रामबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मध्य नेपाल नगरपालिकामा संगठन विस्तार गरिएको छ । सो नगरपालिका– ७ मा वडा तदर्थ समिति गठन भएसँगै त्यस्तो संकेत देखिएको हो । यहाँ स्थित ईशानेश्वर मन्दिर परिसरमा रहेको गणेश स्थानमा सो दलका कार्यकर्ताको भेलाले मणिराम विकलाई जेठ ३१ गते वडा सभापति चयन गरेको हो ।
भेलाले सर्बसम्मत रुपमा वडा सभापति पदमा मणिराम विश्वकर्मालाई चयन गरेकोछ भने उपसभापतिमा विलबहादुर गुरूङ तथा सचिवमा अन्जना गुरूङलाई चयन गरेको छ ।
यसैगरी, सो समितिको सदस्यहरूमा नारायणदत्त घिमिरे, विलबहादुर वि.क., कर्णबहादुर के.सी., सोमबहादुर सुनार, रूद्रप्रसाद घिमिरेलाई चयन गरेको छ ।
सो भेला रास्वपाका जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा भएको थियो । उहाँले भेलाको समापन मन्तव्य व्यक्त गर्नु हुँदै भेलामा आउने सबै र विविध कारणले आउन नसक्नेहरूलाई पनि धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले आजको भेलाको उपस्थितिले रास्वपा अबका दिनमा मध्यनेपालमा पनि कमजोर छैन भन्ने सन्देश दिन सफल भएको उल्लेख गर्नुभयो । उहाँले यो उत्साह, जाँगर र प्रतिवद्धता ०८४ सम्म कायम रहोस् भन्नुभयो ।
यसैगरी, भेलामा सो दलको गण्डकी प्रदेश सचिवलाय सदस्य हरि धितालले रास्वपामा विभिन्न पार्टी छाडेर आएकाहरू जोडिएका छौं, यो सत्य हो भन्दै २०६४ सालमा माओवादीलाई सहयोग गर्नेहरू पनि काँग्रेस, एमाले, राप्रपा लगायतका दलका व्यक्तिहरू नै भएजस्तै ऐले रास्वपाका प्रति त्यस्तै जनलहर उत्पन्न भएको छ भन्नुभयो । उहाँले रास्वपालाई चौतर्फी नाकाबन्दी गरिएको भएता पनि जुन सचेतना फैलाउने काम भएकोछ, प्रसंशनीय छ भन्दै यसले मिसन ८४ सफल बनाउन मद्दत गर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले आफूहरू रास्वपाको संगठन विस्तारमा जुटेको र आजको यो उपस्थितिले प्रजातन्त्रका लागि ऐतिहासिक स्थलोका रुपमा रहेको चिसंकुलगायतका गाउँ, यस क्षेत्रका स्व. डिठ्ठा श्रीप्रसाद घिमिरे लगायतका प्रजातन्त्रवादी योद्धाहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भयो । उहाँले हिजोका दिनसम्म आफूलाई प्रजातन्त्रवादी दावी गर्ने नेपाली काँग्रेसका गतिविधिले रोइरहेको उहाँहरूको आत्मा आज आफूहरूले गरेको यो कार्यक्रमले उहाँहरूको दिल हाँसेको हुनुपर्छ भन्ने लाग्छ भन्नुभयो ।
उहाँले उपस्थिति संख्याप्रति संकेत गर्दै भन्नुभयो, ‘हिजो २०४९/५० सालमा औंलामा गन्न नपुग्ने एमालेका नेताहरूले जुन प्रगति लमजुङमा हासिल गरेर आजको स्थिति बनाए, त्यसरी आफूहरू पनि खट्ने र अबको निर्वाचनमा रास्वपालाई जिल्लाको नं– १ पार्टी बनाउन सक्छौं, त्यो तौरतरिकाले खटौं भन्ने आह्वान गर्नुभयो । उहाँले सरकारी रबैयाप्रति औंला ठड्याउँदै भन्नुभयो, ‘सरकार पार्टी सभापति रविलाई ०८४ सम्मै जेलमा कोच्ने षडयन्त्रमा लागेको छ, यदि त्यसो भयो भनेपनि यो पार्टीलाई बहुमत दिलाएर २०८४ को मत परिणाम आएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्चीमा बसाउने तागत रास्वपामा छ र त्यो हामीले गरिछाड्ने छौं ।’
यसैगरी, प्रदेश संगठन विभागका सदस्य काजी दुराले पार्टीमा लागेपछि यसको सिद्धान्त, नीति, नियम तथा कार्यक्रमका बारेमा हामीहरू जानकार हुन आवश्यक छ । त्यसको बोध भयो भने हामीहरू विरोधीहरूले फैलाएका भ्रम चिर्न सक्षम हुनेछौं भन्नुभयो ।
जिल्ला संगठन विभागका प्रमुख एवम् जिल्ला सहसचिव बाबुराम अधिकारीले संगठन विभाग सहित जिल्लामा हुने विभिन्न विभागका आवश्यकता, महत्व र तिनले गर्ने कामका बारेमा जानकारी दिनु हुँदै संगठन अपरिहार्य छ, त्यसका लागि हामी जुटेका छौं र थप जुट्दै जाऔं भन्नुभयो ।
