बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीे (रास्वपा) लमजुङद्वारा सञ्चालन गरेका हस्ताक्षर अभियानमा सहभागी हुन विशेष व्यक्तित्व पनि दोर्दी गाउँपालिका– ५ को पाचोकदेखि बेसीशहरमा आउनु भएको खुलासा भएको छ । रास्वपाकी नेतृ तैमाया गुरुङको अनुरोधमा उहाँहरू असार १४ गते बिहान बेसीशहरमा आउनु भएको हो ।
उहाँहरू हुनुहुन्छ– दोर्दी गाउँपालिका– ५ को पाचोक निवासी ब्रिटिश सेनाका निवृत्त होमकुमार घले हुनुहुन्छ । उहाँ हाल हङकङमा सेवारत हुनुहुन्छ । यसैगरी, दोर्दी गाउँपालिका– ४ निवासी बृषराज घले पनि सो अभियानमा सरिक हुनु भएको छ । होमकुमार घलेले बेसीशहरबाट फर्कनु भएर आजै आफ्नो गाउँ पाचेकमा पुगेर ३० जनाको हस्ताक्षर संकलन गरेको जानकारी दिनु भएको तैमाया गुरुङले बताउनु भएकोछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङले सो पार्टीको केन्द्र तथा प्रदेशको निर्देशन अनुसार पार्टीका समापति रवि लामिछानेका पक्षमा उहाँका विरुद्ध सरकारबाट साँधिएको प्रतिशोधका विरुद्धमा संकलन गर्न लागिएको हस्ताक्षर अभियान आज विहान ७ः३५ बजेदेखि बेसीशहर नगरपालिका– ८ को सेरा बजार चोकबाट सुरु भएको हो ।
‘रास्वपाको आह्वान– विकृति र विसगतिको अवसान’, ‘हस्ताक्षर न्यायका लागि, ऐक्यवता रविका लागि’, ‘जागौं जनता, उठाऔं देश, विकृति मुक्त नयाँ परिवेश’ नाराका साथ थालिएको सो अभियानमा रास्वपाको बेसीशहर नगर समितिको अगुवाईमा सुरु भएको हो ।

उक्त अभियानमा बेसीशहर नगर सभापति कृष्ण राउत, प्रदेश सचिवलय सदस्य हरि धिताल, प्रदेश सदस्य तैमाया गुरुङ, जिल्ला उपाध्यक्ष उपसभापति प्रकाश थापा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सदस्य मीना खड्का, उद्योग वाणिज्य विभागका प्रदेश सदस्य ध्रुव ढकाल, जिल्ला र्याट विभागका उपप्रमुख बेलबहादुर घिमिरे, नगर उपसभापति हरिकृष्ण बुढाथोकी लगायतको सहभागिता रहेको छ । यो समाचार तयार गर्दासम्म करिब एक हजार हस्ताक्षर संकलन भएको रास्वपा बेसीशहर नगर समितिका नगर सभापति कृष्ण राउतले जानकारी दिनु भयो । उहाँका अनुसार आज पानी परेको कारण स्थगित गरिएको अभियान भोलि पनि जारी रहने भएको छ । उहाँले भन्नुभयो, ‘यो अभियान साउन भर सञ्चालन गरिने भएको छ ।’
हस्ताक्षर अभियानमा गाउँ गाउँबाट आउनु भएका सर्वसाधारण तथा महिलाहरू समेतले सहभागिता जनाएका छन्, जसका कारण आयोजकहरूलाई थप उत्साहित बनाएको छ ।
आज पहिलो दिन लमजुङमा एक हजार दुई १० जनाको हस्ताक्षर संकलन भएको रास्वपाका प्रदेश सदस्य हरि धितालले जानकारी दिनु भएको छ ।
भोलि असार १५ गते विहान ७ बजे नारायढा स्थानबाट हस्ताक्षर अभियान सञ्चालन हुने रास्वापा बेसीशहर नगरसमितिले जनाएको छ ।
प्रकाशित मिति २०८२ असार १४, शनिबार २१:५० गते