तरता पाउने छ ।’
कार्यक्रमको उद्देश्य विपरित ध्रुवमा रहेर पनि शिक्षामा उन्नति र विकासको लागि सहकार्य गर्ने, नेपाली विद्यार्थीहरूलाई बेलायतको उत्कृष्ट शिक्षा प्रणालीको अनुभुति गराउने रहेको प्रिन्सिपल विनोद गुरुङले उल्लेख गर्नुभयो । उहाँका अनुसार वर्षेनी आलोपालो भ्रमणको आदान प्रदान हुने गरेको छ । सो क्रममा बेलायतको जम्बो टोली नेपाल आउने गरेको छ ।
सो अवसरमा रोयल ग्रामर विद्यालय र टोरमिड स्कूलमा कक्षागत अध्ययन÷अवलोकन÷व्यवस्थापनसंग सहकार्य ऋगतिगचब िभहअजबलनभ कार्यक्रम गरिएको थियो । साथै सो क्रममा लण्डन लगायत बेलायतका विभिन्न स्थानमा भ्रमण गरिएको थियो । उक्त अवसरमा तमु धिं यु.के, लमजुङ समाज यु के, नाल्मा परिवार यु.के.बाट नेपाली टोलीलाई स्वागत सम्मान समेत गरिएको थियो । सो क्रममा गोरखा कप– २०२५ अतिथिका रुपमा सत्कार गरिएको थियो ।
प्रिन्सिपल विनोद गुरुङले भन्नुभयो ‘भ्रमणमा जाने विद्यार्थी चयन अन्तर्वार्ता÷शैक्षिक योग्यता÷अनुशासनका आधारमा छनौट गरिएको हो ।’ नेपालमै अन्तराष्ट्रिय रूपमा विद्यार्थी एक्सचेन्ज कार्यक्रम गर्ने मध्येको एक भएको प्रिन्सिपल गुरुङले जानकारी दिनुभयो ।
२०४२ सालमा बेसीशहरको सातवीसेमा स्थापना भएको भूपू सैनिक आमावि नितान्त गैर नाफामुखी रूपमा स्थापना भएको विद्यालय हो । जहाँ उत्कृष्ट पठन पाठन र अतिरिक्त कार्यक्रमको उत्कृष्ट स्थलका रुपमा रहेको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ १६, शुक्रबार ०९:०२ गते
हजुरको प्रतिक्रिया