प्रदेश अस्पताल लमजुङका डाक्टरको लापरवाहीले आफ्नो ज्यान जोखिममा परेको एक विरामीको दावी

प्रदेश अस्पताल लमजुङका डाक्टरको लापरवाहीले आफ्नो ज्यान जोखिममा परेको एक विरामीको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २५ गते आईतबार ११:००

विरामी दिलबहादुरका अनुसार : पिसवघर पाकेर, प्ल्यात्तै भएको छ, डाक्टरहरूको १५, १६ जनाको टोलीले फोटो खिचेर लग्नु भएको छ । उहाँले भन्नुभयो, ‘पिसावबाट पिप र रगत मिसिएर आउने गरेको छ ।’

हाम्रो देशमा पहिले नै कुन औषधिले साइडइफेक्ट गर्छ गर्दैन भनेर जाँच्ने प्रचलन छैन ।

लमजुङ– जिल्ला सदरमुकाम स्थित प्रदेश अस्पताल लमजुङमा डाक्टरको लापरवाहीले आफ्नो ज्यान जोखिममा परेको एक विरामीले दावी गर्नु भएको छ । त्यस्तो दावी गर्नु हुनेमा बेसीशहर नगरपालिका– ९ को डिहीथोक गाउँ निवासी ५८ वर्षीय दिलबहादुर दमाई हुनुहुन्छ ।
उहाँले आफूलाई प्रदेश अस्पतालका डा. सबिना गुरुङले सुरुमा पहिलो दिन जेठ १९ गते जाँच गरी औषधि लेखी दिनु भएको हो र त्यो औषधि खाएपछि रियाक्सन भएको बताउनुभयो । उहाँका अनुसार सुरुमा ग्यासटिकको समस्या थियो, कोखा दुखेर जचाउन गएको थिएँ । देब्रे पातोका हल्का पत्थरी छ भन्ने कुरा भयो । २४ सय रुपैयाँको माछाको तेल जस्तो औषधि बाहिर किन्नु् पर्यो, त्यो किनेर घरमा गएर साँझमा एक मात्रा खानासाथ मेरो शरिर चिलाउन, पोल्न थाल्यो । केही क्षणमा मुटु काम्न थाल्यो, ज्वरो आयो, ४, ५ वटा सिरक खप्टेर सुत्नु पर्ने भयो । भोलिपल्ट जेठ २० गते काममा जानु पर्ने थियो, तर काममा जान सकिन । त्यो दिनमा त्यत्तिकै बित्यो । मलाई ठीक भएन । भोलिपल्ट अस्पताल जाँदा डा. मनु देवकोटा हुनुहुदो रहेछ । उहाँले केही औषधि फेरि दिनु भयो तर काम भएन डिलबहादुरले जानकारी दिनु भयो ।
त्यसको भोलिपल्ट अस्पताल जाँदा मलाई पहिलो दिनमा जाच्ने डाक्टर सबिना गुरुङकै पालो रहेछ । उहाँले रिफर गर्नु भएर सिएमसि भरतपुरमा आएको हुँ दिलबहादुर दमाईले भन्नुभयो । उहाँका अनुसार आज जेठ २५ गते साँझ पनि पैतला पोलेर चप्लल लगाउन पनि हुन्न । पिसवघर पाकेर, प्ल्यात्तै भएको छ, डाक्टरहरूको १५, १६ जनाको टोलीले फोटो खिचेर लग्नु भएको छ । उहाँले भन्नुभयो, ‘पिसावबाट पिप र रगत मिसिएर आउने गरेको छ, मेरो गोडा सहितका शरीरको विभिन्न भागमा तातोपानीले पोलेको फोका जस्तो उठेको छ, मृर्गौलामा समेत असर गरेको डाक्टरले भनेका छन् ।’ यहाँका डाक्टर टोलीले पनि औषधिकै रियाक्सन हो भन्नु भएको छ । खास रिपोर्ट भोलि आउने कुरा छ कस्तो आउने हो ? उहाँले सुनाउनु भयो ।
तपाई खतरा मुक्त हुनु भएको छ नि ? भन्ने जिज्ञासामा ‘खै ! यसै होला भन्न सक्ने स्थितिमा छैन’ दिलबहादुरले बताउनु भयो ।
यसबारेमा प्रजिअ माधवप्रसाद पोख्रेलसँग सम्पर्क गर्दा उहाँले मसँग भन्दा पनि प्रदेश अस्पतालका प्रमुख शिशिर देवकोटासँग बुझ्नु होला, मैले पनि उहाँसँगै कुरा गर्ने हो भन्न्ुभयो ।
शिशिर देवकोटासँग सम्पर्क गर्दा उहाँले डाक्टरले एण्टीबायोटिक चलाउनु भएको देखियो, आज पनि ५०– ६० जनालाई त्यही औषधि चलाएको छ, सबैमा साइड इफेक्ट हुन्न, कसैकोमा देखिन्छ, कसैकोमा देखिदैन भन्नुभयो । उहाँका अनुसार हाम्रो देशमा पहिले नै कुन औषधिले साइडइफेक्ट गर्छ गर्दैन भनेर जाँच्ने प्रचलन छैन । औषधि प्रयोग गर्दा खराब नतिजा आयो भनेमात्र हामी त्यसको नोट गरेर मेडिकल काउन्सिलमा पठाउँछौं र त्यस्तो औषधि नचलाउने नीति रहेको छ उहाँले भन्नुभयो ।
म पनि बुझ्दै छु, सिएमसिको सम्पर्कमा छु मेसु देवकोटाले बताउनु भयो । उहाँका अनुसार यो कुरा बिराम वा उहाँका आफन्तले भन्न भन्दा पनि हामीभन्दा माथिल्लो निकाय, त्यही सिएमसिकै सरहरूले पनि भन्न सक्नु हुन्छ कस्को गल्ती हो भनेर ? डाक्टरको गल्ती देखियो भने हामी कारवाहीका लागि तत्कालै सिफारिस गर्छौं, बाहिरका हल्लामा विश्वास गर्न भन्दा पत्रकारहरूले पनि सिएमसिकै सिनियर सरहरूसँग सम्पर्क गरेर यथार्थता बाहिर ल्याइदिनु भएमा बेस हुनेछ उहाँले भन्नुभयो । उहाँले सिएमसिका इमर्जेन्सीका प्रमुखसँग सम्पर्क गर्न सल्लाह दिनुभयो ।
सिएमसिको इमर्जेन्सीका प्रमुखसँग सम्पर्कको प्रयास गर्दा फोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति २०८२ जेष्ठ २५, आईतवार २३:०० गते
हजुरको प्रतिक्रिया