एसईई नतिजा आजै आउने, परीक्षा बोर्डको बैठक जारी

एसईई नतिजा आजै आउने, परीक्षा बोर्डको बैठक जारी

एजेन्सी

@antaranganews

२०८२ असार १३ गते शुक्रबार ०७:४७

उक्त परीक्षामा नियमिततर्फ चार लाख ३१ हजार ४६६ तथा ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षामा भाग लिएको बताइएको छ ।

साँझ करिब छ बजे सुरु भएको राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी रहेको छ ।

भक्तपुर– यस वर्षको एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी परीक्षा बोर्डले गरेको छ । त्यसका लागि असार १३ गते साँझ करिब छ बजे सुरु भएको राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी रहेको छ ।
यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न बोर्ड बैठक बसिरहेको परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले बताउनु भयो । उहाँका अनुसार परीक्षा बोर्डले आजै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
सो एसईई परीक्षा ०८१ को ७ चैतदेखि सञ्चालन भएको थियो । उक्त परीक्षामा नियमिततर्फ चार लाख ३१ हजार ४६६ तथा ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षामा भाग लिएको बताइएको छ ।

प्रकाशित मिति २०८२ असार १३, शुक्रबार १९:४७ गते
हजुरको प्रतिक्रिया