भोलि विहान ठीक ७ बजे बेसीशहर नगरपालिका– ८ को सेरा चौताराबाट हस्ताक्षर संकलन अभियान सुरु हुने रास्वपाका नगर सभापति कृष्ण राउतले जानकारी दिनु भएको छ ।
सो दलको जिल्ला कार्य समितिको बैठकले उक्त निर्णय असार १३ गते गरेको हो ।
लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका लागि राज्यले गरेको राजनीतिक प्रतिशोधका विरुद्ध न्यायका पक्षमा बेसीशहरमा भोलि बिहानदेखि हस्ताक्षर संकलन अभियान थालिने भएको छ । सो दलको जिल्ला कार्य समितिको बैठकले उक्त निर्णय असार १३ गते गरेको हो ।
बैठकले हस्ताक्षर संकलन अभियानका लागि पालिकास्तरमा पालिकाका सभापतिको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने, जिल्ला र पालिकास्तरमा तीन सदस्यीय स्टेरिङ समिति गठन गर्ने लगायतका निर्णय गरेको छ । साथै त्यस्तो समिति वडास्तरमा समेत गठन हुने बैठकको निर्णय रहेको सो दलका जिल्ला उपसभापति प्रकाश थापाले बताउनु भयो ।
उहाँका अनुसार बेसीशहर नगर सभापति कृष्ण राउतको संयोजकत्वमा गठित हस्ताक्षर संकलन अभियान नगर समितिमा प्रदेशको उद्योग वाणिज्य विभागका सदस्य ध्रुव ढकाल तथा जिल्ला सदस्य मीना खड्का र सविता अधिकारी बराल समेत रहनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीहरू पायक पर्ने जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू आ–आफ्नो पालिकामा खट्ने समेतको निर्णय भएको छ ।’
सो अवसरमा रास्वपाका प्रदेश सचिवलाय सदस्य हरि धितालले प्रेदशका निर्णयका बारेमा जानकारी दिनु भएको थियो । उहाँकै आग्रहमा जिल्लास्तरको स्टेरिङ समिति गठन गरिएको हो ।
जिल्लास्तीय स्टेरिङ समितिको संयोजक जिल्ला पार्टी सभापति अशोक सापकोटा आफै बस्नु भएको छ भने सदस्यमा मीना खड्का र जिल्ला र्याट विभागका उपप्रमुख बेलबहादुर घिमिरे रहनु भएको जिल्ला सदस्य होमबहादुर राउतले बताउनु भएको छ ।
सो वैठकमा जिल्ला समितिका पदाधिकारी तथा सदस्यका अतिरिक्त पार्टीको प्रदेश सचिवलय सदस्य हरि धिताल, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, उद्योग वणिज्य विभागका सदस्य धु्रव ढकाल, जिल्ला संगठन विभागका प्रमुख बाबुराम अधिकारी, बेसीशहर नगरपालिकाका सभापति कृष्ण राउत, सुन्दरबजार नगरका पार्टी सभापति विमल अधिकारी लगायतको सहभागिता थियो ।
भोलि विहान ठीक ७ बजे बेसीशहर नगरपालिका– ८ को सेरा चौताराबाट हस्ताक्षर संकलन अभियान सुरु हुने रास्वपाका नगर सभापति कृष्ण राउतले जानकारी दिनु भएको छ । उहाँका अनुसार पायक पर्ने पार्टीको विभिन्न समितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत हस्ताक्षर संकलन अभियानमा सहभागी हुन अनुरोध गरिएको छ ।
सो अवसरमा केही नवप्रवेशीहरूलाई रास्वपाका जिल्ला सभापति अशोक सापकोटाले सदस्यता प्रदान गर्दै पार्टीको लोगो पहिराउँदै पार्टीमा स्वागत गर्नु भएको थियो ।
‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको सम्वद्र्धनका लागि सदनका साथै सडकमा’ नाराका साथ सो अभियान सञ्चालन गरिने भएको रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले बताउनु भएको छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..