सो पार्टीको जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले वडा समितिको काम, कर्तव्य र अधिकारका साथै गठन विधिका बारेमा जानकारी दिनु भएको थियो । उहाँले आउँदो भदौमा हुने वडा अधिवेशनमा केन्द्रीय नेताहरूको उपस्थितिमा भव्य कार्यक्रमको आयोजना गर्न सकिन्छ भन्ने सन्देश आजको कार्यक्रमले दिएको छ भन्नुभयो । उहाँले भेला बिथोल्न, यहाँ न्यून उपस्थिति देखाउन गरिएका प्रयासहरू असफल भएका छन्, त्यो नै हाम्रो सफलता हो र मध्यनेपाल घण्टीमय बन्दैछ र बन्छ भन्ने यो भेलाको उपस्थितिले देखाएको छ भन्नुभयो ।
यसैगरी, जिल्ला र्याट विभागका प्रमुख श्याम केसीले देश डुब्न लागेको छ, यसलाई बचाउनु रास्वपाका हर कार्यकर्ताको कर्तव्य हो भन्नुभयो । उहाँले अस्तिको दिनसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोली र हिजो फेरिएको लवज(भिजिट भिसा प्रकरणमा)ले के संकेत गर्छ ? भन्ने प्रश्न उठाउँदै रास्वपा कुनै पनि ललीपपमा भुल्ने छैन भन्ने विश्वास व्यक्त गर्नु भयो ।
यसैगरी, रास्वपाका कार्यकर्ता युवराज अधिकारीले सुशासन र न्यायको प्रत्याभूति आजको आवश्यकता हो र त्यो अभियानमा रास्वपा तथा आफूहरू जुटेका छौं भन्नुभयो ।
सोही दलका मध्यनेपालका नगर सचिव दिपेन्द्र श्रेष्ठले देश के कसरी बन्दो रहेछ भन्ने उदाहरण प्रस्तुत गर्दै अन्याय तथा थिचोमिचो जत्ति सहन गर्यो उत्ति दबाउने काम हुने रहेछ त्यसैले त्यस्ता गतिविधिका विरुद्धमा आफूहरू समयदेखि नै लाग्नु पर्नेमा जोड दिनुभयो ।
रास्वपाको मध्यनेपाल नगरपालिकाका संस्थापक सदस्य तीर्थराज पराजुलीले एकता नै बल हो भन्ने सन्देशलाई सार्थक बनाउन र ‘अति सर्वत्र बज्रयेत’ भन्ने भनाइको अर्थ खुलाउँदै अति सहन गर्न हुन्न त्यसका लागि संगठन बलियो हुन आवश्यक छ र संगठन बनाउन सबै जुटौं भन्नुभयो ।
मध्यनेपाल नगरपालिका– ७ मा रास्वपाका संस्थापक सदस्य चन्द्रकला घिमिरेले स्वागत मन्तव्य सहित पदीय मर्यादा भुलेर व्यक्तिगत स्वार्थ सिद्ध गर्नमा लाग्नु भन्दा देश र समाजको सेवा गर्नु नै मानव धर्म हो र त्यो कर्म गर्न सकौं भन्नुभयो । उहाँले देशमा सुशासन र न्याय स्थापना गर्न बिर्सन हुन्न जुन अभियानमा आफ्नो पार्टी रास्वपा लागेको छ, सबै जना थप सक्रियपूर्वक जुटौं उहाँले उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रमको सञ्चालन नवनिर्वाचित सभापति मणिराम विकले गर्नु भएको थियो । सो भेलामा सहभागिलाई खाजाको सौजन्य सोही वडा निवासी दामोदर सोतीले गर्नु भएको थियो ।
उक्त वडामा यसअघि अर्थात हिजोका मितिसम्म ४२ जना सदस्य बनेका थिए । आजको कार्यक्रममा झण्डै त्यत्तिकै संख्यामा पार्टी प्रवेश गर्नेहरू रहेका थिए । उहाँहरू विश्वजित परियार, वलबहादुर परियार, सुकदेव परियार, सुरज परियार, पुतली विश्वकर्मा, विष्णुमाया विश्वकर्मा, उमा विश्वकर्मा, रामकृष्ण परियार, कृष्णबहादुर विश्वकर्मा, राममाया विश्वकर्मा, विचित्र विश्वकर्मा, राजेन्द्र विश्वकर्मा, राधिका विश्वकर्मा, टिकाराम विश्वकर्मा, बुद्धिमाया विश्वकर्मा, डिलकुमारी विश्वकर्मा, डिलकुमारी विश्वकर्मा, रञ्जन विश्वकर्मा, सुवास विश्वकर्मा, चिजमाया विश्वकर्मा, चनबहादुर विश्वकर्मा, अञ्जना गुरूङ र राधाकृष्ण घिमिरे लगायत हुनुहुन्छ ।
यसैगरी, डोलबहादुर नेपाली, सुकमाया सार्की, बुद्धिबहादुर परियार, विलबहादुर गुरूङ, जितबहादुर विश्वकर्मा, फूलमाया विश्वकर्मा, जिरे विश्वकर्मा, राजकुमार विश्वकर्मा, विलबहादुर विश्वकर्मा, कूर्णबहादुर केसी, सोमबहादुर विश्वकर्मा, रामकृष्ण परियार, गङ्गा परियार, भोजराज जमरकटेल, डिलबहादुर विश्वकर्मा र बम्बहादुर विश्वकर्मा लगायत हुनु भएको जानकारीमा आएको छ ।
कार्यक्रमको अन्त्यमा तदर्थ समितिको घोषणा गरिएको थियो । समितिका नवनिर्वाचित सभापति मणिराम विश्वकर्माले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो भने सदस्य विलबहादुर वि.क.ल परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनु भयो । सो बेलामा बयोबृद्ध विश्वनाथ घिमिरे, खगराज घिमिरे, तुलसीराम घिमिरे लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८२ जेष्ठ ३१, शनिबार २२:०० गते