लमजुङ लोकतारा एकल गायन प्रतियोगिता– २०८२ को टप आठको नतिजा प्राप्त

लमजुङ लोकतारा एकल गायन प्रतियोगिता– २०८२ को टप आठको नतिजा प्राप्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २४ गते शनिवार ०७:५४

प्रतियोगिताको टप आठमा पर्नेहरूमा जेनिशा सुनार, जितेन्द्र तामाङ, युगेश परियार, विशाल सुनार, हस्त सेञ्चुरी, आशमाया विक, रोजित गुरुङ र मुना गुरुङ हुनुहुन्छ ।

सो अवसरमा प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने संघसंस्थाहरू तथा व्यक्तित्वहरूलाई आयोजकद्वारा कदरपत्रबाट सम्मान गरिएको थियो ।

बेसीशहर– यहाँ आयोजना गरिएको लमजुङ लोकतारा एकल गायन प्रतियोगिता– २०८२ को टप आठको नतिजा प्राप्त भएको छ । अब आठ जना बिचको प्रतियोगितालाई अन्तिम चरणको मानिने भएको छ । सो नतिजा  जेठ २४ गते साँझ ७ः३० बजे नतिजा घोषणा गरिएको हो ।
सो नतिजा घोषणा हुँदा ९ बज्ने आंकलन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको जिल्ला शाखा लमजुङले सो प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको टप आठमा पर्नेहरूमा जेनिशा सुनार, जितेन्द्र तामाङ, युगेश परियार, विशाल सुनार, हस्त सेञ्चुरी, आशमाया विक, रोजित गुरुङ र मुना गुरुङ हुनुहुन्छ ।
प्रतियोगिताको निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव शंकर विरही गुरुङ, सांगठनिक सहसचिव तारानाथ आचार्य लगायत रहनु भएको छ ।
सो प्रतियोगिताको उदघाटन गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापा मगर आउनु भएको थियो । उहाँले भावनात्मक रुपमा उत्प्रेरक मन्तव्य दिनु भएको थियो । साथै गीत गाएर आफू मात्र नाच्नु भएन, आयोगक र दर्शकहरूलाईसमेत नचाउने समेत गर्नुभएको थियो । अध्यक्ष थापाले आफ्नो बहुचर्चित गीत ‘हे आमा ! जाउँ भन्यो मलाई ! कस्ले पल्टने लाहुरेले’ बोलको गीत गाउने र नाच्ने गरकी आयोजक र दर्शकलाई समेत नचाएर मनोरञ्जन दिनु भएको थियो ।
सो अवसरमा प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने संघसंस्थाहरू तथा व्यक्तित्वहरूलाई आयोजकद्वारा कदरपत्रबाट सम्मान गरिएको थियो ।
ठाडोभाका समेत प्रस्तुत :
सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य एवम् ठाडोभाकाका उदीयमान गायक नवीन बराल र आयोजक प्रतिष्ठानका द्वितीय उपाध्यक्ष पुजा परियार शेर्पाले ठाडोभाकाको प्रस्तुति गर्नु भएको थियो भने उहाँहरूलाई प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, कार्यकारी सदस्य सुधा ढकाल तथा वरिष्ठ लोकगायिका माया गुरुङ आदिले गीत छोप्न साथ दिनु भएको थियो भने प्रतिष्ठानका आजीवन सदस्य चित्र दुराले बाध्यवादनमा सहयोग गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ जेष्ठ २४, शनिबार १९:५४ गते
हजुरको प्रतिक्रिया