कोटिहोममा भागवत मञ्जरी राधिका दासी गुरुङ्सेनी पोशाकमा

कोटिहोममा भागवत मञ्जरी राधिका दासी गुरुङ्सेनी पोशाकमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २० गते मङ्गलबार ०२:१०

काठमाडौँबाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्वस्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रदेखि जिल्ला तहका नेता÷कार्यकर्ताहरूले कोटिहोम दर्शन गरेका थिए ।

कोटिहोममा डा. तोसिमा कार्की समुपस्थिति, सो अवसरमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी पहिलो हुनुभयो ।

पोखरा– पोखरामा जारी गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोशाकमा सजिएर मण्डपमा उत्रिनु भएको छ । कोटिहोममा कथा वाचनका क्रममा भागवत मञ्जरी राधिका दासी गुरुङसेकी पोशाकमा सजिएर कथा वाचन कर्ममा जेठ १९ गते प्रस्तुत हुनुभएको हो ।
राधिका दासीले आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने रहने गरेको उल्लेख गर्दै उहाँले गुरुङ समुदायको पहिरनमा कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ । उहाँले भन्नुभयो, ‘त्यसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गर्नुभयो । उहाँ मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पाण्डलमा उत्रनु भएको थियो ।
कोटिहोममा पूर्वस्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्की :
काठमाडौँबाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्वस्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंसा गर्नु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेतृ उहाँले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठूलो मद्दत मिल्ने आशा व्यक्त गनुृभयो । उहाँसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रदेखि जिल्ला तहका नेता÷कार्यकर्ताहरूले कोटिहोम दर्शन गरेका थिए ।
कोटिहोममा भवानी आमा समूह पोखरा– ८ बाट २७ हजार ५ सय ५५, चन्द्र सुर्य टोल विकास संस्था पोखरा– १७ बाट २५ हजार १ सय, सविता खत्री क्षेत्री पोखरा– १७ बाट २५ हजार, निलम गुरुङ सपरिवार पोखरा– १७ बाट २५ हजार ५, रामबहादुर खाँड ठकुरी पोखरा– ८ बाट २५ हजार १ सय ५५, अनिता कुमारी शर्मा पोख्रेल पोखरा– १७ बाट २५ हजार, शोभा महत पोखरा– ८ बाट २५ हजार ६ सय ५, झपटबहादुर केसी, डिल्लीराम अधिकारी माछापुच्छे– ४ बाट २५ हजार, मानव मिलन नारी जागरण नेपाल पोखराबाट २५ हजार १ सय, हरिराज कोइराला पोखरा– ६ बाट २५ हजार १ सय ५, हरिराम देवकोटा पोखरा– १७ बाट २५ हजार १ सय ५ तथा नारी परोपकार केन्द्र पोखरा– ८ बाट २५ हजार १ सय १५ सहयोग प्राप्त भएको छ ।
महायज्ञ उत्तरार्धतर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो रहेको महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार यतिवेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति घटेको छैन ।
सुरुको अवस्थामा केही विरोधका आवाज आए पनि कोटिहोममा भक्तजनको उपस्थिति देखेर धेरैले सामाजिक सञ्जालमा कोटिहोमको खुलेरै तारिफ गर्ने गरेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार कोटिहोममा लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र चर्चित लोक दोहोरी गायिका टिका सानुले भजन प्रस्तुत गरी भक्तजन र अतिथिलाई छमछम नचाएका थिए ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहनु भएको छ । उहाँले जेठ २६ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन् । कोटिहोममा रक्तदान जारी छ भने देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेका छन् ।
यसैगरी, कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।
रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर–परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले बताउनु भयो ।
राष्ट्रव्यापी वक्तृत्वकलामा तनहुँका विशाल भण्डारी पहिलो :
यसैबीच, जारी कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी पहिलो हुनु भएको छ । उहाँले ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार पाउनु भएको छ । उहाँले प्रतियोगिताको तीन सय पूर्णंकमा दुई सय २६ अंक प्राप्त गर्नु भएको हो । पर्वतको मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल दोस्रो भएर ४१ हजार एक सय ४१, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तेस्रो भई ३१ हजार एक सय ३१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको संयोजक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पौडेलले दुई सय २५ र कार्कीले दुई सय १२ अंक प्राप्त गरेका थिए ।
उहाँले भन्नुभयो, ‘कुश्मा पर्वतस्थित नमूना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रीत्तिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै २१ हजार एक सय २१ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।’
यसैगरी, बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावनासिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङले प्रतियोगितामा सहभागिता जनाएर जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको उल्लेख गर्नुभयो ।
‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा सहभागीले आआफ्नोतर्क प्रस्तुत गरेका थिए । सो प्रतियोगिता जेठ ११ गतेदेखि शुरु भएको हो । प्रतियोगितामा ९० जनाले प्रतिस्पर्धा गरेका थिए । कोटीहोम हेर्न र वक्तृत्वकलामा सहभागीका तर्क सुन्न पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा. तुलसी प्रभास, निर्णायकमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यौपाने हुनुहुन्थ्यो ।
गत चैत १६ गतेदेखि शुरु भएको कोटीहोममा हालसम्म लाखौँ भक्तजन सहभागी भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार कोटीहोममा देशभरबाट भक्तजन आएका छन् ।
भारतमा महत्वपूर्ण कार्यक्रम छोडेर उनी दोस्रो पटक कोटीहोममा सहभागी भएकी हुन् । उनले यसलाई ‘नेपालीको माया, पोखरेलीको माया’ भन्दै आएकी छन् ।
उनी यही जेठ १६ गते कोटीहोमबाट बिदा हुँदैछिन् । त्यसलगत्तै भागवत मञ्जरी राधिका दासी आउदैछिन् । उनी आउने खबरले भक्तजन उत्साहित भएको संयोजक ढकालले जानकारी दिए ।
देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् । कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।
यस्तै, हरेक दिन चार सय बढी ब्राम्हणले भगवानको नाममा आहुति गर्ने गरेका छन् भने हवन कुण्डका लागि जौ, तिल, घीउलगायतका हवन सामग्री दान गर्ने, हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो ।
पोखरा– १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भएको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति २०८२ जेष्ठ २०, मंगलवार १४:१० गते
हजुरको प्रतिक्रिया