भोटेओडार (लमजुङ)– यहाँ स्थित भक्ति नमुना माध्यामिक विद्यालयले ‘गुड भक्ति नमुना स्ट्र«ङ भक्ति’ नमुना कार्यक्रम सुरू गरेको छ । सो विद्यालयका पूर्व अध्यक्ष तथा पूर्व सहायक प्रधानाध्यापक हरिप्रसाद अधिकारीको जेठ २५ गते परेको ७९ औँ जन्मदिवसमा उक्त कार्यक्रम घोषणा गरेको हो । यस कार्यक्रम अन्तर्गत जम्मा भएको कोषबाट विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।
सो कार्यक्रमलाई सफल बनाउन अधिकारीबाट १० हजार रूपैयाँ कोष जम्मा गरेर शुरुवात गर्नुभएको छ ।
विगत लामो समयसम्म भक्ति नमुना माविमा अध्यापन गराउनु भएकाले अधिकारी यहाँ बसोवास गर्ने धेरैका गुरू हुनुहुन्छ । भोटेओडार सुन्दरबजार नगर विकास समितिका अध्यक्ष समेत रहनु भएका उहाँ शिक्षण पेशाबाट निवृत्त भए पश्चात उक्त विद्यालयको व्यवस्थापन समितिको सर्वसहमत अध्यक्ष भएर विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिमा सहयोग गर्नुभएको थियो ।
सामाजिक कार्यमा सक्रिय अधिकारीले भोटेओडारमा सञ्चारमाध्यमको आवश्यकता देखेर रेडियो भोटेओडारको अध्यक्ष बनेर स्रोतालाई सूचना तथा सञ्चार उपलब्ध गराउन ठूूलो योगदान पु¥याउनु भएको छ ।
नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य एवं विद्यालयका पूर्व विद्यार्थी मायानाथ अधिकारीबाट सो कार्यक्रमका लागि १० हजार रुपैयाँ कोषमा जम्मा भएको शिक्षक थकित यात्री अधिकारीले बताउनु भयो ।
विद्यालय र समुदायसँगको सहकार्यमा देश विदेशमा रहेका पूर्व विद्यार्थी, शिक्षक, शिक्षाप्रेमीहरूसँग सम्बन्ध कायम गर्ने र यो कार्यक्रमलाई सफल बनाउने विद्यालयले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य मिरा घिमिरे, रिता अधिकारी, सहायक प्रधानाध्यापक ओम भुजेल, शिक्षकहरु लगायतको आतिथ्यता रहेको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ २७, मंगलवार ०८:४४ गते