बुङकोट, गोरखामा एक दिने बाटेको धुप बनाउने तालिम समापन

बुङकोट, गोरखामा एक दिने बाटेको धुप बनाउने तालिम समापन

प्रमोद अधिकारी

@antaranganews

२०८२ जेठ १८ गते आईतबार ०९:३९

शहीद लखनगाउँपालिका– ७ का वडा अध्यक्ष शरण श्रेष्ठले संस्थाले समाजमा लगानी गर्न, बचत गर्न सिकाउनुका साथै समाज विभिन्न किसिमका सामजिक कामहरू गर्न सहयोग गरेको बताउनु भयो । संस्थाले विभिन्न किसिमको सीपमुलक कार्यक्रमहरू गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

आगामी दिनमा यस क्षेत्रका सदस्यहरूलाई लाभान्वित हुने खालका कार्यक्तम ल्याउने तथा सामाजिक उत्तरदयित्वका बिषयमा सहयोग गर्न माग गरिएको छ ।

बुङकोट(गोरखा)– ग्लोबल आइएकइ लघुबित्तीय संस्था लिमिटेड शाखा कार्यलय बुङकोटद्वारा यहाँ सञ्चालन गरिएको एक दिने बाटेको धुप बनाउने तालिमको समापन गरिएको छ । ग्लोबल आइएमइ लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यलय बुङकोट गोरखाले एक दिने बाटेको धुप बनाउने तालिम जेठ १७ गते सञ्चालन गरेको हो ।
कार्यक्रममा शहीद लखनगाउँपालिका– ७ का वडा अध्यक्ष शरण श्रेष्ठले संस्थाले समाजमा लगानी गर्न, बचत गर्न सिकाउनुका साथै समाज विभिन्न किसिमका सामजिक कामहरू गर्न सहयोग गरेको बताउनु भयो । संस्थाले विभिन्न किसिमको सीपमुलक कार्यक्रमहरू गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । यसका साथै संस्थाले आगामी दिनमा यस क्षेत्रका सदस्यहरूलाई लाभान्वित हुने खालका कार्यक्तम ल्याउने तथा सामाजिक उत्तरदयित्वका बिषयमा सहयोग गर्न अनुरोध समेत गर्नु भयो । कार्यक्रममा शाखाका शाखा प्रमुख बि.क.ले स्वागत मन्तव्य राख्दै संस्थाबाट प्रवाह हुने सेबा सुविधाका बारेमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा शहीद लखन गाउँपालिका– ७ का वडा सदस्य डिलबहादुर गरञ्ज, खब्दिभञ्ज्यङ टोल विकास समितिका अध्यक्ष जितबहादुर बि.क. तथा शाखाका कर्मचारीहरू लगयत ७५ जना सहभागिता रहेको थियो । तालिममा विभिन्न समूहका महिला प्रतिनिधिहरूले भाग लिएका थिए ।
बुङकोट शाखाको केन्द्र नं. ०२१ कि सदस्य बिमल अंगाइले सभाको अध्यक्षता गर्नु भएको कार्यक्रमको सञ्चलन सुजन परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ जेष्ठ १८, आईतवार २१:३९ गते
हजुरको प्रतिक्रिया