काठमाडौं– टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले बस्नेतलाई धरौटीमा छाड्न असार १२ गते आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । बस्नेतले टिकटकमार्फत साइबर अपराध गरेको दाबी प्रहरीको थियो । प्रहरीले बस्नेतले टिकटक भिडियोमार्फत नेताहरूको चरित्रहत्या गरेको र एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद सजायको माग गरिएको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोले खोटाङ घर भई भक्तपुर बस्ने टिकटकर रमा बस्नेतविरुद्ध भक्तपुरबाट पक्राउ गरेर विद्यतुीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो । मूलतः प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेर टिकटक बनाएकोमा प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइएको हो ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा उनीबिरुद्ध मुद्दा दायर गरेको थियो । ओली र लेखकको आलोचना गर्दै बनाएका टिकटकका कारण उनीबिरुद्ध प्रहरीले साइबर कानुन प्रयोग गरेको थियो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री, गृहमन्त्री र सांसद थापाको अपमान र बेइज्जत गरी द्वेष फैलाएको आरोपमा गत असार १ गते पक्राउ गरिएकी बस्नेतवरूद्ध जिल्लामा एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै असार ११ गते मुद्दा दायर भएको थियो ।
मुद्दा दायरसँगै बस्नेतको बयान गराइ थुनछेक बहस भएको थियो । बयानका क्रममा बस्नेतले देशको गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा सदनलगायत जनमानसमा प्रश्न उठे पनि अनुसन्धानमा सघाउन राजीनामा नदिएकाले पहिलो भिडियो बनाएको बताउनु भएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दुःख दिइएको, प्रमाण छ भन्ने नेता थापाले प्रमाण पेस गर्न नसकेको हुँदा चित्त नबुझी भिडियो बनाएको उहाँको भनाइ थियो ।
प्रहरी प्रतिवेदन अनुसार, बस्नेतले गृहमन्त्री र सांसदविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ ।
बस्नेतले प्रहरीसमक्ष बयानका क्रममा देशको गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा सदनलगायत जनमानसमा प्रश्न उठे पनि अनुसन्धानमा सघाउन राजीनामा नदिएकाले पहिलो भिडियो बनाएको बताउनु भयो । उहाँका अनुसार रास्वपाका सभापति रवि लामिछानेलाई दुःख दिइएको, प्रमाण छ भन्ने नेता थापाले प्रमाण पेस गर्न नसकेको हुँदा चित्त नबुझी भिडियो बनाएको बताउनु भएको छ ।
सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा बस्नेतले टिकटक भिडियोमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धका भिडियो बनाइ घृणा, द्वैष फैलाई चरित्रहत्या गरेकाले १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग दाबी गरेको छ ।
प्रकाशित मिति २०८२ असार १२, बिहीबार २०:४३ गते