सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ७ को तार्कुटार स्थित सुन्दरबजार अस्पतालमा स्त्री रोग विशेषज्ञ सेवा सहितको एकदिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन तयारी गरिएको छ । गण्डकी प्रदेश अस्पताल पोखराको प्राविधिक सहयोगमा असार १४ गते शनिबारका दिन सो शिविर हुने भएको हो ।
शिविरमा विशेषज्ञ डाक्टरद्वारा भिडियो एक्सरे सहित निःशुल्क स्त्रीरोग सम्बन्धि उपचार एबम परामर्श सेवा उपलब्ध हुने सुन्दरबजार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार शिविरमा शिनियर कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. सन्तोष बराल पोखराबाट आउनु हुने भएको छ । उहाँले भन्नुभयो, ‘सो शिविरमा सेवाका लागि शिनियर कन्सल्टेन्ट गाइनोक्लोजिष्ट डा. हेमा छन्त्याल समेत आउनु हुने भएको छ ।’
सो शिविरका लागि सुन्दरबजार नगरपालिका– ७ को वडा समितिले विशेष सहयोग गर्ने भएको समेत अस्पताल प्रशासनले जनाएको छ । सो शिविर असार १४ गतेका दिन विहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति २०८२ असार १२, बिहीबार १९:३६ गते