अन्ततः गयो दीपक मनाङेको सांसद पद, झुटो विवरण राखेको खुलासा

अन्ततः गयो दीपक मनाङेको सांसद पद, झुटो विवरण राखेको खुलासा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ४ गते बुधबार ०८:२९

२१ वर्षअगाडि २०६१ सालमा दीपक मनाङेको समूहले अर्का गुण्डानाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमणमा उत्रिएको थियो ।

दीपक मनाङेले विवरण झुक्याएर सांसद भएको ठहर भएकोले पदमुक्त र अयोग्य घोषित गरिएका हुन् ।

काठमाडौँ– अन्ततः गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई असार ४ गते पदमुक्त गरेको हो ।
सर्वोच्चले उनी झुटो विवरण राखेर सांसद् बनेको ठहर गरेको छ । उनले खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका थिए । २१ वर्षअगाडि २०६१ सालमा दीपक मनाङेको समूहले अर्का गुण्डानाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमणमा उत्रिएको थियो ।
जिल्ला अदालतले उक्त घटनालाई सामान्य कुटपिटमात्र भनेर दुई वर्ष कैद सुनाए पनि सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा सजाय सुनाएको थियो । सोही घटनामा चक्रे मिलनले मनाङेबिरुद्ध मुद्दा दर्ता गरेका थिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रदेश सांसद राजिव गुरुङलाई पदमुक्त र उम्मेदवार हुन अयोग्य घोषित गरेको थियो ।
उनीले खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा दोषी ठहर भएका थिए ।

प्रकाशित मिति २०८२ असार ४, बुधबार २०:२९ गते
हजुरको प्रतिक्रिया