मर्स्याङदी वाड्मय प्रतिष्ठानका अध्यक्ष न्यौपानेद्वारा अधिकारीप्रति शोक व्यक्त

मर्स्याङदी वाड्मय प्रतिष्ठानका अध्यक्ष न्यौपानेद्वारा अधिकारीप्रति शोक व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ १९ गते सोमबार ०८:४८

वीमा संस्थानको नायव व्यवस्थापकका रुपमा निवृत्त अधिकारीले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनु भएको थियो ।

७१ वर्षीय अधिकारीको गए राती हृदयघाट भई टोखा नगरपालिका– १० मैंजुहिटी स्थित घरमै निधन भएको थियो ।

काठमाडौं– मर्स्याङदी वाड्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीको निधनप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्नु भएको छ । उहाँले एक शोक वक्तव्य राजी गर्दै स्व. अधिकारीप्रति श्रद्धाञ्जली सहित आमाको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदन जेठ १९ गते व्यक्त गर्नु भएको हो ।
७१ वर्षीय अधिकारीको गए राती हृदयघाट भई टोखा नगरपालिका– १० मैंजुहिटी स्थित घरमै निधन भएको थियो । तर पनि परिवारको आशाले उपचारका लागि अस्पताल पु¥याउनासाथ चिकित्सकले अधिकारी यो संसारमा नरहेको जानकारी दिएका थिए ।
वीमा संस्थानको नायव व्यवस्थापकका रुपमा निवृत्त अधिकारीले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनु भएको थियो ।
शोक वक्तव्यको पूर्ण विवरण :
यस मस्र्याङ्दी वाड्मय प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीको हिजो २०८२ जेठ १८ गते बेलुकी १०.१० मा अकल्पनीय र अप्रत्यासित रूपले दुःखद निधन हुन गएकोमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान परिवार नै मर्माहत हुन पुगेको छ । यस शोकमय घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको लागि कामना गर्दछौं । यस दुःखद घडीमा उहाँकी धर्मपत्नी शशिकला, छोरी ज्वाईंहरू कविता÷दीपेस प्याकुरेल, सविता÷सुरज गौतम, विनीता÷सुव्रत सुवेदी, छोरा बुहारीः नृपेस अधिकारी÷सन्ध्या ढकाल तथा नाति नातिनाहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
एक सहृदयी, मिष्ठभाषी, मिलनसार मित्रलाई गुमाउँदा हामीमा असीम पीडाको महसुस भइरहेको छ तापनि जीवनपछि मृत्युको वास्तविकतालाई बुझेर समालिनु परेको छ । उहाँका छोरा बुहारी बाहिर अमेरिका भएकाले उनीहरूको प्रतीक्षा भइरहेको छ ।
उहाँ सामाखुसी साहित्य समाजको २०६० सालदेखि अविछिन्न रूपले अध्यक्ष रहँदै आउनुभएको थियो । उहाँका महाकाव्य, खण्डकाव्य, कविता संग्रह, निबन्ध, उपन्यास, बालकविता र बालकथाहरू गरेर डेड दर्जन कृतिहरू प्रकाशमा आएका छन् भने उहाँ विभिन्न पुरस्कारबाट सम्मानीत पनि हुनुहुन्थ्यो ।
लमजुङ, दुराडाँडाबाट उहाँ काठमाडौं बसाई सरी आएपछि हालै टोखा नगरपालिका– १० मैंजुहिटीमा बस्दै आउनुभएको थियो ।
उहाँका एक भाइ र तीन दिदी बहिनीहरू हुनुहुन्छ ।

प्रकाशित मिति २०८२ जेष्ठ १९, सोमबार २०:४८ गते
हजुरको प्रतिक्रिया