तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार गरी फरार सूचिमा रहेका व्यक्ति काँग्रेस सभापति देउवासँग भेटघाटमा

तरुण दलको जिल्ला अधिवेशनमा खुकुरी प्रहार गरी फरार सूचिमा रहेका व्यक्ति काँग्रेस सभापति देउवासँग भेटघाटमा

एजेन्सी

@antaranganews

२०८२ जेठ १७ गते शनिवार १०:०६

सो तस्विरमा पार्टी सभापति देउवाको साथमा गण्डकीका अर्थमन्त्रीसमेत रहनु भएका कांग्रेस लमजुङका जिल्ला सभापति डा. टकराज गुरुङ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विधान गुरुङ, सुन्दरबजार नगरपालिका मेयर कृष्ण कोइराला, तरुण दल केन्द्रीय सदस्य बृषराज गुरुङ, नेविसंघ केन्द्रीय सदस्य राजकुमार गुरुङ, तरुण दलका जिल्ला कावा अध्यक्ष भूपेश लगायत रहेको देख्न सकिन्छ ।

सुरुमा प्रहरीबाट जाहेरी लिन मानिएको थिएन, पछि पक्राउ पुर्जी जारी भएर पनि अहिलेसम्म पक्राउ गरिएको छैन, फरार अभियुक्त नै शक्ति केन्द्र धाउँदै हिँडेको देखिएको छ । यसले लोकतन्त्र र कानुनी राज्यको उपहास गरेको अनुभूति गराएको छ सुदिप अधिकारीको भनाइ छ ।

