नासों मनाङमा विपद् व्यवस्थापन सम्बन्धी तीनदिने तालिम समापन

नासों मनाङमा विपद् व्यवस्थापन सम्बन्धी तीनदिने तालिम समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार ११ गते बुधबार ०४:४६

हाल ताल गाउँमा ५० घरधुरीमध्ये १५ जना जेष्ठ नागरिक, १८ जना बालबालिका, ११५ महिला र ११२ पुरुष गरी कुल २६० जनाको जनसंख्या रहेको छ । तीमध्ये ७५ जना जिल्ला बाहिर छन् ।

उक्त विपद व्यवस्थापन तालिममा ३४ जनाले भाग लिएका थिए ।

नासों(मनाङ)– मनाङ जिल्लामा सञ्चालित विपद् व्यवस्थापन सम्बन्धी तीनदिने तालिम समापन भएको छ । मनाङको नासों गाउँपालिका– १ स्थित ताल गाउँको खेल मैदानमा असार ९ गतेदेखि सुरु भएको तीनदिने विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम असार ११ गते समापन भएको हो ।
समापन कार्यक्रम सो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ प्रमुख अतिथ्यता रहेको थियो । उहाँले यो तालिमले विपदको बेलामा जनधनको सुरक्षा के कसरी गर्न सकिने रहेछ भन्ने ज्ञान प्राप्त भएको बताउनु भयो । उहाँले विपदमा सावधानी अपनाउन पर्ने तालिमले जानकारी दिएको उल्लेख गर्नुभयो ।
तालिमको अन्तिम दिन आपत्कालीन उद्धार अभ्यास (Emergency Evacuation Drill) पनि गराइएको थियो, जसमा तल्लो गाउँका स्थानीयवासीहरूको सक्रिय सहभागिता देखिएको थियो ।
कार्यक्रमको समापन सत्र वडानं. १ का अध्यक्ष मिनरस गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने अन्य सबै वडाका अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो । स्वागत मन्तव्य वडा सचिव चेतमान श्रेष्ठद्वारा प्रस्तुत गरिएको थियो ।
तालिमको समापनमा अध्यक्ष गुरुङले पूर्वमा आएको बाढीको स्मरण गर्दै यस्तो कार्यक्रमले समुदायमा चेतना र क्षमताको अभिवृद्धि भएको बताउनुभयो । उहाँ भावुक हुँदै यस्तो अभ्यासले भविष्यका विपद् व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम स्थानीय युवा क्लब, आमा समूह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी लगायतका सरोकारवालाहरूको लागि लक्षित गरी आयोजना गरिएको थियो । उक्त विपद व्यवस्थापन तालिममा ३४ जना सहभागि भएको थियो । हुमेरीकाको आर्थिक सहयोगमा ज्म्ऋक् को आयोजनामा जिल्ला बिपद व्यवस्थापन समिति मनाङको सहकायमा RNA १६ को प्राविधिक सहयोग रहेको थियो ।
उक्त तालिममा RNA १६ का प्रशिक्षक अरुण साइवु र नीना खैतुद्वारा विपद् अवस्थामा कसरी बाँच्न सकिन्छ, स्थानीय स्रोत र साधनको उपयोगद्वारा कसरी आपतकालीन व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक कक्षाहरू सञ्चालन लिनु भएको थियो । पहिलो दुई दिन ‘आधारभूत विपद् तयारी’ सम्बन्धी सत्रहरू सञ्चालन गरिएको थियो ।
HDCS– नमुना सामुदायिक अस्पताल, सुन्दरबजार, लमजुङका मनोबिमर्शदाता शोभा ठकुरीले मनोबैज्ञानिक प्राथमिक उपचार (Psychological First Aid) तथा तनाव व्यवस्थापनको विषयमा प्रशिक्षण दिनुभयो । इमर्जेन्सी ईन्चार्ज रामचन्द्र ढकालले प्राथमिक उपचार सम्बन्धी तालिम दिनुभएको थियो ।
कार्यक्रमको नेतृत्व HDCS का DRR कोअर्डिनेटर बिबेक बल्ल र SR.MEAL अफिसर दमन बोगटीद्वारा गरिएको थियो ।
हाल ताल गाउँमा ५० घरधुरीमध्ये १५ जना जेष्ठ नागरिक, १८ जना बालबालिका, ११५ महिला र ११२ पुरुष गरी कुल २६० जनाको जनसंख्या रहेको छ । २०७८ सालमा ताल गाउँ पूर्ण रूपमा बाढीमा डुबानमा परेको घटनालाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको थियो । हाल गाउँमा ७५ जना जिल्ला बाहिर छन् भने १५२ जना मात्र स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति २०८२ असार ११, बुधबार १६:४६ गते
हजुरको प्रतिक्रिया