रास्वपा लमजुङले भिजिट भिसाको दुरुपयोग बारे प्रजिअलाई बुझायो ज्ञापनपत्र

रास्वपा लमजुङले भिजिट भिसाको दुरुपयोग बारे प्रजिअलाई बुझायो ज्ञापनपत्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ६ गते शुक्रबार ०९:३४

ज्ञापनपत्रमा रास्वपाले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनको माग गरिएको छ ।

मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक– प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध (non–dereliction of duty) अपेक्षासहित गृहमन्त्रीको राजीनामा समेत माग गरिएको छ ।

बेसीशहर– रास्वपा लमजुङले भिजिट भिसाको दुरुपयोग बारे प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ । सो दलका जिल्ला उपसभापति प्रकाश थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको एक टोलीले प्रजिअलाई असार ६ गते ज्ञापन पत्र बुझाउने काम गरेको हो ।
रास्वपाले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनको माग सम्बन्धमा प्रजिअलाई ज्ञापनपत्र बुझाउने काम गरेको हो । प्रजिअ माधवप्रसाद पोखरेललाई रास्वपाका उपसभापति प्रकाश थापाले सो ज्ञापन पत्र वाचन गर्नु भई हस्तान्तरण गर्नु भएको थियो ।
पाँच मुल बुँदा र पाँचै उपबुँदा रहेको ज्ञापनपत्रमा मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक– प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध (लयल–मभचभष्अितष्यल या मगतथ) अपेक्षासहित गृहमन्त्रीको राजीनामा समेत माग गरिएको छ । साथै, भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनको माग गरिएको छ ।
सो अवसरमा रास्वपाका प्रदेश सचिवालय सदस्य हरि धिताल, जिल्ला सदस्य होमबहादुर राउत, रास्वपाको बेसीशहर नगरसभापति कृष्ण राउत, ¥याट विभागका जिल्ला उपप्रमुख बेलबहादुर घिमिरे, र्याट विभागका जिल्ला सदस्य काजीमान थापा, बेसीशहर– २ का सचिव पुरन धिताल लगायतको सहभागिता रहेको थियो ।
प्रजिअ पोखरेलले सो ज्ञपानपत्र बुझ्दै टोलीलाई धन्यवाद दिनु भएको थियो । उहाँले यो कार्य लमजुङमा मात्र हो कि ? अन्य जिल्लामा पनि छ ? भन्ने जिज्ञासा राख्नु भएको थियो । प्रस्तुत छ, सो ज्ञपानपत्रको पूर्ण विवरण :
श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय,
लमजुङ ।
विषयः भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनको माग सम्बन्धमा ।
हालैका दिनहरूमा हजारौं नेपाली नागरिकहरू ‘भिजिट भिसा’को नाममा अवैध रूपमा मानव तस्करीको शिकार बनिरहेका यथार्थहरू सार्वजनिक भइरहेका छन् । अध्यागमन कार्यालय, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, केही कूटनीतिक नियोग तथा संगठित आपराधिक समूहहरूको संलग्नतामा युवाहरूलाई दुबई लगायतका मुलुकहरू हुँदै गैरकानुनी तरिकाले तेस्रो देशमा पुरÞ्याउने जस्ता गतिविधिहरू नेपाली राज्यव्यवस्था, कानुनीशासन र मानवअधिकार माथिको गम्भीर प्रहार हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले यो विषयलाई संसदमा बारम्बार उठाउँदै आएको छ र यसका समाधानका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गर्दै आएको छ । यसै सन्दर्भमा, हामी जिल्ला प्रशासन कार्यालय मार्फत् संघीय सरकारको ध्यानाकर्षण गराउँदै निम्न बुँदाहरूमा तत्काल पहल गर्न आग्रह गर्दछौं :
१. विगत केही वर्षहरुमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरियोस् ।
२. छानबिन समितिको कार्यक्षेत्र (त्इच्), संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गरी कार्यसम्पादन समितिले छानविन समिति गठन गरियोस् ।
३. छानविन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै छानबिन पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न सुनिश्चित गर्न देहायका छानबिन समिति कार्यहरूमा केन्द्रित गरियोस् :
(क) नीतिगत एवं प्रणालीगत कमजोरीहरूको पहिचान र विश्लेषण (भिजिट भिसा, श्रम स्वीकृति, अध्यागमन, आदि)।
(ख) मानव तस्करी र संगठित अपराधसँग सम्बन्धित सरकारी कर्मचारी, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी लगायत व्यक्ति तथा संस्थाहरुको भूमिकाको निष्पक्ष छानबिन, अवैध संजालमाथि अध्ययन र अनुसन्धान ।
(ग) पीडितको संरक्षण र पीडितमैत्री पुनःस्थापनाका लागि प्रशासनिक एवम् न्याय प्रणालीबारे सुझाव ।
(घ) अन्तर–निकाय समन्वय र सहकार्यबारे सुधार सिफारिस ।
ङ) छानबिन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाइयोस् ।
४. छानबिनको सम्पूर्ण प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र समयसीमाभित्र सम्पन्न गरियोस् । भिजिट भिसाका नाममा मानव तस्करमा संलग्न दोषी उपर कानुन बमोजिम हदैसम्मको कारवाही, पीडितहरूलाई संरक्षण, राहत तथा क्षतिपूर्तिको समेत सुनिश्चितता गरियोस् ।
५. मानव तस्करी जस्तो गम्भीर विषयमा राजनीतिक– प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध (non–dereliction of duty) अपेक्षासहित गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं ।
उल्लिखित विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर आवाज उठाउँदै आएको हुँदा हामी यो ज्ञापनपत्रमार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक छानबिन तथा कानुन बमोजिम दोषी उपर कारवाहीको प्रक्रिया अघि बढाउन अनुरोध गर्दछौं ।
दस्तखत
जिल्ला उपसभापति
राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित मिति २०८२ असार ६, शुक्रबार २१:३४ गते
हजुरको प्रतिक्रिया