काठमाडौं– तरुण दल लमजुङको पाचौं जिल्ला अधिवेशनमा उत्पन्न विवादका क्रममा चार जनालाई अस्पताल भर्ना हुनुपर्ने गरी खुकुरी प्रहारी गरिएको घट्नाको ज्यान मार्ने उद्योग मु्द्दामा फरार सूचिमा रहेका एक व्यक्ति काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरी सामुहिक फोटो खिच्दै हिडेको उजागर भएको छ । सो फोटो सार्वजनिक भएपछि पीडकहरू नेताहरूकै वरिपरि हिँडिरहेको खबर पाएर पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न चासो नदिएको पीडितहरूले जेठ १७ गते गुनासो गरेका छन् ।
आँखै अगाडि खुकुरी प्रहार हुँदा पनि पक्राउ नगरी छोडिदिएको प्रहरीले तत्काल जाहेरीसमेत लिएन । नेताहरूको दबाबमै जाहेरी दर्ता भयो र खुकुरी हान्ने एक जना पक्राउ परे ।
पीडितहरूले ज्यानै मार्ने उद्देश्यले खुकुरी हान्नेलाई कानुनी कारबाही अगाडि नबढाउन दबाब दिएकै कारण जाहेरी दर्ता भएपछि पनि प्रहरीले अझै चार जना फरार रहेको प्रहरीले बताइरहेको छ । तथापि प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ ।
खुकुरी प्रहार गरेपछि ज्यानमार्ने उद्योगको मुद्दामा प्रहरीको खोजी सूचिमा रहेका तरुण दल लमजुङका कार्यबाहक अध्यक्षसमेत रहेका कुमराशी गुरुङ (भूपेश)ले यहाँ आएर प्रतिनिधि मण्डलका साथ देउवासँग भेटघाट गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । सो तस्वीर तरुण दलका केन्द्रीय सदस्य सरोजबहादुर केसीले सामाजिक सञ्जालमै सार्वजनिक गर्नु भएको हो । जसमा लेखिएको छ, ‘नेपाली कांग्रेसका सभापति, सम्माननीय पूर्वप्रधानमन्त्री आदरणीय दाइ शेरबहादुर देउवासँग नेपाल तरूण दल केन्द्रीय अध्यक्ष आदरणीय दाजु विद्वान गुरुङले नेपाल तरुण दल, लमजुङको पांचौं जिल्ला अधिवेशन र अन्य जिल्ला तरूण दलको विविध विषयमा भेटघाट गर्नुभएको छ ।’ त्यसो त शाहीले फेसबुक पोस्ट इडिट गर्दै भूपेश देखिएको सामूहिक तस्वीर केही समयपछि हटाएको स्थिति छ ।
सो तस्विरमा पार्टी सभापति देउवाको साथमा गण्डकीका अर्थमन्त्रीसमेत रहनु भएका कांग्रेस लमजुङका जिल्ला सभापति डा. टकराज गुरुङ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विधान गुरुङ, सुन्दरबजार नगरपालिका मेयर कृष्ण कोइराला, तरुण दल केन्द्रीय सदस्य बृषराज गुरुङ, नेविसंघ केन्द्रीय सदस्य राजकुमार गुरुङ, तरुण दलका जिल्ला कावा अध्यक्ष भूपेश लगायत रहेको देख्न सकिन्छ ।
ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएकाहरूमा मस्र्याङ्दी गाउँपालिका– ५ का दलको कावा जिल्ला अध्यक्ष समेत रहेका कुमराशी गुरुङ (भूपेश) र सोही पालिकाका होमराज घले, मध्यनेपाल नगरपालिका– ७ का धनबहादुर तामाङ, राइनास नगरपालिका– ६ का गणेश गुरुङ रहेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार सो काण्डमा मुद्दा दर्ता भइका मध्यनेपाल नगरपालिका– ७ का किरण गुरुङलाई प्रहरीले पक्राउ गरी सातदिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको स्थिति छ । किरण गुरुङलाई प्रहरीले १५ गते प्रक्राउ गरेको थियो ।
संस्थापनइतरका लमजुङ काँग्रेसका पूर्व सभापतिसमेत रहनु भएका भेषबहादुर पौडेल समूहले दलको अधिवेशनमा वैधानिकता माथि नै प्रश्न उठाए, उनीहरूले आफूलाई निषेध गरेर अधिवेशन गरिएको भन्दै नाराबाजी गरेपछि उनीहरू उपर खुकुरी प्रहार गरिएको फोटो/भिडियो सामाजिक सञ्चाल हुँदै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।
पाठकवर्गलाई थाहै छ, काँग्रेस दलभित्र नेताहरूको गुटबन्दी चर्को छ । पार्टी संगठन भन्दा पनि नेताहरूको गुट कुन बलियो हुनु पर्छ भन्ने सोचले पार्टी कब्जा गर्ने नियतका साथ भातृसंगठनका जिल्ला अधिवेशन हुन थालेपछि आपसमा प्रतिशोध साँध्नका लागिएपछि त्यस्तो घटना घटेको हो भन्ने आम बुझाइ छ । लोकतन्त्रमा बिचार र कलम बीचको लडाई हुने कि खुकुरी लगायतका हतियार को ? यस्ता गतिविधिले के कस्तो संस्कार बसाउने सोचमा नेताहरू लागेका हुन् ? आम नागरिकको प्रश्न छ ।
त्यसमा पनि फरार सूचिमा रहेका अभियुक्तलाई साथमा लिएर पार्टीको जिल्ला सभापति तथा प्रदेशको अर्थमन्त्री रहेका व्यक्ति डा. टकराज गुरुङ आफै सभापति देउवासमक्ष पुगेको देख्दा सच्चा लोकतन्त्रवादीका मनमा झस्का पस्न थालेको आम बुझाइ छ ।
यस्तो दृश्यले आफूलाई झन् पीडित बनाएको सर्वाधिक पीडित रहनु भएका घाइते सुदीप अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेरो ज्यान मार्ने नियतले नै प्रहार भएको थियो भन्ने घट्ना विवरणबाट पनि पुष्टि हुन्छ ।’
सुरुमा प्रहरीबाट जाहेरी लिन मानिएको थिएन, पछि पक्राउ पुर्जी जारी भएर पनि अहिलेसम्म पक्राउ गरिएको छैन, फरार अभियुक्त नै शक्ति केन्द्र धाउँदै हिँडेको देखिएको छ । यसले लोकतन्त्र र कानुनी राज्यको उपहास गरेको अनुभूति गराएको छ सुदिप अधिकारीको भनाइ छ ।
जेठ ३ गते तरुण दल लमजुङको अधिवेशनका क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी, नगरपालिका– ९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।
स्मरणीय छ, चौतर्फी दबाबपछि घटना भएको पाचौं दिन अर्थात ७ गतेमात्र जाहेरी दर्ता गरेर ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति २०८२ जेष्ठ १७, शनिबार २२:०६ गते
हजुरको प्रतिक्रिया