बेसीशहर– राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले आफ्ना केन्द्रीय सभापति रवि लामिछाने उपर सरकारले साँधी रहेको राजनीतिक प्रतिशोधका विरूद्ध उहाँको न्यायका लागि सुरू गरेको हस्ताक्षर संकलन जारी रहेको छ । आज असार १६ गते बेसीशहरका मनाङ्गे चौताराबाट अभियानको थालनी गरीएको छ ।
रास्वपा बेसीशहर नगर समितिको अगुवाइमा भएको हस्ताक्षर संकलन कार्यमा नगर सभापति कृष्ण राउत, रास्वपाका जिल्ला उपसभापति प्रकाश थापा जिल्ला सल्लाहकार परिषद् संयोजक नवराज पहाडी, बेसीशहर नगरपालिका– ७ का अध्यक्ष राजकुमार घिमिरे, सोही वडाका सचिव विष्णु घिमिरे लगायतको सहभागिता रहेको छ ।
असार १४ गतेबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यमा दुई दिनमा १५ सय बढी हस्ताक्षर संकलन भएको बताइएको छ । दुवै दिन पानी पेरर हस्ताक्षर संकलन कार्यमा बाधा पुगेको आयोजकको भनाइ छ ।
पहिलो दिन शेराबाट सुरू गरीएको हस्ताक्षर अभियान दोस्रो दिन असार १५ गते बेसीशहरको नारायणस्थानमा हस्ताक्षर संकलन कार्य गरिएको थियो । हिजो विहान मात्र एक हजार भन्दा बढीको हस्ताक्षर संलकन भएको रास्वपाका प्रदेश सचिवालय सदस्य हरि धितालले बताउनु भयो । उहाँका अनुसार हस्ताक्षर अभियानमा सर्वधारणदेखि महिलाहरू, किशोरकिशोरीदेखि विभिन्न कार्यालयका प्रमुखहरु, अभियन्ताहरु अन्य समाजका प्रतिष्ठित एवम् भद्रभलादमीहरुले समेत स्वस्फूर्त रुपमा भाग लिएर हस्ताक्षर कार्यमा सरिक हुनुभएको छ ।
यसैगरी, सुन्दरबजारमा पनि अभियानले तिब्रता लिएको छ । सो नगरका सभापति विमल अधिकारीले पालिकामा छ सय हस्ताक्षर संकलन भएको बताउनु भएको छ । उहाँका अनुसार वडा वडामा पनि हस्ताक्षर अभियान थालिएको छ ।
यसैगरी, मध्यनेपाल, सुन्दरबजार, राइनस नगरपालिका तथा दोर्दी गाँउपालिकामा पनि अभियान जारी रहेको रास्वपा लमजुङले जनाएको छ ।
प्रकाशित मिति २०८२ असार १६, सोमबार ०८:३९ गते