काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ । सो दलका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करीको सञ्जाल नेपालभित्रै बसेर राज्य संरक्षकको मिलोमतोमा चलिरहेको आरोप असार ९गते लगाउनु भएको हो । प्रतिनिधिसभा बैठकमा उहाँले सक्रिय मानव तस्कर ‘र्याकेट’लाई राज्यले संरक्षण गरिरहेको समते दावी गर्नु भयो ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको हो । बिहान ११ बजेपछि प्रतिनिधि सभा बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिव नेपाललाई बोल्न समय दिनु भएको थियो । उहाँले आफूहरूको आन्दोलन जारी रहेकाले सदन बहिष्कार गर्ने बताउनु भयो । लगत्तै नाराबाजीमा उत्रिएका सांसदहरू बैठक कक्षबाट बाहिरिएका हुन् ।
उहाँले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गरे । के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै उहाँको प्रश्न थियो । उहाँले भन्नुभयो, ‘यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ, यस्तो अपराधमा पनि दुई ठूला दलको सरकार किन मौन छ सभामुख महोदय ? यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?’
उहाँले थप भन्नुभयो, ‘सभामुख महोदय, के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन्, तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रूपमा उजागर भएको छ ।’
आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए । आफूहरुको माग सुनुवाइ नभएको भनेर सांसद नेपालीले मन्त्रीको जवाफ नसुन्ने उद्घोष गर्नुभयो । त्यसपछि सांसदहरू सभाकक्षबाट बाहिरिनु भएको हो ।
रास्वपाले गएको जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिनको मागसहित संसद्मा विरोध गर्दै आएको छ । उनीहरूले संसद् अवरुद्ध गरेकोमा हिजोसम्म रास्वपाले संसद्कै वेल घेराउ गरेर विरोध जनाएको थियो ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा निरन्तर विरोध गर्दै आएका रास्वपा र राप्रपाका सांसदले बैठक बहिष्कार गरेका हुन् ।
अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसअघिरुदेखि नै संसद बैठक बहिस्कार गर्दै आएको छ ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । यस्तोमा रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आएका थिए ।
प्रकाशित मिति २०८२ असार ९, सोमबार १६:१० गते