कोटिहोममा पुजीत कलश वितरण सुरू : फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

कोटिहोममा पुजीत कलश वितरण सुरू : फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २७ गते मङ्गलबार ०८:४१

यज्ञको पूर्णाहुति गर्न आउनुभएको काली बाबाले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ संम्राटको उपमा दिनुभएको छ ।

कोटिहोममा पूर्णाहुति सम्पन्न, आठ सय आठ जनाद्वारा रक्तदान

पोखरा । विराट महायज्ञमा पुजीएका कलशहरू भक्तजनलाई वितरण सुरू गरिएको छ । महायज्ञको अन्तिम पाँचौं दिन आज जेठ २७ गते सो कार्य प्रारम्भ गरिएको हो । उक्त कलशहरू लिनका लागि भक्तजनको भिड लागेको छ ।
यस समाचार तयार गर्दासम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गत महिना वैशाख १६ गते पोखरामा गंगाको जल सहित निकालिएको विशाल कलश यात्रा यज्ञ स्थलमा राखि वितरण गरिएको हो । यज्ञमा विधिपूर्वक पुजा सकिएपछि भक्तजनलाई जल सहितको कलश वितरण गरिएको कलश यात्रा संयोजक दुर्गा कसीले बताउनु भयो । उक्त अवसरमा कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो । आज नै कोटिहोममा जल सहितको कलश लैजाने भक्तजनको भिड लागेको थियो ।
कोटिहोममा आज महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सहभागी भक्तजनलाई कोटिहोमको प्रसाद स्वरूप नरिवल र स्याउ वितरण गर्नुभएको थियो । उहाँको अनुसार कोटिहोममको समापनका दिन ३१ गते सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गर्ने कार्यक्रम छ ।
यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर भोलि देखि भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँको अनुसार १ सय रुपैया तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।
कोटिहोममा माधव प्रसाद कडेल, अन्जु कुमारी कडेल पोखरा– ३३ बाट २५ हजार ५ सय ५५, सुर्य प्रसाद पौडेल विष्णु कुमारी पौडेल पोखरा १७ बाट २५ हजार १ सय २५, रुपैया सहयोग प्रदान गर्नु भएको थियो ।
यसैगरी कोटिहोममा जारी रक्तदान कार्यक्रममा आज सम्म आठ सय आठ जनाले रक्तदान गरिसक्नु भएको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिनुभयो । गत वैशाख २० गते बाट शुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गते सम्म जारी रहने उहाँले जानकारी दिनुभयो ।
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ २६ गते यज्ञको पूर्णाहुतिको समापन गरिएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गर्नु भएको हो । पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ प्रस्याड् निवासी गंगा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गनर््ु ुभएको छ । त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने उहाँले बताउनु भयो ।
अमेरिकामा रहनु भएका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘यज्ञको पूर्णाहुति कसबाट गर्ने भन्ने भएको थियो, समय छोटो थियो तर यति लामो यात्रा गरेर यज्ञ पूर्णाहुति गर्न आउनुभयो उहाँ प्रति आभारी छौ ।’
यज्ञको पूर्णाहुति गर्न आउनुभएको काली बाबाले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ संम्राटको उपमा दिनुभएको छ । उहाँले भन्नुभयो ‘यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ त्यो हिम्मत साथ बालयोगेश्वर गुरूले गर्नुभयो ।’ उहाँले थप भन्नुभयो ‘यज्ञ संम्राट यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटि कोटि नमन गर्दछु ।’
यज्ञको पूर्णाहुति गरिएसँगै होम लगायतका पाठ परायणका सम्पूर्ण कार्य समापन भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनु दिनुभयो । उहाँका अनुसार कोटीहोममा सहभागी भएका चार सय बढी ब्राम्हणलाई पनि सम्मानका साथ नै बिदाइ गरिएको छ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य सम्पूर्ण कर्म पनि समापन भएका छन् ।
गत महिना वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुती प्रदान गरी सुरू भएको हवन कुण्डको जेठ २६ गते पूर्णाहुति गरिएको हो ।
हवन कुण्डमा ३÷३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गर्नुभएको थियो । कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणहरूले पाठ गर्नुभएको थियो । सो अवसरमा महायज्ञको विधिवत पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गरिएको थियो ।
भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहनु भएको छ । उहाँले जेठ ३१ सम्म कथा वाचन गर्नुहुने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिनुभयो ।
महायज्ञ सुरू गर्दा जेठ २६ गते समापन गरिने योजना थियो, पछि पाँच दिन थप गरि कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुने मानव सेवा फाउन्डेसनले जनाएको छ । । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ २७, मंगलवार २०:४१ गते
हजुरको प्रतिक्रिया