अपाङ्गता भएका व्यक्तिहरूलाई नगरस्तरीय अभिमुखिकरण

अपाङ्गता भएका व्यक्तिहरूलाई नगरस्तरीय अभिमुखिकरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ८ गते आईतबार ०९:५३

स्थानीय तहले अपाङ्गता भएको व्यक्तिहरूको वृत्तिविकासमा बजेट विनियोजन नगरेकोमा सहभागिले चिन्ता व्यक्त गरेका थिए ।

उदिपुर(लमजुङ)– अपाङ्गता भएका व्यक्तिहरूलाई यहाँ एकदिने नगरस्तरीय अभिमुखिकरण कार्यक्रम असार ८ गते गरिएको भएको छ । सो कार्यक्रम बेसीशहर नगरपालिका– १, उदिपुरमा भएको हो ।
उक्त कार्यक्रमको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार, समस्या र समाधानमा स्थानीय तहको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने रहेको आयोजक अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार सो कार्यक्रम अपाङ्ग संरक्षण समाज लमजुङ र अपाङ्ग सञ्जाल लमजुङको आयोजना तथा बेसीशहर नगरपालिकाको आर्थिक साझेदारीमा भएको हो ।
उहाँले अपाङ्गताको बारेमा जानकारी दिँदै ‘यसका चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने आजको आवश्यकता हो, हामी आयोजकहरू त्यो प्रयत्नमा छौं यहाँहरू सबैको साथ र सहयोग रह्यो भने लक्ष्य हासिल गर्न सहज हुनेछ’ भन्नुभयो । उहाँले कार्यपत्र समेत प्रस्तुत गर्नु हुँदै पौडेलले अपाङ्गताको अवधारणा, समस्याहरू, समाधानका उपायहरू, स्थानीय तहको भूमिका र दायित्व, साथै अपाङ्ग अधिकार ऐन २०७४ सम्बन्धी विषयमा गहन सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति स्थानीय तह र समाजमा विद्यमान दृष्टिकोण परिवर्तन गर्नुपर्ने र उनीहरूको समावेशीकरण सुनिश्चित गर्न नीति–निर्माणमा स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिएको थियो ।
अपाङ्ग सञ्जाल बेसीशहरका अध्यक्ष सिताराम बसेलले अध्यक्षता भएको सो कार्यक्रमको सञ्चालन सबिता केसीले गर्नुभएको थियो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, उनीहरूका अभिभावक तथा जनप्रतिनिधिहरू गरी ४७ जनाको सहभागिता रहेको थियो । स्थानीय तहले अपाङ्गता भएको व्यक्तिहरूको वृत्तिविकासमा बजेट विनियोजन नगरेकोमा सहभागिले चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति २०८२ असार ८, आईतवार २१:५३ गते
हजुरको प्रतिक्रिया